कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नः २ राजपुर,नन्दनगर र उप्टहवा क्षेत्रमा रातमा नदीजन्य पदार्थको चोरीको निकासि बढेको छ । रातको करिव १ बजेबाट बिहान ६ बजेसम्म नियमित रुपमै चोरी निकासि हुने गरेको हो । ८ वटा ट्रेक्टरले नियमित रुपमा दैनिक ५ घण्टा नदीजन्य पदार्थको चोरी भईरहेको स्थानियले बताएका छन ।
रात भरि चोरि हुदा हुदाँ सम्म प्रहरि र स्थानिय तहले थाहा पाएर पनि नपाए जस्तो गरेको स्थानियहरुको गुनासो रहेको छ । उप्टहवाका राम थारुले रातभरी चोरी हुन्छ, सुत्नै पाइदैन बताए ।
यस बिषयमा बुझदा बाणगंगा नगरपालिकाका प्रवतmा बिष्णु पौडेलले समन्वय गरी निगरानी बढाइने बताए । लकडाउनको मौका छोपेर तस्करहरुले हाल आएर नियमित रुपमा नदीजन्य पदार्थको चोरी गरेको हुन सक्ने बताउदै थप रणनिति बनाई नदीजन्य पदार्थको चोरी निकासी रोकीने पौडेलले बताए । उता ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख आयुष जोशाीले त्यस्तो कुनै खबर नआएको बताउदै, बिना झन्झट सम्र्पक गर्न आग्रह गरेका छन ।