गृहपृष्ठ खबर श्रीनगरकाे पिडुरा खाेला बाँध निर्माण कार्य सुरु भएपछि किसानहरु खुसी

श्रीनगरकाे पिडुरा खाेला बाँध निर्माण कार्य सुरु भएपछि किसानहरु खुसी

प्रकाशित मिति:

 

उमेश बि.क / नवलपरासी , २९ मंसिर ।

नवलपरासीको सरावल गाउँपालिका वडा नं. ३ श्रीनगरमा अवस्थित पिडुरा खाेलामा बाध सिलन्यास गरिएको छ।

सरावल गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष अणेन्द्र नाथ रायकाे अध्यक्षता तथा गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे प्रमुख अातिथ्यतामा कृषि उत्पादनमा वृद्धि गर्न तथा पानी रिचार्ज गर्ने उद्देश्यले पिडुरा खाेला बाध निर्माण कार्यकाे लागि अाइतबार सिलन्यास गरिएको हाे ।

कृषि कार्यमा सहजता र सिचाइ कार्यमा थप टेवा प्रदान गर्नका लागि वडा नं. ३ बाट २० लाख र तराई मधेस समृद्धि कार्यक्रमबाट २५ लाख गरि कुल ४५ लाखकाे लागतमा पिडुरा खाेला बाध निर्माण कार्य सुभारम्भ गरिएको गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले जानकारी दिनुभएको छ।

पिडुरा नदिमा सिचाइ गर्ने समयमा पानी नरहनाले किसानहरुले पानी नभएपछि धान खेति तथा गहु खेचि गर्न सास्ति भाेग्दै अाएकाे र अबदेखि किसानहरुकाे सिचाइ समस्या समाधान गर्ने प्रयासमा सिँचाई कुलो निर्माण कार्य भइरहेको अध्यक्ष चाैधरीले बताएका छन।

सिँचाई कुलो निर्माण पश्चताप सरावल वडा नं. ३ काेठिलहा ,श्रीनगर ,गाेइनि र रामग्राम नगरपालिकाका केही गाउँमा सिचाइ कार्य गर्न सहजता हुने वडा नं. ३ का वडा अध्यक्ष अणेन्द्र नाथ रायले जानकारी दिनुभएको छ।

सिचाइ नभएको कारण खेत भएपनि पानी नभएपछि किसानहरु निकै समस्यामा परेका थिए । सिँचाई कुलो नभएको कारणले धान खेति र गहु खेति साेचे अनरुपकाे नभएको त्यहाँका स्थानियहरु बताउछन् ।
सिँचाई कुलो निर्माण कार्य सुरु भएको भन्दै किसानहरु खुसी भएका छन।

सम्बन्धित् समाचार