लियो क्लव अफ कपिलवस्तुका अध्यक्ष हरि ढुङगाना १५ दिनदेखी सम्पर्क विहिन भएका छन् । ढुङगाना चैत्र २ गतेदेखी सम्पर्क विहिन भएका हुन् । घरपरिवारले ढुङगानालाई खोजिदिन सम्पुर्णमा आग्रह गरेका छन् । यसरी ढुङगाना सम्पर्क विहिन रहदाँ सम्पुर्ण घरपरिवार अत्यन्त चिन्तित भएको छ । १५ दिनदेखी ढुङगाना सम्पर्क विहिन भएको परिवारले बताएको छ ।
सक्रिय विद्यार्थी नेताका रुपमा रहेका ढुङगाना सम्पर्क विहिन हुनुको ठोस कारण भने खुल्न नसकेको पारिवारिक स्रोतले जनाएको छ । उनी सिद्धार्थ क्याम्पस बुङचीका स्ववियू सदस्य समेत रहनु भएको छ ।
ढुङगानाको खोजि कार्य जारी रहेको इलाका प्रहरी कार्यलय पिपराले जनाएको छ ।