कपिलवस्तु क्षेत्र नबम्र १ कि प्रदेश सासंद रिना वि.क.द्धारा कपिलवस्तुको बुद्धभूमि नगरपालिका चारमा थारु संग्रालयको शिल्यानास गरिएको छ । बुद्धभूमि नगरपालिकाकै सबै भन्दा ठूलो ताललाई पर्यटकिय स्थलको रुपमा बिकास गर्ने उद्देश्यले उक्त संग्रालयको आज मंगलबार एक कार्यक्रमका बिच शिल्यानास गरिएको हो । सासंद रिना वि.क.को पहलमा प्रदेश सरकारबाट तालको लागी रु १५ लाख विनियोजन गरि सकिएको छ ।
सासंद वि.क.ले संग्रालयको शिल्यानास गर्दै आगामी दिनहरुमा पनि संग्रालयको थप स्त्तरोन्नतिका लागी पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ । साथै उहाँले समग्र बुद्धभूमिको विकास निर्माणका कायलाई तीब्रता दिन र सम्पुर्ण एकजुट भएर अगाडि बढ्न सुझाव दिनुभयो ।
शिल्यानास कार्यक्रमा सासंद रिना वि.क.,वडा नं.चारका वडाध्यक्ष पवन कुमार थारु, कांग्रेसका क्षेत्रीय सचिव रोमलाल खनाल लगायतको उपस्थिति रहेको स्थानीय कल्याण खनालले जानकारी दिनुभयो ।