गृहपृष्ठ खबर अविरल वर्षाका कारण तम्घास–रिडी सडक खण्ड अवरुद्ध

अविरल वर्षाका कारण तम्घास–रिडी सडक खण्ड अवरुद्ध

तम्घास–रिडी सडक खण्ड अन्तर्गत गुल्मीको रुरुक्षेत्र गाउँपालिकाको खनियाँ रुख नजिकको सडक माथिवाट पहिरो खसेपछि सोमबार बिहानदेखि यो सडक अवरुद्ध​ बनेको हो ।

सडक अवरुद्ध​ बनेपछि एम्बुलेन्स लगायतका दुई दर्जनभन्दा बढी गाडी बीच बाटोमै अलपत्र परेका छन् । अवरुद्ध सडकको पहिरो पन्छाउने काम भैरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक राजकुमार रावलले जानकारी दिनुभयो ।

गुल्मीमा गएको सातादेखिको लगातार वर्षाका कारण जिल्लाका दुई दर्जनभन्दा बढी ग्रामिण सडकहरु समेत अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

सम्बन्धित् समाचार