गृहपृष्ठ खबर प्रदेश स्तरीय डान्सिङ स्टार विजेता कार्कीद्धारा वालवालिकालाई कपडा वितरण

प्रदेश स्तरीय डान्सिङ स्टार विजेता कार्कीद्धारा वालवालिकालाई कपडा वितरण

प्रकाशित मिति:

प्रदेश ५ स्तरीय डान्सिङ स्टारको उपाधि चुम्न सफल युना कार्कीले प्राप्त गरेको केहि रकम वालवालिकाहरुमा खर्चिकएकी छिन् । छमछमी कला केन्द्रद्धार आयोजित प्रदेश स्तरीय डान्सिङ स्टारमा विजेता बन्न सफल कपिलवस्तुकी कार्कीले आफुले प्राप्त गरेको रकमबाट वालवालिकालाई कपडा प्रदान गरेकी हुन् । उनले जनता माध्यमिक विद्यालय पिपराका ६५ जना वालवालिकाहरुलाई कपडा वितरण गरेको उनकी आमा शान्ती कार्कीले बताईन् । आफुले पाएको मध्ये केही रकमबाट वालवालिकाहरुलाई केही सहयोग गर्न पाउँदा अझ हौसला प्रदान भएको विजेता कार्कीले बताईन् ।

 

 

कार्यक्रममा वडा नं. २ का वडाअध्यक्ष तथा विद्यालयका अध्यक्ष विष्णु प्रसाद पौडेलले सानो उमेर देखिनै सामाजिक क्षेत्रमा लागेकोमा खुसी व्यक्त गर्दै थप हौसला प्रदान गरे । वडाध्यक्ष पौडेलले प्राप्त गरेको रकमले वालवालिकाको ओठमा खुसी ल्याएको भन्दै सफलताको शुभकामना दिएका थिए । त्यस्तै उनकी आमा शान्ती कार्कीले छोरीलाई हौसला प्रदान गर्दै उदाहरणीय कार्य गरेको बताईन् । कार्यक्रममा विद्यालयका प्रिन्सिपल रमेश पन्थी, लगायत शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो । विजेता कार्कीले नगद रु. १ लाख ११ हजार सहित आकर्षक विभिन्न गिफ्ट प्राप्त गरेकी थिईन् ।

सम्बन्धित् समाचार