दाङको घोराही सडक खण्डस्थित मुसोटमा आज बिहान जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । कपिलवस्तुको कृष्णनगरबाट दाङको तुल्सीपुरतर्फ आउँदै गरेको रा १ च ९६६२ नम्बरको बोलेरो जीप अनियन्त्रित भएर घोराही उपमहानगरपालिका वडा नं. ३ मुसोटमा दुर्घटनामा भएको हो । सो दुर्घटनामा १ जनाको मृत्यु र ४ जना घाईते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर तुलसीपुर १५ का २६ वर्षीय देवराज वली र २४ वर्षीय गोपाल श्रेष्ठ गम्भीर घाइते भएको डिएसपी खड्काले बताए । गम्भीर घाइते दुबै जनालाई थप उपचारका लागि बाँकेस्थित कोहलपुर मेडिकल कलेज रिफर गरिएको प्रहरीले बताएको छ । चालकको अवस्था भने सामान्य रहेको छ ।