गृहपृष्ठ खबर आइतबार साँझ हावाहुरीसहित आएको पानीले खोरको छाना भत्काउँदा दुई जनाको मृत्यु

आइतबार साँझ हावाहुरीसहित आएको पानीले खोरको छाना भत्काउँदा दुई जनाको मृत्यु

कुखुराको खोरको छानाले च्यापिएर नवलपुरको गैंडाकोटमा दुईजनाको मृत्यु भएको छ ।

आइतबार साँझ हावाहुरीसहितको आएको पानीले खोरको छाना भत्काउँदा कुखुरालाई दाना दिँदै गरेका गैंडाकोट नगरपालिका ८ का ३५ वर्षीया काँशीराम पौडेल र ४० वर्षीय सूर्यबहादुर भण्डारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ ।

च्यापिएर गम्भीर घाइते भएका दुवैजनाको चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित् समाचार