बााणगंगाको मधौलिया सामुदायिक वनमा आगलागी


हरि घिमिरे कपिलवस्तु,  बैशाख १३
कपिलवस्तुको बााणगंगा नगरपालिका वडा न. ५मा पर्ने मधौलिया सामुदायिक वनमा आगलागी भएको छ । बाणगंगा नगरपालिकाले जम्मा गरेको बन छेउको फोहोरमा आगो लगाउदाँ त्यहाँको आगो हावाका कारण वनमा फैलिएको हो ।

बाणगंगा नगरपालिका समयमा सचेत हुन नसक्नु को कारण के हो ? प्रश्न गर्दै मधैलिया सामुदायिक वनका अध्यक्ष खडानन्द गौतमले भन्नु भयो “समुदायिक वन तथा रजमार्ग छेउमा फोहोर डम्पिङ्ग साईडले नगर पालिकाको इजत्तमा दाग लागेको छ” । नगरपालिका भित्र बाट निस्केको फोहोरले प्रदुषण बढाउनुको साथै बर्षेनि आगलागीको समस्या विकराल भएको उहाँको भनाई छ । नगरपालिका भित्रका घरपालुवा जनावरहरु चर्न जादाँ फोहोर खाने र जनावर हरुमा रोग लागेर मर्ने समस्या उत्तिको रहेकोले यसको व्यवस्थापनमा ढिलाई गर्न नहुने उहाँले बताउनु भयो ।

नगरपालिकालाई मधौलिया समुदायिक वनले पटक पटक फोहोर व्यवस्थापन गर्न पत्राचार गर्दा पनि नगरपालिकाले अटेरि गरेकोले सामुदायिक वनमा डढेलो लागेर क्षति भएको वनका उपाध्यक्ष तुल्सी प्रसाद अर्यालले जानकारी दिनुभयो । आगलागीले करिब चार बिघाह क्षेत्रफल नर्सरीमा रहेका धेरै बोट विरुवाहरु जलेर नष्ट भएको उहाँले बताउनु भयो । उपभोत्ता समितिका उपाध्यक्ष तुल्सी प्रसाद अर्यालको नेतृत्वमा वनका पदाधिकारी, ईलाका प्रहरी कार्यलय पिपराका प्रहरी तथा बाणगंगा नगरपालिकाको दमकलको सहयताले आगो नियन्त्रणमा लिएको हो ।

समयमै आगलागी नियन्त्रण गर्दा ठुलो क्षति हुनबाट जोगिएको बताइएको छ । बाणगंगा नगरपालिका लाई बाणगंगा वडा न.८ पुलचोक, बोडगाँउ, वडा न. ५को मधैलिया सामुदायिक वन, सबै नगर वासि लगाएत पुर्व पश्चिम राजमार्गमा हिड्ने सवैले फोहोर व्यवस्थापन गर्न लामो समयदेखि सुझाव दिदै आएका छन् ।

थप ३५ सय ५६ जनामा संक्रमण पुष्टि, १२ को मृत्यु

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा ३५ जना ५६ संक्रमित फेला परेका छन् । १२४०० जनाको पीसीआर परीक्षण र ८९३ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ३४४२ जना र ११४ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या ३ लाख ३ हजार ५६१ पुगेको छ । यही अवधिमा थप ३७८ जना निको भएका छन् । नेपालमा हालसम्म निको हुनेको संख्या २ लाख ७७ हजार ९५१ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । नेपालमा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या ३१७६ पुगेको छ ।

काठमाडौं उपत्यकाबाट घर फर्किन २ दिनको समय

काठमाडौं : सरकारले लकडाउन गर्नुपूर्व नागरिकलाई आफ्नो घर जानका लागि दुई दिनको समय दिने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले कोभिड संक्रमणको स्थिति गम्भीर देखिएकोले कम्तीमा एकसाता निषेधाज्ञा अथवा लकडाउन हुने र त्योभन्दा अगाडि २ दिनको समय दिइने बताए।

सोमबार काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले कम्तीमा दुई दिनको समय दिएर एक साताका लागि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गर्न सरकारलाई सिफारिस गरेको हो।

​कुनै एक क्षेत्रलाई मात्रै बन्द गर्दा पनि संक्रमणको अवस्थालाई ब्रेक गर्न नसकिने भएकाले सम्पूर्ण क्षेत्रलाई पूर्णरूपमा बन्द गराउन निषेधाज्ञा जारी गर्ने निर्णय भएको पनि बताए।

लकडाउन गर्नुभन्दा अगाडि सतर्क रहन सर्वसाधारणलाई अपिल गरिएको भए पनि मापदण्ड पूर्ण रुपमा पालना नहुँदा संक्रमणको स्थिति गम्भीर बनेको ठहर प्रशासनको छ। त्यसैले थप भयावह स्थिति आउन नदिनको लागि निषेधाज्ञा आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए।

त्रिविका सबै परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका सबै पूर्वनिर्धारित परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको छ। त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको सोमबार बसेको बैठकले वैशाख १४ गतेदेखिका सबै वार्षिक र सेमेस्टर परीक्षाहरू अर्को सूचना नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो।

परीक्षा चलिरहेका बेला कोभिड-१९ को दोस्रो लहर आएर विभिन्न ठाउँमा निषेधाज्ञा जारी भएकाले परीक्षा सञ्चालनमा कठिनाइ भएको त्रिविले जनाएको छ।

यसअघि आइतबार बसेको सिसिएमसीको बैठकले सबै परीक्षाहरू स्थगित गर्न निर्देशन दिएको थियो। त्रिविले आइतबारका परीक्षा भने सञ्चालन गरेको थियो।

लुम्बिनी प्रदेश सरकार : ४ कोरोना अस्पताललाई १ करोड ७५ लाख दिने

बुटवल : लुम्बिनी प्रदेश सरकारले चारवटा कोरोना विशेष अस्पताललाई १ करोड ७५ लाख रुपैयाँ दिने भएको छ। कोरोना संक्रमितको उपचारलाई थप प्रभावकारी बनाउन बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पताल, दाङ बेलझण्डीस्थित कोरोना अस्पताल र बाँकेस्थित भेरी अस्पताललाई ५० लाखका दरले डेढ करोड रुपैयाँ दिने भएको हो।

त्यसैगरी भीम अस्पताललाई २५ लाख गरी कुल १ करोड ७५ लाख रुपैयाँ रकमान्तर गरी तत्काल उपलब्ध गराउने निर्णय भएको मुख्यमन्त्री शंकर पोखरेलका प्रेस सल्लाहकार शेरबहादुर केसीले बताए ।

पछिल्लो समय बाँकेमा कोरोना संक्रमण तीव्र रूपमा फैलिएसँगै प्रदेश सरकारको भूमिकामाथि विभिन्न पक्षबाट प्रश्न उठाइएको थियो । अहिले पनि लुम्बिनी प्रदेशका चारवटै कोभिड अस्पतालमा आईसीयू बेड संक्रमितले भरिएका छन् भने भेरी अस्पतालमा संक्रमितलाई भुइँमै राखेर उपचार गर्नुपर्ने बाध्यता आएको छ।

सरकारी निर्णय अवज्ञा गर्दै स्कुल संचालन गर्ने ११ सञ्चालकसहित प्रिन्सिपल पनि पक्राउ

राजविराज : सरकारी निर्णय बेवास्ता गर्दै विद्यालय सञ्चालन गरेको आरोपमा सप्तरी प्रशासनले राजविराजका ११ वटा विद्यालयका सञ्चालक तथा प्रिन्सिपललाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा शिब्स बोर्डिङ्ग स्कुलका सञ्चालक बिष्णुपुर गाउँपालिका–६ निवासी नरेशप्रताप साह, राजविराज–२ स्थित लिटिल फ्लावर सेकेन्ड्री स्कुलका सञ्चालक डा। कामानन्द देव, एञ्जल बोर्डिङ्ग स्कुलका सञ्चालक नरेन्द्रप्रसाद देव, पिस जोन स्कुलका सञ्चालक राजविराज–२ का उमाकान्त साह, राजविराज–१ स्थित सृजना सेकेन्ड्री बोर्डिङ्ग स्कुलका सञ्चालक रिमा झा जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

डीएसपी माधवप्रसाद काफ्लेका अनुसार ग्रिन ईङ्ंगलिस बोर्डिङ्ग स्कुलका शिक्षक राजविराज–१ का मनोज यादव, राजविराज–३ स्थित ह्यापील्याण्ड माबिका अनुशासन प्रमुख राजबिराज–५ का शैलेन्द्रकुमार ठाकुर, जानकी सेकेन्ड्री स्कुलका शिक्षक हरीकिसुन राम तथा राजबिराज– ८ स्थित लक्ष्मी ईङ्गलिस बोर्डिङ्ग स्कुलका सञ्चालकहरु राजेशकुमार यादव, बैधनाथ कुमार झा र बुलन्द साह समेत नियन्त्रणमा परेका छन् ।

राजविराज नगरपालिकाका नगरप्रमुख शम्भुप्रसाद यादव, प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल, प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमला र राजविराज नगरपालिकाका वडा अध्यक्षहरुसहितको टोलीले राजविराजमा सञ्चालनमा रहेका निजी विद्यालय पुगेर उनीहरुलाई नियन्त्रणमा लिएका हुन् ।

सरकारी निर्देशनलाई अवज्ञा गर्दै विद्यालय सञ्चालनलाई निरन्तरता दिएकाले विद्यालय सञ्चालन गर्ने निजी विद्यालयका ११ सञ्चालक, प्रिन्सिपल, शिक्षकलाई नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए । प्रजिअ पोखरेलका अनुसार पटक–पटक सम्झाउँदा पनि विद्यालय सञ्चालनलाई निरन्तरता दिएपछि उनीहरुलाई नियन्त्रणमा लिनु परेको हो ।

नियन्त्रणमा लिइएकाहरूलाई राजविराजस्थित जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको छ । उनीहरूमाथि संक्रामक रोग ऐन–२०२० अनुसार कारबाही गरिने प्रजिअ पोखरेलले बताए ।

कोभिड–१९ को महामारीको रोकथाम एंव नियन्त्रणको लागि सरकारी निर्देशनअनुरुप जिल्ला प्रशासन र राजविराज नगरपालिकाले सदरमुकाम राजविराजका विद्यालयहरु वैशाख मसान्तसम्मका लागि बन्द गर्न निर्देशन दिएको थियो । त्यसविपरित यहाँका केही विद्यालय भने निरन्तर सञ्चालमा रहेका थिए ।

काठमाडौं उपत्यकामा सार्वजनिक र निजी यातायातका साधन बन्द गर्ने निर्णय

काठमाडौं : काठमाडौं उपत्यकामा सार्वजनिक र निजी यातायातका साधन बन्द गर्ने निर्णय गरेको छ । उपत्यकाका तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सार्वजनिक र निजी यातायात बन्द गर्ने निर्णय गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निरौलाले जानकारी दिए ।

यो निर्णय वैशाख १६ गते मध्यरातदेखि लागू हुनेछ । कोरोनाभाइरसको संक्रमण बढेसँगै उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सो निर्णय गरेको हो ।

१६ वैशाखदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा

काठमाडौं : कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा १६ वैशाखदेखि निषेधाज्ञा लगाउने निर्णय भएको छ। सोमबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो।

निषेधाज्ञाको विस्तृत सूचना केहीबेरमा सार्वजनिक हुँदैछ। निषेधाज्ञा अवधिभर अति आवश्यक बाहेकका सबै सेवा बन्द हुने छन्।

आइतबार बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले काठमाडौंलगायतका सहरी क्षेत्रमा संक्रमणको जोखिम बढ्दै गएकाले निषेधाज्ञा जारी गर्न सरकारलाई सिफारिस गरेको थियो।

स्वास्थ्यकर्मी पौडेलद्वारा पत्रकारलाई कुटपिट गर्ने धम्की ।।


कपिलवस्तु वैशाख १२
कपिलवस्तुको शिवराज नगरपालिका १ मा रहेको शिवपुर स्वास्थ्य चौकी इन्चार्ज लेखनाथ पौडेलले पत्रकारलाई कुटपिट गर्ने धम्की दिएका छन । पौडेलले सामाजिक संजाल फेसबुकमा पत्रकारलाई रामधुलाई गर्छु भन्दै धम्की दिएका हुन । कार्यलायको काम छोडेर स्वास्थ्यकर्मीको एक टोली सहित पुर्वी नेपाल भ्रमणमा रहेका पौडेलले पत्रकारलाई धम्की पुर्ण स्टाटस लेखेका छन । कोभिड १९ ले गर्दा सबैठाउमा त्रास पुर्ण अवस्था सृजना भएको समयमा उनले नेपालको विभिन्न स्थानमा भ्रमण गर्दै पत्रकारलाई धम्की दिएका हुन ।
स्थानीयहरु स्वास्थसेवा पाएका छैन्न । स्वास्थकर्मी नेपाल भ्रमण रहेको शिवपुरका स्थानीयले बताए । लेखनाथ पौडेल पहिले पनि पत्रकारलाई तथानाम गाली गालौज गरि विबादमा पर्दै आएका छन । उनले स्वास्थ्य चौकीको औसधि आफ्नो क्लिनिकमा ल्याउने बेच्ने आरोप लाग्दै आएको छ । स्वाथ्यकर्मी पौडेल केही समय पहिले सुधारगृह बसेर आएको स्थानीयले बताए ।
उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन ब्यक्तिगत संस्थागत राजनीतिक रुपमा चरित्र हत्या गर्ने उद्देश्यले समाचार सम्प्रेषण गर्ने पत्रुकार वा सहयोगी स्थानीय वा बह्य सबैलाई रामधुलाई गर्ने धम्की दिएका हुन । उनले लेखेका छन झोले, फिपार्ते, धुपौरेहरु समयमै सचेत हौ भनेर लेखेका छन ।
पत्रकारलाई इंकित गरि धम्किपुर्ण भाषामा सामाजिक सन्जालमा लेखिनु गलत भएको भन्दै चारैतिर विरोध भएको छ ।
नेपाल पत्रकार महासघं लुम्बिनी प्रदेश अध्यक्ष वसन्त गिरिले यस्तो लेख्ने स्वास्थ्यकर्मीलाई हडैसम्मको कार्वाही हुनु पर्ने माग गर्नु भयो । पेसागद मानमर्दनमा रहि स्टाटस लेख्न सुझाव दिनु भयो । समाचारमा चित नबुझे प्रेस काउन्सिल, नेपाल पत्रकार महासघ लगायतका निकाय रहेको भन्दै पत्रकारलाई धम्की दिनु गतल रहेको बताउनु भयो ।
नेपाल पत्रकार महासघं कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्यले पत्रकारलाई सोसल मिडिया मार्फत धम्की दिनु गलत भएको बताउनु भयो । समाचारको विषयबस्तुलाई लिएर पत्रकारमाथी आक्रमण गर्छु भन्नू प्रेस स्वातन्त्रता माथी उपहास भएको बताउनु भयो । नेपाल पत्रकार महासघं लुम्बिनी प्रदेश सदस्य चिन्ता परियारले गलत गर्न कसैलाई छुट छैन । पत्रकार माथी हमला गर्छु भन्नू गलत हो । पौडेलले यश विषयमा क्षमा याचना गर्नु पर्छ । पत्रकार पनि आफ्नो अंचारसहिताको पालन गर्नु पर्ने परियारले बताउनु भयो ।
यता स्वास्थ्यकर्मी पौडेल आफू भ्रमणको सिलसिलामा इलाम रहेको स्वीकार गर्दै केही मिडियाले आफुलाई बदनाम गर्ने खोजेकोले स्टाटस लेखेको बताउनु भयो । पत्रकारले सत्यतथ्य नबुझी मेरो ब्यक्तिगत रुपमा लागेपछि यस्तो लेखेको बताउनु भयो ।

 

स्वास्थ्यकर्मी पौडेलद्वारा पत्रकारलाई कुटपिट गर्ने धम्की ।।

कपिलवस्तु वैशाख १२
कपिलवस्तुको शिवराज नगरपालिका १ मा रहेको शिवपुर स्वास्थ्य चौकी इन्चार्ज लेखनाथ पौडेलले पत्रकारलाई कुटपिट गर्ने धम्की दिएका छन । पौडेलले सामाजिक संजाल फेसबुकमा पत्रकारलाई रामधुलाई गर्छु भन्दै धम्की दिएका हुन । कार्यलायको काम छोडेर स्वास्थ्यकर्मीको एक टोली सहित पुर्वी नेपाल भ्रमणमा रहेका पौडेलले पत्रकारलाई धम्की पुर्ण स्टाटस लेखेका छन । कोभिड १९ ले गर्दा सबैठाउमा त्रास पुर्ण अवस्था सृजना भएको समयमा उनले नेपालको विभिन्न स्थानमा भ्रमण गर्दै पत्रकारलाई धम्की दिएका हुन ।
स्थानीयहरु स्वास्थसेवा पाएका छैन्न । स्वास्थकर्मी नेपाल भ्रमण रहेको शिवपुरका स्थानीयले बताए । लेखनाथ पौडेल पहिले पनि पत्रकारलाई तथानाम गाली गालौज गरि विबादमा पर्दै आएका छन । उनले स्वास्थ्य चौकीको औसधि आफ्नो क्लिनिकमा ल्याउने बेच्ने आरोप लाग्दै आएको छ । स्वाथ्यकर्मी पौडेल केही समय पहिले सुधारगृह बसेर आएको स्थानीयले बताए ।
उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन ब्यक्तिगत संस्थागत राजनीतिक रुपमा चरित्र हत्या गर्ने उद्देश्यले समाचार सम्प्रेषण गर्ने पत्रुकार वा सहयोगी स्थानीय वा बह्य सबैलाई रामधुलाई गर्ने धम्की दिएका हुन । उनले लेखेका छन झोले, फिपार्ते, धुपौरेहरु समयमै सचेत हौ भनेर लेखेका छन ।
पत्रकारलाई इंकित गरि धम्किपुर्ण भाषामा सामाजिक सन्जालमा लेखिनु गलत भएको भन्दै चारैतिर विरोध भएको छ ।
नेपाल पत्रकार महासघं लुम्बिनी प्रदेश अध्यक्ष वसन्त गिरिले यस्तो लेख्ने स्वास्थ्यकर्मीलाई हडैसम्मको कार्वाही हुनु पर्ने माग गर्नु भयो । पेसागद मानमर्दनमा रहि स्टाटस लेख्न सुझाव दिनु भयो । समाचारमा चित नबुझे प्रेस काउन्सिल, नेपाल पत्रकार महासघ लगायतका निकाय रहेको भन्दै पत्रकारलाई धम्की दिनु गतल रहेको बताउनु भयो ।
नेपाल पत्रकार महासघं कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्यले पत्रकारलाई सोसल मिडिया मार्फत धम्की दिनु गलत भएको बताउनु भयो । समाचारको विषयबस्तुलाई लिएर पत्रकारमाथी आक्रमण गर्छु भन्नू प्रेस स्वातन्त्रता माथी उपहास भएको बताउनु भयो । नेपाल पत्रकार महासघं लुम्बिनी प्रदेश सदस्य चिन्ता परियारले गलत गर्न कसैलाई छुट छैन । पत्रकार माथी हमला गर्छु भन्नू गलत हो । पौडेलले यश विषयमा क्षमा याचना गर्नु पर्छ । पत्रकार पनि आफ्नो अंचारसहिताको पालन गर्नु पर्ने परियारले बताउनु भयो ।
यता स्वास्थ्यकर्मी पौडेल आफू भ्रमणको सिलसिलामा इलाम रहेको स्वीकार गर्दै केही मिडियाले आफुलाई बदनाम गर्ने खोजेकोले स्टाटस लेखेको बताउनु भयो । पत्रकारले सत्यतथ्य नबुझी मेरो ब्यक्तिगत रुपमा लागेपछि यस्तो लेखेको बताउनु भयो ।

 

 

भारतबाट हतियारसहित नेपाल प्रवेश गरेको गिरोह पक्राउ

वीरगन्ज : प्रहरीले अवैध हतियार र लागू औषधको कारोबार गर्ने गिरोहलाई वीरगन्जबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक प्रहरी जवानसहित ८ जना रहेका छन्।

रौतहटको सखुवा नगरपालिका १ घर भइ जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान अवधेश यादव, मकवानपुरको मनहरी गाउँपालिका ५ का २५ वर्षीय राजु रानामगर, पर्साको वीरगन्ज महानगरपालिका १२ मुर्लीका ४३ वर्षीय लालबाबु सिंह, ३५ वर्षीय श्यामबाबु कुशवाहा, ४२ वर्षीय अरविन्दप्रसाद गुप्ता, ४२ वर्षीय कुँवर सिंह, वीरगन्ज महानगरपालिका वडा नम्बर १५ का २४ वर्षीय नन्दन सिंह र रोशन सिंह पक्राउ परेका हुन्।

उनीहरुको साथबाट स्वचालित पेस्तोल २ थान, म्याग्जिन २ थान, लागूऔषध डाइजिपाम, नुर्फिन र फेनार्गन गरेर ३ सय एम्पुल र निट्राभेट ट्याब्लेट १ हजार २ सय पिस बरामद भएको पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए।

आजको राशिफल : कुन राशिका लागि आजको दिन शुभ ?

वि.सं.२०७८ साल बैशाख १३ गते सोमबार । ईश्वी सन् २०२१ अप्रिल २६ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । चैत्र शुक्लपक्ष । तिथि– चतुर्दशी,१६ घडी ५० पला,दिउसो १२ बजेर १५ मिनेट उप्रान्त पूर्णिमा । नक्षत्र–चित्रा,४४ घडी ५९ पला,बेलुकी ११ बजेर ३१ मिनेट उप्रान्त स्वाती । योग– बज्र,४८ घडी २८ पला,रातको १२ बजेर २४ मिनेट उप्रान्त सिद्धि । करण–वणिज,दिउसो १२ बजेर १५ मिनेट उप्रान्त भद्रा,बेलुकी ११ बजेर ०७ मिनेट उप्रान्त बव । आनन्दादिमा–मुद्गर योग । चन्द्रराशि–कन्या,दिउसो १२ बजेर १५ मिनेट उप्रान्त तुला ।

काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ३१ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३३ मिनेट । दिनमान ३२ घडी ३७ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यावसाय फस्टाएर जाने हुनाले मनग्गे नाँफा कमाउन सकिने तथा थप लगानी गर्न सकिनेछ । लामो दुरीको व्यावसायिक यात्राको अधिक सम्भावना रहेकोछ । सवारी साधन तथा भौतिक सम्पती हात लागी हुनेछ भने विलासी वस्तुहरुको प्रयोग मार्फत अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिने हुँदा मन प्रसन्न रहनेछ । नोकरी पाउने तथा पदोन्नतिको प्रशस्त सम्भावना रहेकोछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) बिहानको समय राम्रो रहेकोले सन्तान तथा आफन्तबाट भनेजस्तो सहयोग पाईने योग रहेकोछ । मन परेको मानिसबाट उपहार प्राप्तीको योग रहेकोछ । मध्यान्हबाट व्यापार व्यावसायमा लगानी गरे अनुशार प्रतिफल प्राप्त नहुँदा आर्थिक रुपमा कमजोर भएको महशुस हुनेछ । स्वास्थ्य सम्वन्धी समस्या आउने तथा दैनिक खर्च बढेर जानेछ । न्यायिक निर्णयहरु तपार्ईँको पक्षमा नआउने हुनाले आजको दिन कुनै पनि विवादमा सामेल नहुनु होला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बिद्यामा गरीएको लगानीबाट सकारात्मक नतिजाको अपेक्षा गर्न सकिनेछ । शिक्षा क्षेत्रमा गरीएको लगानी बाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने लगानी बढाउने वातावरण बन्नेछ । भौतिक सम्पती तथा सवारी साधन प्राप्तिको गतिलो सम्भावना रहेकोछ भने शेयर बजार तथा सट्टाको व्यावसाय फस्टाएर जानेछ । प्रेमको डोरो कसिने तथा घर परिवारमा सबैसँगको सम्वन्धमा सुमधुरता बढेर जानेछ । बिहानको समय मध्ययम रहेकोले राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बिहानको समय राम्रो रहेकोले छोटो दुरिको व्यावसायिक यात्राको तय गर्न सकिनेछ भने पराक्रम बढेर जाने हुनाले शाहशिलो काम गर्ने आट आउनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने दाम्पत्य जीवन सुखी रहनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले खानपान तथा मौषमको  ख्याल गर्नुहोला छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या आउन सक्छ । अरुकै लहैलहैमा लागेर आफ्नो सस्कार भुल्दा पछी गएर पछुतो हुने ग्रहयोग रहेकोछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बिहानको समय राम्रो रहेकोले लेखन कलाको माध्ययमले आफ्ना भनाईहरु जनमानसमा लैैजान सकिनेछ । पढ्न लेख्न मन लाग्नेछ भने नतिजा तपार्ईँ आफ्नै पक्षमा पार्न सकिनेछ । मध्यान्हबाट माया प्रेममा सानो कुराले मनमुटाव सिर्जना हुनसक्छ ध्यान दिनुहोला । खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या आउनेछ । यात्रा गर्दा ध्यान दिनुहोला कष्टकर नहोला भन्न सकिन्न ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) सामाजिक काम गरी नाम तथा दाम कमाउन सकिनेछ भने समाजमा सम्मानित हुने योग रहेकोछ । पढ्नमा मन जाने हुनाले स्कूल तथा कलेजमा तपार्ईँको नाम अग्र स्थानमा आउनेछ ।  शुभ समाचारले मनमा थप उत्साह जगाउनेछ भने नयाँ काम थालनी गर्दा भविष्यमा मनग्गे धन लाभ हुनेछ । प्रेममा रमाउन चाहनेहरुले भरपूर रमाईलो गर्न सक्नेछन् । पारिवारिक माहोलमा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन रहनेछ । परिवार तथा आफन्तजन सँगसँगै रहेर दिन कटाउन पाउदा मन प्रशन्न रहनेछ । आत्मविश्वासमा बृद्धि हुने हुनाले काम गर्न आँट आउनेछ । समयमा काम गर्न सकिने हुँदा मान सम्मान तथा इज्जत प्रतिष्ठामा बढुवा हुनेछ । सुन्दर तथा विलासी वस्तुको प्रयोग मार्फत् अरुको मन आफूतिर लोभ्याउन सकिनेछ । बिहानको समयमा खर्च बढ्ने योग रहेकोछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) अन्तर्राष्ट्रिय बजारमा उत्पादित सामानको व्यापार व्यावसाय गर्दा प्रशस्त नाँफा कमाउन सकिनेछ । लामो दुरिको विदेश यात्रा हुनेछ । धार्मिक कार्य तथा सामाजिक कार्यमा खर्च बढे पनि मन खुसी रहनेछ । स्वास्थ्य सम्वन्धी सामान्य समस्याले नसताउला भन्न सकिन्न । पढाइ लेखाइमा समय दिन नसक्दा अरु भन्दा पछी परिनेछ । बिहानको समय राम्रो रहेकोले माया प्रेममा एक अर्कालाई विश्वास गर्दै अगाडी बढ्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बीच विश्वासको वातावरण बढेर जानेछ । नयाँ कामहरु गरेर आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । दाजुभाई वा अग्रजहरुको सुझाब तथा सल्लाह मानेर अगाडी बढ्दा सफलता पाउन सकिनेछ । बिद्यामा राम्रो प्रगति हुनाले पढाइ लेखाइमा मन जानेछ । बिभिन्न अवसरहरूले पछ्याउने हुदा राम्रा परिणाममुखी काम गर्न सकिनेछ । सरकारी सम्पती तथा पैत्रिक सम्पती हात लागी हुने प्रसस्त सम्भावना रहेको छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) राज्यबाट अनावश्यक झै झमेला भोग्नु पर्नेछ भने सेवा प्रवाह गर्नेहरुले तपार्ईँको काम समयमा नगर्नाले महत्वपुर्ण उपलव्धी गुम्न सक्छ । व्यापार व्यावसाय खस्केर जानेछ भने आम्दानीका स्रोतहरु साघुरा भएर जानेछन् । अध्ययन अध्यापनमा मन नजाने हुनाले उपलव्धी अरुकै पोल्टोमा पर्नेछ । माया प्रेममा सामान्य अविश्वास सिर्जना हुने योग रहेकोछ । आफ्नो धन सम्पतिमा अरुले नै अधिकार जमाउन खोज्नेछन् ध्यान दिनुहोला । बिहानको समय राम्रो रहेकोले खोजीमुलक क्षेत्रमा रुचि बढ्ने तथा पढाइ लेखाइकै शिलशिलामा लामो दुरिको यात्रा हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) भाग्यले साथ दिने हुँदा सानो प्रयत्‍नले ठुलो काम बन्नेछ । धर्म तथा अध्यात्मतिर ध्यान जाने हुनाले शरीरले सकारात्मक उर्जा ग्रहण गर्नेछ । आफन्तहरुको सहयोगले उपलब्धी मुलक कामहरु बन्नेछन् भने दैनिकीलाई सहज रुपमा परिणत गर्न सकिनेछ । धार्मिक तथा अध्ययन यात्राको अधिक सम्भावना रहेकोछ । नयाँ काम गरी आम्दानीका स्रोत बढाउन सकिनेछ । प्रेममा सामिप्यता बढेर जानेछ । बिहानको समय मध्ययम रहेकोले भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बिहानको समय राम्रो रहेकोले व्यापार व्यावसायबाट मनग्गे आम्दानी हुनेछ । रमाईलो पारिवारिक यात्राको तय गर्न सकिनेछ भने यात्रासँग सम्वन्धीत कार्यहरु हुनेछन् । अध्ययनमा भनेजस्तो सफलता हात पार्न सकिनेछ भने खोजमुलक क्षेत्रमा रुची बढ्नेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले आर्थिक अवस्था कमजोर रहने हुनाले घर परिवारका आवश्यक्ताहरु पुरा गर्न गाह्रो पर्नेछ । भौतिक सम्पतीको प्रयोग गर्दा ख्याल गर्नुहोला । खानपान तथा मौषमको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ ।

बर्दियामा सोमबार राति १२ बजेदेखि एक साता लकडाउन

बर्दियामा एक साताका लागि लकडाउन घोषणा गरिएको छ ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय बर्दियाले सोमबार राति १२ बजेदेखि लागू हुने गरी एक साता लकडाउन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी सुनारका अनुसार लकडाउन गुलरिया नगरपालिका–५ र ६, बाँसगढी नगरपालिकाको बजार क्षेत्र, बारबर्दिया नगरपालिकाको जयनगर र कतर्निया बजार क्षेत्र, मधुवन नगरपालिकाको लालीबजार र ओराली बजार क्षेत्र, ठागुरबाबा नगरपालिकाको बगनाहा, भूरीगाउँ र ठाकुरद्वारा बजार क्षेत्र, राजापुर नगरपालिकाको राजापुर र मानपुर टपरा बजार क्षेत्र, बढैयाताल गाउँपालिकाको भोलागौडी, मैनापोखर र शीतला बजार क्षेत्र र गेरुवा नगरपालिकाको शान्ति बजार र पशुपतिनगर बजार क्षेत्रमा लागू हुनेछ ।

लकडाउन अवधिभर स्वास्थ्य, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दमकल, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन, एम्बुलेन्स, तरकारीबाहेकका व्यवसाय पनि सञ्चालन गर्न प्रतिबन्ध लगाइएको छ ।

त्रिविले भन्यो- भोलिको परीक्षा रोकिँदैन

त्रिभुवन विश्वविद्यालयले परीक्षा नरोकिने जनाएको छ ।

आइतबार बसेको सीसीएमसीको बैठकले कोरोना संक्रमण बढेकाले नियन्त्रणका लागि सबै तहका परीक्षा स्थगित गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको थियो । तर, त्रिविले भने सोमबार हुने परीक्षा नरोकिने बताएको छ ।

‘सीसीएमसीले सिफारिस गर्दैमा परीक्षा रोकिँदैन । भोलिको परीक्षा हुन्छ, ‘ शिक्षाध्यक्ष शिवलाल भुसालले भने, ‘मन्त्रिपरिषद्‍को निर्णय आएपछि अर्को सूचना आउँछ ।’

त्रिविको स्नातक र स्नातकोत्तर तहको परीक्षा भइरहेको छ ।

प्रचण्ड राष्ट्रिय समस्या हो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै देशको राष्ट्रिय समस्या भएको गम्भीर आरोप लगाएका छन् । प्रधानमन्त्री ओलीले सो कुरा आइतबार इमेज टेलिभिजनको हट सिट कार्यक्रममा प्रस्तोता जगदीश खरेलसँगको अन्तर्वातामा बताएका हुन् । उनले देशमा तनाव अति भएको भन्दै सिके राउत, विप्लवहरुलाई राजनीतिक मूलधारमा ल्याएको भन्दै देशमा तनाव बढाउन नहुने बताए ।

‘तनाव अति भयो देशमा । तनाव चाहिने भन्दा बढि भयो । हामी एउटा द्वन्द्वको स्थितिबाट आयौं । अव तनावतिर होइन, अव प्रचण्डजीको हतियार उठाएर द्वन्द्व गर्ने भएपनि देशलाई द्वन्द्व र झमेलामा हाल्ने, उहाँले पार्टीलाई पनि झमेलामा हाल्नुहुन्छ, देशलाई पनि झमेलामा हाल्नुहुन्छ’, ओलीले भने, ‘उहाँ त एउटा राष्ट्रिय समस्या हो ।’

उनले अगाडि भने, ‘उहाँले कसैलाई पनि मिल्न नदिने, नेपाली काँग्रेसमा भन्नुस् न ? उहाँ शेरबहादुर देउवा, रामचन्द्र पौडेल कृष्ण सिटौला, शेखर कोइराला, शशांक कोइरालाकाबीचमा अहिले पनि खेलिरहनुभएको छ । तर, यति सावधानी र चतुर्याइका साथ किन उहाँलाई देश बनाउनु त छैन ।’

पूर्वनिर्धारित सबै परीक्षा स्थगित गर्ने सरकारको निर्णय (विज्ञप्तिसहित)

सरकारले पूर्वनिर्धारित सबै तहका परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । आइतबार सिंहदरबारमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले सबै तहका पूर्वनिर्धारित परीक्षा स्थगित गर्ने निर्णय गरेको सीसीएमसी सचिवालयका संयोजक तथा सचिव खगराज बरालले जानकारी दिए   ।

उनका अनुसार यो सिफारिस नभएर सोमबारदेखि नै लागू हुनेगरी  भएको निर्णय नै हो । कोरोनाभाइरसको बढ्दो संक्रमणका कारण देशभरका शिक्षालयमा तय भएका पूर्वनिर्धारित परीक्षा स्थगित गर्ने निर्णय भएको हो । कोरोनाको जोखिम कम भएपनि उपयुक्त समयमा परीक्षाको नयाँ तालिका तय गरिने बताइएको छ ।

सोमबारदेखिका सबै परीक्षा स्थगित गर्ने सीसीएमसीले निर्णय गरे पनि जेठमा हुने एसईई परीक्षाका सम्बन्धमा भने कुनै निर्णय भएको छैन । स्रोतले भन्यो, ‘एसईई परीक्षाबारे पछि निर्णय लिइनेछ ।’​

यसअघि बसेको मन्त्रिपरिषद बैठकले विद्यालय र कलेजको पठन पाठन भौतिकरुपमा गर्न नपाइने भने पनि परीक्षा चाहिँ नरोकिने बताएको थियो ।  त्यसैगरी मेडिकल कलेजको पढाइ पनि नरोकिने क्याबिनेटको आदेशमा उल्लेख थियो ।

तर, आइतबार बसेको सीसीएमसीको बैठकले सोमबारदेखि हुने सबै परीक्षाहरु स्थगित गरेको हो ।

बालुवाटारको शनिबारको ब्रिफिङमा प्रधानमन्त्री ओलीले सरकारको आदेश र स्वास्थ्यसम्बन्धी मापदण्डको पालना नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । प्रधानमन्त्री ओलीले कोरोना रोकथामका लागि प्रभावकारी योजना ल्याउन निर्देशन दिएपछि आइतबार सीसीएमसीको बैठक बसेको हो ।

आइतबार अबेर जारी विज्ञप्ति हेर्नुहोस्

 

रातोपाटीको अंग्रेजीहिन्दी र ग्लोबल सं

भिरबाट खसेर अर्घाखाँचीमा एक जनाको मृत्यु

अर्घाखाँची : भिरबाट खसेर अर्घाखाँची सन्धिखर्क–६ का ८८ वर्षीय तोयनारायण भट्टराईको मृत्यु भएको छ। सन्धिखर्क नगरपालिका–६ बोखरमा भिरबाट लडेर भट्टराईको आइतबार बेलुकी मृत्यु भएकाे हाे।

 

 

साँझ हिडडुल गर्ने क्रममा  गोरूसिङगे सन्धिखर्क सडकखण्डको बोखरमा सडकको डिलबाट तल भिरबाट खसेर भट्टराईको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुजन शाहले जानकारी बताए।

लायन्स क्लव अफ बाणगंगाले थाल्यो “ तपाइँको माक्स खै ” अभियान सुरु

वैखरी अनलाइन
लायन्स क्लव अफ बाणगंगाले “ तपाइँको माक्स खै ” अभियान आजबाट सुरु गरेको छ । पछिल्लो समय बढदो कोरोनाको महामारीमा जनचेतना जगाउन लायन्स क्लव अफ बाणगंगाले अभियान चलाएको हो ।
सो क्रममा आज बाणगंगा नगरपालिकाको बोडगाउ र चार नम्बर जितपुरमा आज बिहान माक्स बितरणसहित सबैलाई कोरोनाबाट बच्न र बचाउन बारे क्लवले प्रचार गरेर अभियानको सुरुवात गरेको लायन्स क्लव अफ बाणगंगाका अध्यक्ष रमेशचन्द्र भुसालले वैखरी अनलाइनलाई बताए ।

नगरभित्रका २ क्षेत्रमा गरी करिव ३ घण्टा चलेको अभियानमा १५ सय बढि माक्स बितरण गरिएको सचिव कृष्ण प्रसाद भट्टराईले वैखरी अनलाइनलाई जानकारी पदिए । साथै यस अभियान निरन्तरता दिने प्रथम उपाध्यक्ष खुमानन्द घिमिरेले बताए ।

कांग्रेसले तत्काल ओलीविरुद्व अविश्वासको प्रस्ताव नल्याउने

काठमाडौं : प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्व तत्काल अविश्वासको प्रस्ताव नल्याउने निर्णय गरेको छ । यसअघि बसेको केन्द्रीय कार्यसमिति बैठकले वर्तमान सरकारको विकल्प खोज्ने निर्णय गरेपनि अविश्वासको प्रस्ताव दर्ता गराउने विषयमा पार्टी हच्किएको हो ।

माओवादी केन्द्रले साथ दिने भने पनि जनता समाजवादी पार्टीको एक खेमाले सहयोग गर्ने संभावना नदेखिएकोले कांग्रेसले प्रस्तावको पक्षमा बहुमत पुग्ने ग्यारेन्टी भएमात्र अविश्वास प्रस्ताव ल्याउने स्पष्ट पारेको छ ।

आइतबार सभापति शेरवहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै उपसभापति विमलेन्द्र निधिले प्रस्ताव राखेर फेल भए पार्टी खाडलमा फस्ने भएकाले पूर्ण तयारी नगरी अविश्वासको प्रस्ताव नल्याउने बताउनुभयो ।

आजको बैठकले सोमबारका लागि बोलाइएको केन्द्रीय समिति बैठक बुधबारसम्मका लागि स्थगन गरेको छ । कोरोना संक्रमणको दोस्रो लहरको जोखिम बढेको भन्दै सबै केन्द्रीय सदस्यहरुको पीसीआर परीक्षण गरेपछि मात्र बैठक १५ गते बस्ने तय भएको हो ।

सबै किसिमका परीक्षाहरू स्थगित गर्न सरकारलाई सिफारिस

काठमाडौं : कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले सबै तहका सबै किसिमका परीक्षाहरू स्थगित गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ।​

सीसीएमसीको आइतबार बसेको बैठकले सबै तहका सबै किसिमका परीक्षाहरू सोमबारदेखि नै स्थगित गर्न सिफारिस गर्ने निर्णय गरेको हो। बैठकमा सहभागी संघीय मामिला मन्त्री गणेश ठगुन्नाले ​सबै किसिमका परीक्षाहरू स्थगित गर्न सिफारिस गर्ने निर्णय गरेको जानकारी दिए।

उनले सीसीएमसीको सिफारिस मन्त्रिपरिषद् बैठकमा पेस गरिने बताए। मन्त्रिपरिषदले स्थान हेरेर निषेधाज्ञा जारी गर्ने अधिकार जिल्ला कोभिड(१९ संकट व्यवस्थापन केन्द्रलाई यसअघि नै दिइसकेको छ।

कपिलवस्तुमा आमाको हत्या गरी फरार अभियुक्त प्रहरीको फन्दामा

कपिलवस्तु : आमाको हत्या गरी फरार एक अभियुक्त ढेड बर्षपछि पक्राउ परेका छन । कपिलवस्तु नगरपालिका वडा नं. ८ दोहनीका २८ बर्षिय कोठारी भन्ने सुरेन्द्र कुर्मी पक्राउ परेका हुन । २०७६ कार्तिक १६ गते आफ्नी आमा बर्ष ५५ की फुलमती कुर्मीसँग घरायसी झै–झगडा हुँदा घाँटी थिची, कुटपीट गरी हत्या गरेका थिए ।

फरार अभियुक्त बुद्धभुमी नगरपालिका वडा नं. ५ चौरीमा फेला परेको प्रहरी नायब उपरिक्षक धर्मराज भन्डारीले बताउनु भयो । जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको उहाले बताउनु भयो ।

अभियुक्तका भाई हेमराजले उनी बिरुद्ध किटानी जाहेरी दिएका थिए ।

जडेजा चम्किँदा चेन्नईको बेङ्गलोरमाथि शानदार जित

काठमाण्डौ : रविन्द्र जडेजा चम्किँदा इण्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा चेन्नई सुपर किङ्ग्सले रोयल च्यालेन्जर्स बेङ्गलोरलाई हराएको छ । मुम्बईमा आइतवार भएको पहिलो खेलमा चेन्नईले बेङ्गलोरलाई ६९ रनले हराएको हो ।

रविन्द्र जडेजा ब्याटिङ र बलिङ दुवैमा चम्किएपछि बेङ्गलोरले हार बेहोरेको हो । यो हारसँगै बेङ्गलोरको अपराजित जितको यात्रा पनि तोडिएको छ, लगातार चार खेल जितेको बेङ्गलोर पाँचौँ खेलमा पराजित भएको छ । ​चेन्नईले अन्तिम ओभरमा ३७ रन जोड्दा जडेजाले पाँच छक्का र एक चौका प्रहार गरे ।

चेन्नईले दिएको एक सय ९२ रनको लक्ष्य पछ्याएको बेङ्गलोरले निर्धारित ओभरमा नौ विकेट गुमाउँदै एक सय २२ रनमात्र बनाउन सक्यो । बेङ्गलोरका लागि देवदत्त पडिक्कलले ३४ र ग्लेन म्याक्सवेलले २२ रन बनाए ।

बेङ्गलोरलाई कम योगफलमै रोक्न रविन्द्र जडेजाले चार ओभरमा एक मेडन राख्दै १३ रन दिँदा तीन विकेट लिए । यस्तै इमरान ताहिरले दुई विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित ओभरमा चार विकेट गुमाउँदै एक सय ९१ रन बनायो । चेन्नईका लागि रविन्द्र जडेजाले २८ बलमा अविजित ६२ रन बनाए ।

जितसँगै चेन्नई पाँच खेलमा आठ अङ्कसहित अङ्क तालिकको शीर्षस्थानमा उक्लिएको छ । पाँच खेलबाटै आठ अङ्क जोडेको बेङ्गलोर भने रनरेटका आधारमा दोस्रो स्थानमा छ ।

कपिलवस्तुमा छतबाट खसेर १८ महिने शिशुको ज्यान गयो

कपिलवस्तु : कपिलवस्तुमा घरको छत बाट खसेर १८ महिने शिशुको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका वडा ५ चन्द्रौटा सहजटोल बस्ने बसन्त विकका १८ शिशु अभिषेक विक आफ्नै घरको छतवाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीले बताउनुभयो ।

बिहान ६ बजेको समयमा छत वाट खसेको र उपचारको लागि बुटवलको चौराहा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भण्डारीले बताउनुभयो । शवलाई पोष्टमार्ट गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

पहिलो पटक तीन लिङ्गका साथ जन्मियाे बच्चा, विज्ञानका लागि चुनौती

इराकमा एउटा  बच्चा तीनवटा लिङ्गका साथ जन्मिए । यो सामान्य मानिसको लागि मात्र नभएर चिकित्सा विज्ञान तथा विज्ञका लागिसमेत आश्चर्य बनाउने घटना बन्यो ।

यसको पछाडिको कारण विज्ञानलाई थाहा छैन । यस  अवस्थालाई ‘सुपरन्युमरेरी पेनिस’ (Supernumerary penises ) भनिन्छ । अहिलेसम्म संसारभरमा एकसय द्वीलिङ्गी अर्थात् डिफालिया (Diphallia ) को केस  आएका  छन्  । तर, यो तीन लिङ्ग ( Triphallia ) वाला केस भने पहिलो पटक  सार्वजनिक भएको हो ।

यसलाई हालसम्म संसारकै पहिलो तथा दुर्लभ घटना मानिएको छ । यसअघि द्वीलिगी बच्चा जन्मिएका  समाचार मात्रै  आएका थिए । तर, यसको कारणको बारेमा भने अहिलेसम्म पनि पत्ता लागेको छैन ।

अहिलेको यो जन्मिएको त्रिलिङ्गी बच्चाले वैज्ञानिकका अगाडि  गम्भिर तथा नयाँ चुनौती खडा गरिदिएका छन् ।

इराकको  मोसुल शहर नजिकै दोहुकमा  जन्मिएको यस बच्चाका  दुइवटा लिङ्ग शलयक्रिया  गरी फालिएका   छन्  । विज्ञका  अनुसार ६० लाख  बच्चामध्ये एक बच्चा एकभन्दा बढी लिङ्गका साथ जन्मिन सक्छ  ।

हालसम्म संसारभरी झण्डै एक सय  द्वीलिङ्गी केस थाहा भएका  छन्  ।  इन्टरनेशनल जर्नल अफ सर्जरीको केस रिपोर्टका अनुसार त्रिलिङ्गी केस भने पहिलो पटक भेटिएको हो ।

आधुनिक चिकित्सा विज्ञानका अनुसार यो एउटा अति दुर्लभ रोग हो जुन ३ देखि १५ साताको भ्रुणमा हुने गर्छ ।

यस्तो पहिलो केस १६०० को दशकमा भेटिएको बताइएको छ । यसमा स्क्रोटम वा एनस पनि एकभन्दा बढी  हुनसक्छन्  । कैयौं पटक लिङ्ग अविकसित पनि हुन सक्छन् । हालसम्म भेटिएका केसहरु एक आपसमा अलग देखिएका छन् । यसकारण यसलाई एक दुर्लभ अवस्था भएकोसमेत बताइन्छ ।

यो घटनाको पछाडिको कारण स्पष्ट नभए पनि नशालु पदार्थको सेवन यसको कारण हुनसक्ने अनुमान गरिएको छ । यसबाहेक सङ्क्रमणका कारण पनि यस्तो हुनसक्छ । रिपोर्ट जेनेटिक संरचनामा हुने परिवर्तनका कारण पनि यस्तो हुनसक्ने बताइएको छ ।

यसका कारण बिरामीमा ग्यास्ट्रो इन्टेस्टिनल ट्र्याक्ट, स्केलेटल वा पेल्भिक हड्डीदेखि हृदयघातको समस्याको सामना पनि गर्नुपर्ने सम्भावना छ । सामान्यतया, यी सबै अंगले सामान्य तरिकाले काम गर्ने गर्छन् । तर, यी इराकी बच्चामा भने यो अवस्था थिएन । यसकारण यसलाई सहजै शल्यक्रियाद्वारा काटेर फालियो  ।

 

सुपरमार्केटबाट सलाद किनेर ल्याएः प्याकेट खोल्दा निस्कियो विषालु सर्प

कहिलेकाँही हामीले यस्तो ठाउँमा सर्प देखिरहेको हुन्छौं जहाँ हामीले यो देख्नेबारे कहिल्यै सोचेका पनि हुँदैनौं । तर जब खानाको सामानमा सर्प भेटिन्छ तब सायद सबै हैरान हुन्छन् । यस्तै एउटा घटना सार्वजनिक भएको छ जहाँ सलादको प्याकेटबाट विषालु सर्प निस्किएको छ ।

‘द गार्जियन’ को एक रिपोर्ट अनुसार यो घटना अष्ट्रेलियाको सिड्नी शहरको हो । यी व्यक्तिले कहिल्यै सोचेका थिएनन् होला कि सलाद खरिद गर्नुको परिणाम के हुनेछ । घर पुगेपछि जब उनले सलादको प्याकेट खोले तब त्यसबाट विषालु सर्प निस्कियो ।

अलेक्जेन्डर ह्वाइट नामका व्यक्ति र उनका पार्टनर एमिली नेटी सिड्नीको एक सुपरमार्केटमा गएका थिए । उनीहरुले पत्तेदार सब्जी र सलाद खरिद गरेका थिए । यससँगै उनीहरुले अन्य सामान पनि खरिद गरेका थिए ।

घर पुगेपछि जब उनीहरुले प्याकेट खोले तब त्यसमा एउटा विषालु सर्प देखेर उनीहरु अचम्मित भए । सर्प त्यहि प्याकेटमा घुमिरहेको थियो र जिब्रो निकालिरहेको थियो । सुरुमा त उनीहरुले कुनै किरा घुमिरहेको होला भन्ने सोचे तर पछि उनीहरुलाई महसुस भयो कि त्यो कुनै किरा नभई सर्प हो ।

यद्यपि, त्यो सर्पको बच्चा थियो जसको लम्बाई २० सेन्टिमिटर थियो । तर त्यो असाध्यै विषालु सर्प थियो ।

रिपोर्टका अनुसार सर्प देखेपछि परिवारले वन्यजीव संगठनलाई यसको सूचना दिए । संगठनले यो सर्प अष्ट्रेलियामा पाइने सबैभन्दा विषालु सर्पमध्येको एक भएको जानकारी दियो ।

ती व्यक्तिले सर्प भेटिएको उक्त सलादलाई उनीहरुले त्यो फ्याँकेनन् । उनका अनुसार उनीहरुले सलादलाई राम्रोसँग धोए र त्यसको सलाद बनाए । यसका साथै उनीहरुले सलादलाई सधैं राम्रोसँग धुनुपर्ने बताए ।

सोसल मिडियामा यो सर्प र सलादको भिडियो पनि भाइरल भइरहेको छ । सलाद खरिद गर्ने व्यक्तिले यसलाई सोसल मिडियामा सेयर गरेका छन् । कतिले अन्य मानिसहरुलाई यसको तस्बिर पनि सेयर गरेका छन् ।

भारतीय नाकाबाट नेपाली नागरिकबाहेकलाई प्रवेशमा रोक लगाउन सिफारिस

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले भारतसँग जोडिएका सीमानाकाबाट नेपाली नागरिकबाहेकलाई नेपाल प्रवेशमा रोक लगाउन सिफारिस गरेको छ ।

आइतबार बसेको सीसीएमसीको बैठकले भारतसँग जोडिएका सीमानाकाबाट नेपाली नागरिकबाहेकलाई नेपाल प्रवेशमा रोक लगाउन सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

छिमेकी देश भारतमा कोरोना संक्रमण तीव्र रुपमा फैलिँदै गएपनि सरकारले नाकामा कडाइ गरेको छैन ।

सरकारले भारतमा कोरोना संक्रमण बढेपनि नाका बन्द नगरेको भन्दै चर्को आलोचना हुँदै आएको छ । सीमानाकाबाट नेपाली नागरिकलाई भने आउन रोक लगाइएको छैन ।

नेपाली नागरिकलाई स्वदेश आउन दिइने तर, १४ दिन क्वारेन्टाइनमा बसेर पीसीआर परीक्षण गरेपछि मात्रै घर जान दिइने छ ।

बाँकेमा कोरोनाबाट हालसम्म १८० को मृत्यु

बाँकेमा कोरोना सङ्क्रमणका कारण हालसम्म १८० जनाको मृत्यु भएको छ। पछिल्लोपटक आइतबार बिहान कोहलपुर नगरपालिका–१० निवासी ३६ वर्षीय पुरुषको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा बिहान २:३० बजे मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए।

उनका अनुसार बितेको २४ घण्टामा बाँकेका अस्पतालमा उपचाररत पाँच महिला र तीन पुरुष गरी आठ जनाको मृत्यु भएको छ। बाँकेमा आजसम्म कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेका ८० र बाहिरी जिल्लाबाट उपचारका लागि अस्पतालमा आएका १०० गरी १८० जनाको मृत्यु भएको हो।

हालसम्म मृत्यु हुनेमा बाँकेका ३३ महिला र ४७ पुरुष रहेका छन् भने बाहिरी जिल्लाबाट उपचारका लागि यहाँ आएका २५ महिला र ७५ पुरुषको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेको तथ्याङ्कले देखाएको छ।

बाँकेमा हाल दुई हजार १२८ सक्रिय सङ्क्रमितमध्ये सात जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। छयासी सिकिस्त छन् भने १९८ को अवस्था सामान्य छ। तीमध्ये ८३ महिला र ९८ पुरुष गरी १८१ जनाको भेरी अस्पतालको कोभिड आइसोलेसनमा उपचार भइरहेको छ।

यसैगरी २४ महिला र ३१ पुरुष गरी ५५ जनाको शिक्षण अस्पताल कोहलपुर, छ महिला ३३ पुरुष गरी ३९ जनाको ह्वाइटहाउस आइसोलेसन र नौ पुरुषको कोहलपुर नगरपालिकाको कोभिड आइसोलेसनमा उपचार भइरहेको छ। बाँकेमा एक हजार ९८० होम आइसोलेसनमा रहेको स्रोत व्यक्ति वलीले जानकारी दिए। उनका अनुसार बाहिरी जिल्लाबाट आएका १३६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

बाँकेमा कोरोनाबाट हालसम्म १८० को मृत्यु

बाँकेमा कोरोना सङ्क्रमणका कारण हालसम्म १८० जनाको मृत्यु भएको छ। पछिल्लोपटक आइतबार बिहान कोहलपुर नगरपालिका–१० निवासी ३६ वर्षीय पुरुषको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा बिहान २:३० बजे मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए।

उनका अनुसार बितेको २४ घण्टामा बाँकेका अस्पतालमा उपचाररत पाँच महिला र तीन पुरुष गरी आठ जनाको मृत्यु भएको छ। बाँकेमा आजसम्म कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेका ८० र बाहिरी जिल्लाबाट उपचारका लागि अस्पतालमा आएका १०० गरी १८० जनाको मृत्यु भएको हो।

हालसम्म मृत्यु हुनेमा बाँकेका ३३ महिला र ४७ पुरुष रहेका छन् भने बाहिरी जिल्लाबाट उपचारका लागि यहाँ आएका २५ महिला र ७५ पुरुषको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेको तथ्याङ्कले देखाएको छ।

बाँकेमा हाल दुई हजार १२८ सक्रिय सङ्क्रमितमध्ये सात जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। छयासी सिकिस्त छन् भने १९८ को अवस्था सामान्य छ। तीमध्ये ८३ महिला र ९८ पुरुष गरी १८१ जनाको भेरी अस्पतालको कोभिड आइसोलेसनमा उपचार भइरहेको छ।

यसैगरी २४ महिला र ३१ पुरुष गरी ५५ जनाको शिक्षण अस्पताल कोहलपुर, छ महिला ३३ पुरुष गरी ३९ जनाको ह्वाइटहाउस आइसोलेसन र नौ पुरुषको कोहलपुर नगरपालिकाको कोभिड आइसोलेसनमा उपचार भइरहेको छ। बाँकेमा एक हजार ९८० होम आइसोलेसनमा रहेको स्रोत व्यक्ति वलीले जानकारी दिए। उनका अनुसार बाहिरी जिल्लाबाट आएका १३६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

सोमबारबाट सबै तहका परीक्षा स्थगित गर्न शिफारिस

काठमाडौं, बैशाख १२ गते । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक सम्पन्न भएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले भोलि ( सोमबार ) बाट सबै परीक्षा स्थगित गर्ने सिफारिस गरेको गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

आज बसेको सिंहदरबारमा बसेको बैठकले पछिल्लो समय कोरोना सङ्क्रमणको दर बढी रहेको बेला बैठकमा सङ्क्रमणको बढ्दो त्रास र त्यसको रोकथामबारे आगामी दिनमा अपनाउनुपर्ने रणनीतिबारे छलफल भएको थियो ।

नेपालमा काेभिडबाट दैनिक १५० जनाकाे मृत्यु हुनसक्ने प्रक्षेपण, जोखिम कम गर्न पाँच उपाय

काठमाडौँ । कोभिड–१९ को संक्रमण केही हप्तामा नै उच्च बिन्दुमा पुग्नसक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सतर्कताका लागि ५ उपाय अपनाउन आग्रह गरेको छ । मन्त्रालयले अबको केही हप्तामा नै संक्रमण र मृत्युदर उच्च हुनसक्ने प्रक्षेपण प्रस्तु गरेको छ ।

मन्त्रालयकाअनुसार अमेरिकाको इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एन्ड इभ्यालुएसनले नेपालमा अबको ३ महिनामा २ लाखभन्दा बढी संक्रमित थपिनसक्ने प्रक्षेपण गरेको छ । त्यस्तै मृतकको संख्या दैनिक १५० पुग्नसक्ने पनि जनाइएको छ ।

संक्रमण समुदायस्तरमा फैलिइसकेको भन्दै मन्त्रालयले एक सावधानीका लागि यी नियमहरू पालना गर्न सबैमा अनुरोध गरेको छ ।
१. स्वघोषित लकडाउन र सामाजिक दुरी कायम गर्ने,
२. शंका लागेमा समयमै कोभिडको जाँच गर्ने,
३. होम आइसोलेसनको सुधृढीकरण गर्ने,
४. स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीहरूको तयारी गर्ने,
५.समुदाय र सम्बन्धित निकायको तयारी गर्ने ।

मुलुकका सबै स्थानमा लकडाउन गर्न सम्भव नभएकाले संक्रमणको जोखिम कम गर्न व्यक्तिले स्वाघोषित लकडाउनमा बस्न मन्त्रालयले सुझाएको छ । त्यस्तै संक्रमण्को शंका लागेमा परीक्षणमा जानाले अरूलाई सार्ने सम्भावना ८५ प्रतिशतले कम हुने मन्त्रालयले जनाएको छ ।

होम आइसोलेसनमा बस्नेले नआत्तिन, लक्षणहहरूको नियमति निरीक्षण  गर्न,  अक्सिजनको मात्रा जाँच गरी ९२ प्रतिशतभन्दा कम भएमा अस्पताल जान या कल सेन्टरमा सम्पर्क गर्न मन्त्रालयको सुझाव छ ।

त्यस्तै स्थानीय तह र समुदायस्तरबाट सार्वजनिक स्थाहरूलाई आइसोलेसन सेन्टरको रूपमा व्यवस्थापन गरी अक्सिजनको जोहो गर्न मन्त्रालयले सुझाएको छ । यही हप्ताभित्र यी तयारीहरू अघि बढाए समुदयास्तरमा संक्रमण नियन्त्रण हुनसक्ने मन्त्रालयले जनाएको छ ।