१३ औ गणतन्त्र दिवसको असरमा नेपाली कागेंस जिल्ला कार्य समिति कपिलवस्तुले पनि शुभकामना सन्देश जारी गरेको छ । जिल्ला सभापति सुरेन्द्रराज आर्चाय द्धारा नेपाल तथा विदेशमा रहेमा सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुमा हार्दिक वधाई तथा शुभकामना ज्ञापन गर्दे लोकतान्त्रिक गणतन्त्र प्राप्त गर्ने सन्दर्भमा आहुति दिने ज्ञात अज्ञात सहित प्रति श्रदान्जली अर्पण गरिएको छ । साथै गणतन्त्र स्थापना गर्नको लागी आन्दोलनमा सहभागि नेता तथा आम नागरिकहरुको उच्च प्रशंसा गर्दै स्थापित गाणतन्त्रलाई दिगो र मजबुद र संस्थागत रुपमा लैजानको लागी यो दिवसले प्रेरण मिलोस भन्ने कामना पनि गरिएको छ ।
विश्वमा फौलिएको कोरोना भाइस कोभिड १९ को कारण नेपालमा पनि समस्या उत्पन्न भएको हुंदा यस्तो समयमा औपचारिक कार्यक्रम जिल्लामा गर्न नसकिएको उल्लेख गरी आ -आफ्नो स्थानमा दिवसको स्मरण गरी दिपावली गर्न आग्रह गरिएको छ । कोभिड १९ न्युन्निकरण गर्नको लागी यस दिवसले सहयोग पुर्याउने तर्फ ध्यान दिदै राष्ट्यिता लोकतन्त्र र समाजवादको सिदान्तलाई पार्टिले आत्मसाथ गर्दे वर्तमान समयमा देखिएका सिमा नक्सा लगायतका समस्या समाधान गर्न तत्काल सरकार संग समेत माग गरिएको छ ।
कोरोना संक्रमणको कारण उत्पन्न गरिव तथा असाय नागरिकलाई तत्काल सरकारले राहत तथा औद्योगीक तथा व्यवसाय संचान तथा राहत तथा पुर्न निर्माण जस्ता पक्षमा सरकारको ध्यान केन्द्रित समेत सभापति आर्चाय द्धारा जारी गरिएको शुभकामना सन्देशमा उल्लेख गरीएको छ । रोगको रोकथाम , उपचार , परिक्षण तथा विदेशवाट फकर्ने नेपालीहरुको व्यवस्थापन गर्न समेत आग्रह गरिएको छ । जनताक द्धारा नै विभिन्न काल खण्डमा गरिएको आन्दोलनको कारण लोकतन्त्र तथा गणतन्त्र प्राप्त भएको कारण गाणतन्त्र विरुद्ध कोही कसैले हस्तक्षेप र निरकुस लाद्न खोजेमा जनता तथा नेपाली काग्रेंस त्यसको विरुद्धमा लागी स्वतन्त्रता , मानव अधिार र न्यायको लागी लागिरहने समेत सन्देशमा उल्लेख गरिएको छ ।