गृहपृष्ठ खबर अवधी भाषा संरक्षणमा जोड , अवधी पत्रकार संघ नेपालको अध्यक्षमा यादव

अवधी भाषा संरक्षणमा जोड , अवधी पत्रकार संघ नेपालको अध्यक्षमा यादव

प्रकाशित मिति:

अवधी पत्रकार संघ नेपाल कपिलवस्तु शाखाको दोस्रो अधिवेशनबाट अध्यक्षमा निरहु यादव निर्वाचित भएका छन । कपिलवस्तुको कृष्णनगरमा शनिवार सम्पन्न अधिवेशनले निरहु यादवको अध्यक्षतामा ११ सदस्य जिल्ला कार्य समिति गठन गदरिएको छ । अवधी
पत्रकार सघं नेपाल कपिलवस्तु शाखाको उपाध्यक्षमा प्रतिमा विश्वकर्मा, अनेक पाण्डेय, सचिवमा राम लखन जयसवाल, सहसचिव सविता गुप्ता, कोषाध्यक्ष शाहबाज खान, सदस्य बृजेश यादव, धनिराम कोरी, प्रीन्स मिश्रा, महेन्द्र कुमार धोबी,
कमलेश चन्द्र गुप्ता तेली निर्वाचित भएका छन ।

अवधी पत्रकार सघं नेपाल कपिलवस्तु शाखाको दोस्रो जिल्ला अधिवेशनको प्रमुख अतिथी कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाह अवधी भाषा संरक्षणमा विशेष जोड दिने बताउनु भयो । नगर प्रमुख शाहले आउने दिनमा नगरपालिकाबाट प्रवाह हुने सेवा सुविधा अवधी भाषामा दिन समेत पहल गर्ने बताउनु भयो । शाहले यस क्षेत्रमा अवधी भाषा बढी बोलिने भएकोले यसलाई
संरक्षण गर्नु पर्ने दायित्व आफुहरुको भएको बताउनु भयो ।

सोही कार्यक्रमका विशिष्ट अतिथी शिवराज नगरपालिका नगर प्रमुख नेत्रराज अधिकारीले अवधी पत्रकारहरुले गरेको यो कार्य अति नै प्रशंसनिय छ । अवधी भाषा, कला सहित्य संरक्षणका लागि नगरपालिकाबाट विशेष सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । उहाले केन्द्रिय र प्रदेशले अवधी भाषा कला सहित्य क्षेत्रमा स्पष्ट निति निर्माण गरी अघी बढे हामीलाई पनि सहयोग पग्ने विश्वास
व्यक्त गर्नु भयो ।

विजयनगर गाउँपालिका अध्यक्ष गोपाल थापाले अवधी भाषालाई संरक्षण लागि एक संग्रहलाय निर्माण गर्न सके आउने दिनमा यसले राम्रो प्रभाव पार्ने बताउनु भयो । थापाले यस क्षेत्रमा लागेका पत्रकारले सत्य निश्पक्ष तवरले कलम चलाउनु पर्ने बताउनु भयो ।

अतिथी राजपा नेपाल केन्द्रिय सचिव रबिदत्त मिश्रले अवधी भाषा हाम्रो पहिचनासंग जोडिएको भाषा हो । यसलाई संरक्षण गर्न हामी लाग्ने समय आएको बताउनु भयो । भगवान रामको पाला देखी अवधी भाषा चल्दै आएकोले यसलाई संरक्षण

सम्बन्धित् समाचार