गृहपृष्ठ खबर कपिलवस्तुमा थप दुई जना कोरोना संक्रमित थपिएसंगै संक्रमितको संख्या ८०१ पुग्यो

कपिलवस्तुमा थप दुई जना कोरोना संक्रमित थपिएसंगै संक्रमितको संख्या ८०१ पुग्यो

कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ८ सय नाघेको छ। सोमवार थप दुई जना कोरोना संक्रमित भेटिए पछि संक्रमितको संख्या ८ सय १ पुगेको हो। स्वास्थ्य कार्यालय अनुसार कपिलवस्तु नगरपालिकामा एक पुरुष र बाणगंगा नगरपालिकामा एक जना महिला संक्रमित थपिएको हो। कपिलवस्तु नगरपालिकामा भेटिका संक्रमित ३० वर्षीय पुरुष हुन्।

घाटी दुख्ने ज्वरो आउने लगायतका लक्ष्ण देखिए पछि उनलाई आईतबार प्रोदशिक अस्पताल बुटवल लागिएको थियो। बाणगंगा नगरपालिका– ९ की ४५ वर्षीया महिला कोरोना संक्रमित भेटिएकी हुन्। भारतबाट आएकी उनलाई भने कारोना लक्षण नदेखिएको स्वास्थ्य कार्यालय कपिलस्तुका कोरोना फोकल पर्सन कुमार थापाले बताए।

जिल्लामा हाल सम्म ९ हजार ४ २८ स्वाब संकलन भएको छ। जसमध्ये ७ सय १२ जनाको नतिजा आउन बाँकी छ। ८ सय १ संक्रमित मध्ये ५ सय ४८ जना निको भई घर फर्की सकेको छन।

अहिले देशका विभिन्न जिल्लासहित कपिलस्तुमा समेत धमाधम लक्षणसहितका कारोना संक्रमित भेटिएका हुन्। ज्वरो आउने, घाटी दुख्ने, श्वास प्रश्वासमा समस्या, पखाला लागेका लक्षण देखिएका संक्रमित भेटिन थालेको स्वास्थ्य कार्यालयले जनाएको छ। समुदायस्तरमा र लक्षणसहितका कोरोना संक्रमित भेटिन लागेको अब कपिलस्तुमा कोरोनाको झन जोखिम बढेको कपिलवस्तु अस्पतालका मेडिलक सुप्रीटेन्डेन्ट किशोर बन्जाडले बताए।

‘समुदाय स्तरमा त्यो पनि लक्ष्णसहितका कोरोना संक्रमित भेटिनु खतराको घन्टी हो’ उनले भने। उनले अब सचेत र सावधानी आपनाउने बेला आएको बताए। बाहिर हिड्दा अनिवार्य मास्क लगाउनु पर्ने, भीडभाडमा जान नहुने, सामाजिक दुरी कायम गर्नु पर्ने, साबुन पानीले हात धुनु पर्ने, सेनीटाईजरको प्रयोग गर्नु पर्ने लगातयका उनले सुझाव दिए। अहिले नेपालमा कोरोनाको मृत्यु दर समेत बढदै गएकाले यस तर्फ सचेत रहन उनले आग्रह गरे।

३ सय २० जनाको रेन्डम सेम्पलिङ

समुदायस्तरमा कोरोना संक्रमणको अवस्था पत्ता लगाउन कपिलस्तुमा ३ सय २० जनाको रेन्डम सेम्पलिङ माध्यमबाट स्वाब संकलन गरिएको छ। ३ दिन अघि शिवराज नगरपालिकामा एकै पटक ३६ जना संक्रमित भटिए पछि पिसिआर परिक्षणकालागि दु्रत गतिमा स्वाब संकलन गरी पठाईएको हो। सुमदाय स्तर, सुरक्षा निकाय, पसले ब्यापारी, बैक तथा बित्तिय संस्थाका कर्मचारी, औषधी पसल र पोली क्लिीकनक, पालिकाका कर्मचारी गरी ३ सय २० जनाको नमुना संकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताए। समुदाय स्तरमा महाराजगन्ज नगरपालिकाको वाड न ९ देखि ३६ , वाड न १ देखी ४२ र यशोधरा गाउपालिका वाड न ६ देखि ५४ नमुना संकलन गरिएको छ। इलाका प्रहरी कार्यलय कृष्णनगर देखि १०, ससस्त्र प्रहरी बल ३९ न. बाहिनि कृष्णनगर देखि १० नमुना लिएको छ।

शिवराज नगरपालिका चन्द्रौटा बजारका फरक फरक पसलबाट ३३ नमुना संकलन गरिएको छ। कपिलवस्तु सदरमुकाम ताचैलिहवामा मा रहेका १२ बैंक तथा वित्तिय संस्थाबाट ३८ नमुना संकलन भएको छ। तौलिहवा बजार भित्र रहेका मेडिकल, पोलिक क्लिीक, डाईग्नोष्टीकमा कार्यरत सेवाप्रदायकबाट ३६ नमुना संकलन भएको छ। मायादेवी गाउपालिकाका १६ जना स्वास्थकर्मी, पालिका र वाड कार्यलयमा कार्यरत कर्मचारी १७ गरि कुल ३३ जनाको र कृष्णनगर नगरपालिकामा कार्यरत ६ जनाको नमुना संकलन भएको छ।

कपिलवस्तुमा क्रियासिल गैरसरकारी सस्थामा कार्यरत १० जनाको नमुना संकलन भएको छ। तौलिहवा बजारमा अधिक भिडभाड हुने चिया पसल र अन्य पसल गरि ४० नमुना सन्कलन भएको छ। उक्त नमुनाहरु काठमाडौं, बुटवल भैरहवा लगायतका प्रयोगशालामा परिक्षणका लागि पठाईइएको छ। रिपोर्ट २ दिन भित्र आउने फोकल पर्सन थापाले बताए।

शिवराजन नगरपालिकामा ३ सय ६४ जना जनाको स्वाब संकलन

शिवराज नगरपालिका वडा नम्बर १ मा एकै पटक ३६ जना संक्रमित भए पछि संक्रमितको सम्पर्कमा आएका ३ सय ६४ जनाको स्वाब सकलन गरिएको छ। २ शिक्षक, ४विद्यार्थी, वडा सचिव र उनका पति समेत संक्रमति भेटिएका थिए। सो सयममा पालिकामा विद्यालय समेत खुला रहेको र समुदायमा समते कोरानो फैलिएको पाइए पछि नगरपालिकाले पिसिआर परिक्षणकालागि स्वाब संकलन गरेको हो। प्रमुख प्रशाकीय अधिकृत शेषकान्त पौडेलले नगरपालिकामा स्वाब संकलनलाई तीव्रता दिइएको बताए।

सम्बन्धित् समाचार