गृहपृष्ठ खबर मंगलापुरकी ४ वर्षीय बालिका बलात्कार प्रकरणमा फरार अभियुक्त पक्राउ

मंगलापुरकी ४ वर्षीय बालिका बलात्कार प्रकरणमा फरार अभियुक्त पक्राउ

प्रकाशित मिति:

नवलपरासीको मंगलापुरमा ४ वर्षीय बालिका
जबर्जस्तीकरणी गरेको अभियोगमा फरार अभियुक्त पक्राउ परेका छन।

जिल्लाको सरावल गाउँपालिका वडा नं. ४ ललितपुर बस्ने २६ बर्षिय राजकुमार सहानिलाई प्रहरीले आज राति ८ बजेको समयमा महेसपुर नाकाबाट पक्राउ गरेको हो।

अभियुक्त सहानी सरावल गाउँपालिका वडा नं. ४ मङ्लापुर बस्ने ४ बर्षिय बालिकालाई १८ गते अाइतवार बालिकाको अामा नुहाइरहेकाे समयमा करिब ३ बजे बालिका घरमा एक्लै खेलिरहेकाे बेला मिठाईको प्रलोभन देखाएर सहानीले जबर्जस्तिकरणी गरेको बालिकाको घरपरिवारले आरोप लगाएका थिए । करणी गर्दा बालिका रुन थालेपछि आरोपित सहानी फरार भएका र उनको खोजी कार्य भैरहेको थियो।

बालिकाको घरपरिवारले अभियुक्त सहानी विरुद्ध बलात्कार मुद्दाका लागि जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएका छन। जाहेरी आएपछि प्रहरीले उक्त घटनाको बिषयमा थप अनुसन्धान गरि रहेको र सहानीको खोजी कार्य समेत गरि रहेको थियो। प्रहरीले बिशेष सुराकीको आधारमा आरोपित सहानिलाइ पक्राउ गर्न सफल भएको गाेबरहिया प्रहरीचाैकी इन्चार्ज तिलक रमायझिले जानकारी दिनुभएको छ।

सम्बन्धित् समाचार