वैखरी अनलाइन बुद्धभुमी, कपिलवस्तुकी ६ वर्षिया बालिका जिया भुसाललाई युनाईटेट युथ अफ बुद्धभुमि वयल्यफेयर सोसाईटिले आर्थिक सहयोग गरेको छ । 
सोसाईटिका अध्यक्ष रविन्द्र प्रताप मल्ल,कोषाध्यक्ष घनश्याम पोखरेल, सचिव शिवकुमारी थारु र जिल्लाका युवाहरुको सहयोग र सकृयतामा १३,३६५ रुपैया मेरो साथी एफ एमका कार्यक्रम प्रमुख सुशिल गैरे,क्यामरा म्यान सुरज के.सी.प्राविधिक प्रमुख अनुप पन्थीको उपस्थितिमा आज हस्तान्तरण गरेका छन ।
मेरो साथी एफ एम द्धारा संचालित साथी टिभिमा भिडियो सार्वजनिक भए पछि आफु र आफनो सोसाईटि सहयोगको लागि दिनरात खटिएको सोसाईटिका अध्यक्ष मल्लले बताउनु भयो । 
सबै युवाहरुले आफुले सकेको आर्थिक सहयोग गर्न समेत अध्यक्ष मल्लले आग्रह समेत गनु भएको छ ।







