उमेश बि.क / नवलपरासी , ३० मंसिर /
नवलपरासीको सरावल गाउँपालिका वडा नं. १ मा अवस्थित बासाबसही प्रहरी चौकीमा निर्माण हुन लागेको कम्पाउड गेटको सोमबार एक कार्यक्रमका बीच शिलान्यास गरिएको छ ।

निर्माण समिति अध्यक्ष राधेश्याम चाैधरीकाे अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीकाे प्रमुख अातिथ्यतामा उक्त गेटको शिलान्यास गरिएको हो ।
कम्पाउड गेट सरावल गाउँपालिकाबाट ५ लाखकाे लागतमा निर्माण कार्य सुभारम्भ गरिएको गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले जानकारी दिनुभएको छ।
गेटको शिलन्यास गर्दै अध्यक्ष चौधरीले प्रहरी हाम्रो साथी हो । शान्ति सुरक्षा, सुशासन कायम गर्न तथा सामाजिक हितकार कार्य हामी सबैले सहयोग गर्नुपर्छ र प्रहरी चौकीबाट यस क्षेत्रको शान्ति सुरक्षा कायम भएको छ। प्रहरीकाे कारणले गर्दा विभिन्न घटनाहरु न्यूनिकरण भएको छ। हामीहरुले पूर्ण रुपमा सहयोग गर्नुपर्छ’ जनताले पाएका हक अधिकारलाई कार्यान्वयन गर्न प्रहरीले सहयोग गर्ने र प्रहरीलाई सम्पूर्ण नागरिक सहयोग गर्दै हातेमालो गरि समाजका विभिन्न कुरिति बिसंगति हटाउनमा लाग्नुपर्छ। सरावल गाउँपालिकालाई सबै तिरबाट बलियो बनाउन, विकसित तुल्याउन र गाउँपालिका भित्रका जनताको सुरक्षा ब्यवस्थाको जिम्मा लिएका संघ सस्थालाई सहयोग गर्न सरावल गाउँपालिकाले कुनै कसर बाकी नराख्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।

शिलन्यास कार्यक्रममा बासाबसही प्रहरी चौकीका प्रमुख लिल बहादुर बिकको,वडा नम्बर १ का वडाध्यक्ष भेष नारायण चौधरी,हरि ढकाल, ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रमुख हिमाल के.सी ,रेडियो दाउन्नेका अध्यक्ष नारायण पाण्डे स्थानिय राजनिति दलका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधी, समाजसेवी, महिला, युुवा लगाएतको सहभागिता रहेको थियाे।








