आज साँझ पाँच बजे मन्त्रिपरिषद बैठक बस्दैछ। बैठकमा राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिव चयन, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति लगायत निर्णय हुने स्रोतले जनाएको छ।
नयाँ खेलकुद ऐनअनुसार, राखेप पदाधिकारी विहीन बनेको छ। नयाँ ऐनको व्यवस्थाअनुसार सदस्य सचिवका लागि तीन जनाको नाम सिफारिस गरिएको छ।निवर्तमान सदस्य सचिव रमेश सिलवाल सहित लिलबहादुर थापा र अञ्जु श्रेष्ठको नाम सिफारिस गरिएको छ। अर्थमन्त्री नेतृत्वको सिफारिस समिति लगानी बोर्डको सीईओका लागि तीन जनाको नाम सिफारिस गरिएको छ। मन्त्रिपरिषदको आज नियमित बैठक हो।