गृहपृष्ठ खबर लियो क्लव अफ कपिलवस्तुले बाणगगाका क्वारेन्टाइनमा बाड्यो राहात

लियो क्लव अफ कपिलवस्तुले बाणगगाका क्वारेन्टाइनमा बाड्यो राहात

लियो क्लव अफ कपिलवस्तुले बाणगंगाका क्वारेन्टाइनमा राहात बाडे्को छ । नगरपालिका भित्रका १० वटा कवारेन्टाइनमा राहात बाडेको हो । नगरपालिका भित्रका ६ वटा वडामा रहेका १० वटा क्वारेन्टाइनमा राहात बाडेको लियो क्लव कपिलवस्तुका कार्यबाहा अध्यक्ष मदन पौडेलले वैखरी अनलाइनलाई जानकारी दिए ।

हरेक १ वडामा ५ हजार बराबरका दरले तरकारी, चाउचाउ राहात बितरण गरिएको राहात बितरण कार्यक्रमका संयोजक लक्ष्मण सापकोटाले जानकारी दिए । थप अन्य वडाका क्वारेन्टाइनमा भने सोमबार बाडिने उनले बताए ।

राहात बितरण कार्यक्रममा सहयोगी मातृ सस्था लायन्स क्लवका अध्यक्ष सुरेन्द्र घिमिरे, उपाध्यक्ष धातानन्द भुसाल,  वडा नः ८ का वडा अध्यक्ष गुणनिधि भुसाल, कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष उमानाथ पौडेल लगायत लियोका सदस्यहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित् समाचार