भारतबाट आएका कोरोना संक्रमित ४५ वर्षीय पुरुषको गुल्मीमा मृत्यु

कोरोना भाइरसको सङ्क्रमणबाट गुल्मीमा एक पुरुषको ज्यान गएको छ । गुल्मी छत्रकोटा गाउँपालिका–३ हर्दिनेटाका ४५ वर्षीय पुरुषको गए राति घरमै निधन भएको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डा. भवानीप्रसाद शर्माले जानकारी दिए ।

गत बिहीबार भारतबाट घर आएका उनलाई शुक्रबार सामान्य ज्वरो आएपछि परीक्षण गराउँदा पोजेटिभ देखिएको थियो ।

शनिबार राति ९ बजेसम्म घरमा खाना खाएर बस्दासम्म सामान्य अवस्थामा रहेका उनलाई राति साढे १० बजे श्वास फेर्न गाह्रो भएको थियो ।

राति नै उपचारका लागि पाल्पा लैजाने तयारी गर्दागर्दै उनको अचानक घरमै ज्यान गएको बताइएको छ ।

विश्वभर फैलिएको कोरोना भाइरसको दोस्रो लहरअन्तर्गत नयाँ प्रजातिको सङ्क्रमणका कारण गुल्मीमा उनीसँगै दुई जनाको ज्यान गइसकेको छ ।

पछिल्लो समयमा गुल्मीमा ३९ व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र गुल्मीले जनाएको छ । सङ्क्रमित हुनेमा २२ देखि ५५ वर्ष उमेर समूहका छन् ।

मकवानपुरमा बञ्चरोले हानेर छोराले गरे बाबुको हत्या

मकवानपुरको कैलाश गाउँपालिकामा छोराले बञ्चरो प्रहार गरी बाबुको हत्या गरेका छन् ।

कैलाश गाउँपालिका–३ कटुञ्जेका बाबु ५० वर्षीय बलराम सापकोटालाई उनका छोरा २९ वर्षीय अञ्जन सापकोटाले बञ्चरोले प्रहार गरी हत्या गरेका हुन् ।

बाबुछोराबीच वादविवाद हुँदा अञ्जनले बाबुको टाउकोमा बञ्चरो हानेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अविनाश अधिकारीले जानकारी दिए ।

‘आइतबार बिहान ९ बजे घरमै बसिरहेका बाबुलाई छोराले टाउकोमा बञ्चरो प्रहार गरेका रहेछन्,’ अधिकारीले भने, ‘स्थानीयले खबर गरेपछि हाम्रो भार्ता प्रहरी चौकीको टोली घटनास्थलमा पुग्दा बाबु सापकोटाको मृत्यु भइसकेको थियो ।’

बाबुको हत्या गर्ने अञ्जनलाई इलाका प्रहरी कार्यालय मनहरीको हिरासतमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक अधिकारीले बताए ।

रुपन्देहीमा टिप्परले जन्ती जन्तीबसलाइ ठक्कर दिदा २ को मृत्यु

बुटवल, बैशाख १२ । रुपन्देहीको कोटिहवामा टिप्परले ३ वटा जन्ती बसलाई ठक्कर दिदा २ बालिकाको  ज्यान गएको छ भने ६ जना गम्भिर घाईते भएका छन् ।
सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल बेलहिया सडक खण्डको कोटिहवामा भएको उक्त घटनामा परि रुपन्देहीको तिलोत्तमा १५ कि बर्ष १० की सरस्वती हरीजन र बर्ष ८ की गंगा हरिजनको ज्यान गएको प्रहरीले बताएको छ ।

भैरहवा बाट बुटवल तिर आउदै गरेका जन्ती बोकेको लु १ ख ९६८५ नम्वरको बसलाई भैरहवा तर्फबाटै नै बुटवल आउदै गरेको लु १ ख ६०६४ नम्वरको टिप्परले पछाडीबाट ठक्कर दिएको थियो ।

टिप्परले पछाडीबाट ठक्कर दिएपछि हुत्तिएको बसले जन्ती बोकेकै अर्कौ र लु १ ख ५७८८ नम्वरको बसलाई ठक्कर दिएको र उक्त बस अनियन्त्रीत भई लु २ च ७०७२ नं बलेरो जिपलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी टिप्पर चालक सहित ६ जना घाईते भएको लुम्विनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । घाईते मध्ये टिप्पर चालकको भैरहवा स्थीत युनिभर्सल मेडिकल कलेजमा र अन्य ५ जनाको मणिग्राम स्थीत क्रिमसन अस्पतालमा उपचार भई रहेको छ ।
अहिले ट्राफिक प्रहरीले टिप्परको आवत जावतलाई रोकेको छ । टाफिक प्रहरीका अनुसार बुटवलबाट भैरहवा तर्फ जाने टिप्परहरु योगिकुटीमा रोकिएका छन भने भैरहवाबाट बुटवल तर्फ आउने टिप्परहरु अन्चलपुरमा रोकिएका छन ।

रुपन्देहीमा ३ वटा जन्तीबसलाई टिपरले ठक्कर दिँदा २ जनाको मृत्यु

बुटवल : तीन वटा जन्तीबसलाई टिपरले ठक्कर दिँदा रुपन्देहीमा दुई जनाको मृत्यु भएको छ। सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल(बेलहिया सडक खण्डको कोटिहवामा आइतबार दिउँसो भएको दुर्घटनामा परी ६ जना गम्भीर घाइते भएका छन्।दुर्घटनामा परी रुपन्देहीको तिलोत्तमा-१५ की १० वर्षिया सरस्वती हरीजन र ८ वर्षीया गंगा हरिजनको ज्यान गएको प्रहरीले जनाएको छ।

जन्ती बोकेर भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको लु १ ख ९६८५ नम्बरको बसलाई भैरहवा तर्फबाटै बुटवल आउँदै गरेको लु १ ख ६०६४ नम्बरको टिपरले पछाडिबाट ठक्कर दिएको थियो।

टिपरको ठक्करबाट उछिट्टिएको बसले जन्ती बोकेकै अर्को लु १ ख ५७८८ नम्बरको बसलाई ठक्कर दिएको र उक्त बस अनियन्त्रित भई लु २ च ७०७२ नं बलेरो जीपमा ठोक्किन पुगेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी टिपर चालकसहित ६ जना घाइते भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ। घाइतेमध्ये टिपर चालकको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज र अन्य ५ जनाको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचार भइरहेको छ।

टिपरको ठक्करबाट तीन वटा गाडी दुर्घटनामा परेपछि अहिले ट्राफिक प्रहरीले टिपरको आवतजावतलाई रोकेको छ। ट्राफिक प्रहरीका अनुसार बुटवलबाट भैरहवातर्फ जाने टिपर बुटवल र तिलोत्तमाको सीमाक्षेत्र योगीकुटीमा रोकिएका छन्। त्यस्तै भैरहवाबाट बुटवलतर्फ आउने टिपर सिद्धार्थनगर नगरपालिकाको अञ्चलपुरमा रोकिएका छन्।

ट्राफिक प्रहरीले आवतजावतमा रोक लगाएपछि अहिले सडकमा टिपरको लाइन लागेको छ।

कोरोना संक्रमणको ‘हटस्पट’ बनेको बाँकेमा भोलि रातिदेखि ‘लकडाउन’

बाँके : कोरोना संक्रमणको ‘हटस्पट’ बनेको बाँकेमा स्थानीय प्रशासनले जिल्लाव्यापी लकडाउन गर्ने निर्णय गरेको छ। प्रशासनले सोमबार राति १२ बजेदेखि लागू हुने गरी एक साताका लागि ९२० गते राति १२ बजेसम्म० लकडाउन गर्ने निर्णय गरेको हो।

आइतबार प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले आदेश जारी गर्दै अर्को आदेश नभएसम्मका लागि अत्यावश्यक कामबाहेक हिँडडुलसमेत गर्न निषेध गरिएको जानकारी गराएका छन्।

गत वैशाख ८ देखि नेपालगञ्ज उपमहानगरपालिकाभित्र मात्रै लकडाउन गरिएको थियो। जिल्लाभरि नै संक्रमणको दर बढेपछि प्रशासन यो निर्णयमा पुगेकको हो।

अत्यावश्यक कामका लागि प्रयोग हुने सवारीसाधनबाहेक, पसल, हाटबजार बन्द गरिएको प्रशासनले जनाएको छ।

स्वास्थ्य संस्था, शान्ति सुरक्षा, बिजुली, दुरसञ्चार, खानेपानी, फोहोरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य, दूध, औषधी पसल, एटिएम, सार्वजनिक निर्माण कार्य, पूर्वनिर्धारित परीक्षा र हवाई सेवा सञ्चालन हुनेछन्।

यस्तै, एम्बुलेन्स, शववाहन, दमकल, झन्डावाला सवारी, कूटनीतिक, लामो दूरीका सवारीसाधन, मालवाहक सामान, निर्माण व्यवसायका साधन, अनुमति प्राप्त सवारीसाधनहरू मात्रै गुड्नेछन्।

मास्क, भौतिक दुरीलगायत जनस्वास्थ्यको मापदण्ड पालना गरी उपभोग्य वस्तु बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र सञ्चालन गर्न पाइने प्रशासनले जनाएको छ।

एकैदिन तीन हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण

काठमाण्डौ : पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार एक सय २२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नौ हजार दुई सय ९२ जनाको पीसीआर परीक्षण गर्दा तीन हजार ३२ जना र सात सय ८६ जनाको एन्टिजेन परीक्षण गर्दा ९० जना गरी तीन हजार एक सय २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

आज कोरोना पुष्टि भएका सङ्क्रमितमध्ये एक हजार चार सय ९८ जना काठमाण्डौ उपत्यकाका रहेका छन् ।

बाणगंगाका हाटबजार वैशाख मसान्तसम्म बन्द, परीक्षा सकिएपछि विद्यालय पनि बन्द हुने

कोरोना संक्रमण नियन्त्रणको लागी बाणगंगा नगरपालिकाले २४ बुँदे निर्देशन जारी गरेको छ । संक्रमण नियन्त्रणको लागि भएको वृहत छलफल तथा नगरस्तरीय स्तरीय विपद् ब्यवस्थापन समितिको बैठकले वैशाख मसान्तसम्म हाट बजार बन्द गर्ने लगायतका २४ बुँदे निर्देशन जारी गरेको हो । विद्यालयको हकमा भने परीक्षा सकेर मात्र बन्द गरिने भएको छ । भोलिबाट नै यो निर्णय लागु हुने नगरपालिकाले जनाएको छ ।

बाणगंगामा आजबाट परीक्षा सुरु भएको अवस्था छ । तत्काल परीक्षा स्थगित गर्दा विद्यालय र बालबालिकाको पढाई प्रभावित हुने बताउँदै नगरले चाँडै परीक्षा सक्न समेत भनेको छ । परीक्षा संचालन गर्दा सामाजिक दुरी कायम गर्न र स्वास्थ्य मापदण्ड अपनाउन विद्यालयलहरुलाई निर्देशन दिइएको छ ।

हाट बजारसंगै पार्टी प्यालेस पनि बन्द हुने छन् भने होटलहरु राति ८ बजेपछि बन्द हुने छन् । यस्तै रंगशालामा खेलकुदका प्रतियोगिता पनि नगर्न अनुरोध गरिएको छ । २५ जनाभन्दा बढी हुने प्रकारका कार्यक्रम तथा सभा इत्यादि नगर्न नगरप्रमुख मंगलप्रसाद थारुले आग्रह गर्नु भएको छ । बैठकले कोरोना नियन्त्रणमा अन्य क्षेत्रमा सावधानी अपनाउन आग्रह गरेको छ । आवश्यक कामभन्दा बाहिर नजान, जानै परे स्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरिएको छ ।
यस्तै सवारीको हकमा चालक र यात्रुले अनिवार्य रुपमा मास्क लगाउनु पर्ने र सिट क्षमताभन्दा बढी राखेको पाइए तत्काल कारबाही गर्न पनि प्रशासनलाई आग्रह गरेको छ । नगरको गरेका निर्णय उलंघन गर्नेमाथि संक्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी कारबाही हुने नगरले जनाएको छ ।

रुपन्देहीमा १६ वटै स्थानिय तहका विद्यालय बन्द : यातायातमा जोर-बिजोर लागू

बुटवल : रुपन्देहीमा १६ वटै स्थानिय तहका विद्यालय बन्द हुने भएको छ। प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ र जिल्लाका सबै स्थानिय तहका प्रमुखबीच भएको छलफलले जिल्ला भरका विद्यालय तथा शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो ।

त्यसै गरि विद्यालयमा सञ्चालित परिक्षा पनि अर्को सूचना नभएसम्मको लागि स्थगित गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकिय अधिकृत जनक थापाले जानकारी दिए।

त्यसै गरी रुपन्देहीमा सञ्चालन हुने सवारी साधनमा जोर विजोर प्रणाली लागू हुने छ। बैशाख १४ गते मंगलबारदेखी जिल्ला भित्र चल्ने सार्वजनिक तथा निजी सवारी साधनमा जोरविजोर प्रणाली लागू हुने थापाले बताए।

खाना पकाउने ग्यासको खाली सिलिण्डर भरेर राख्न आग्रह

काठमाडौं : नेपाल एलपी ग्यास उद्योग संघले डिलर र उपभोक्तालाई खाना पकाउने ग्यासको खाली सिलिण्डर भरेर राख्न आग्रह गरेको छ । एलपी ग्यास आयात हुने मुलुक भारतमा कोभिड माहामारी बढेका कारण त्यसबाट पर्ने असर कम गर्न तत्काललाई खाली सिलिण्डर भरेर राख्न आग्रह गरिएको संघले एक सूचनामार्फत जनाएको छ ।

गत वर्ष ग्यास भर्न एकै पटक उपभोक्ताहरु लाइन लाग्दा आपूर्तिमा चाप परेकाले यस वर्ष त्यस्तो नहोस् भनेर सूचना जारी गरिएको संघका अध्यक्ष गोकुल भण्डारीले बताए ।

ग्यासको आपूर्ति व्यवस्था बिग्रिन नदिन र आपूर्तिलाई चुस्त बनाउन निगमले संघलाई पत्राचार गरेको पनि उनले बताए । भारतबाट नियमित रुपमा ग्यासको आपूर्ति भइरहेको र अहिले सहज भएकै अवस्थामा खाली सिलिण्डर भरेर भण्डारण गर्दा पछि समस्या नआउने अध्यक्ष भण्डारीको भनाइ छ ।

सरकारले तत्काल देशभर लकडाउन गर्दैन- परराष्ट्रमन्त्री ज्ञवाली

काठमाण्डौ : सरकारले तत्काल नै देशव्यापी लकडाउन नगर्ने बताएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी सदस्यको बैठकपछि प्रतिक्रिया दिँदै परराष्ट्र मन्त्री एवम् सरकार प्रवक्ता प्रदीप ज्ञवालीले अहिले नै लकडाउन नगर्ने बताउनुभएको हो ।

मन्त्री ज्ञवालीले कोरोनाको सङ्क्रमण बढेका ठाउँमा लकडाउन हुने तर देशव्यापी लकडाउन गर्ने पक्षमा सरकार नभएको बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘तत्काल देशव्यापी लकडाउन चाहिँ हामी गर्दैनौँ, सबै नागरिकलाई स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्न हाम्रो आग्रह छ । लकडाउनले एकछिनलाई कोभिडको चेन ब्रेक हुन्छ तर त्यो अन्तिम समाधान होइन ।’

भर्खर भर्खर अर्थतन्त्र तङ्ग्रिन थालेको अवस्थामा सकभर अर्थतन्त्रमा, नागरिकको जीविकामा प्रतिकूल असर नपुगोस् भन्ने सरकारको चाहना रहेको उहाँले बताउनुभयो । ‘हटस्पट ठाउँहरूमा लकडाउन हुन सक्छ तर त्यो स्थानीयस्तरमा मात्रै देशव्यापी लकडाउन चाहिँ सरकारले गर्दैन ।’

साथै बैठकले कोरोना महामारीविरुद्धको लडाइँमा एकढिक्का भएर परिचालित हुन मातहतका कमिटीलाई निर्देशन दिएको छ । आयोजक कमिटी सदस्यको बैठकले पालिका र जिल्लामा रहेका समितिसँग सहकार्य गरेर पार्टी पङ्क्तिलाई परिचालित हुने निर्देशन दिएको परराष्ट्र मन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।

मापसे गरेका चालकले गराए अस्पतालको गाडी दुर्घटना

धरान : जिल्ला अस्पताल खोटाङका प्रमुख मेसु डा। बैभव मल्लिकको चरम लापरवाहीका कारण जिल्ला अस्पताल खोटाङको सरकारी गाडी शनिबार राति दुर्घटनामा परेको छ। अस्पतालको कामले विराटनगर आएको जिल्ला अस्पतालको प्रदेश १–०४०००१ झ ००१३ नम्बरको गाडी शनिबार बिदाको दिन राति सुनसरीको इटहरी स्थित हलगडामा दुर्घटनामा परेको छ।

अत्याधिक मादक पदार्थ सेवन गरेका चालक एकराज ढकालले जिल्ला अस्पताल खोटाङको गाडी दुर्घटना गराएको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख डिएसपी अर्जुन केसीले बताएका छन्। मापसे गरी अस्पतालको गाडी चलाएका चालक ढकालले गुडिरहेको मोटरसाइकललाई ठक्कर दिएका थिए। दुर्घटनामा परी मोटरसाइकलमा सवार इटहरी ४ बस्ने वीरबहादुर कार्की र अनुप भण्डारी गम्भीर घाइते भएका छन्। उनीहरुको वीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान धरानमा उपचार भैरहेको छ।

सरकारी गाडी दुर्घटना गराएका अस्पतालका चालक एकराज ढकाल र जिल्ला समन्वय सकिमति खोटाङका चालक सन्तोष ढकालले घटनास्थलमा ट्राफिक प्रहरी र स्थानियवासिन्दालाई दुर्व्यवहार गरेको बताए। धरानतर्फबाट मादक पदार्थ सेवन गरी चालक एकराज ढकालले सडकमा गुडिरहेको मोटरसाइकललाई ठक्कर दिएर गाडी दुर्घटना गराएको डिएसपी केसीले बताए।

दुर्घटनापश्चात प्रहरीले दुबैजनालाई पक्राउ गरी हिरासतमा राखेको छ। अस्पतालको गाडी इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ। गाडी दुर्घटना गराउने चालक एकराज ढकाल विरुद्ध सवारी ऐन अनुसार मुद्धा दर्ता गरी आवश्यक कारवाही अगाडि बढाइने डिएसपी केसीले जानकरी दिएका छन्। अस्पतालको गाडीबाट मादक पदार्थ समेत बरामत गरिएको उनले जानकारी दिएका छन्।

अस्पतालका प्रमुख डा। मल्लिकले शनिबार चालकले गाडी आफूखुसी लगेर दुर्घटना गराएको बताए। उनले शनिबार चालकलाई गाडी दिनु गल्ती भएको बताए।

तिलोत्तमा नगरपालिकाका सम्पूर्ण शैक्षिक संस्था बन्द

बुटवल : विद्यालयको छात्रावासमा बसेकी एक छात्राको शनिबार मृत्यु भएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आइतबारदेखि नगरका सम्पूर्ण शैक्षिक संस्था बन्द गरेको छ। यसअघि वैशाख २० गतेभित्र वार्षिक परीक्षा लिइसक्न नगरपालिकाले सबै शैक्षिक संस्थालाई निर्देशन दिएको थियो।

आइतबार बसेको नगरस्तरीय कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठकले अर्को निर्णय नआउँदासम्म शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो।

पछिल्ला केही दिनयता कोभिड-१९ को संक्रमण बढ्दो अवस्थामा रहेको र संक्रमणले थप जटिलता ल्याउन सक्ने भन्दै नगरभित्रका सम्पूर्ण विद्यालय, कलेज, होस्टल, ट्युसन सेन्टर, तालिम सेन्टर अर्को निर्णय नहुँदासम्मको लागि पूर्णतः बन्द गर्नुका साथै सबै प्रकारका परीक्षासमेत तत्काल स्थगित गर्ने निर्णय गरेको नगरपालिकाका शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले जानकारी दिए।

नगर प्रमुख एवं सिसिएमसी संयोजक बासुदेव घिमिरेको अध्यक्षतामा बसेको बैठकले तिलोत्तमा १, नयाँमिल स्थित प्यारामाउन्ट बोर्डिङ स्कुलको होस्टलमा बसेर अध्ययन गर्ने छात्राको निधनप्रति दुःख व्यक्त गर्दै सो घटनाको विषयमा तीन दिनभित्र प्रतिवेदन पेश गर्नेगरी छानबिन समिति गठन गरेको छ।

शिक्षा शाखा प्रमुख उप-सचिव गंगाराम आचार्यको संयोजकत्वमा गठित समितिमा नगरपालिका शिक्षा समिति सदस्य टंकप्रसाद पौडेल, प्याब्सन तिलोत्तमा अध्यक्ष डिबी थापा, अभिभावक संघ तिलोत्तमाका अध्यक्ष नारायण ज्ञवाली र नगरपालिका कोरोना फोकल पर्सन केशव भट्टराई रहेका छन्।

कोरोनासँग मिल्दो लक्षणसहित स्वास्थ्य समस्यापछि छात्राको मृत्यु भएको थियो। मृत्युपछि कोरोना परिक्षणको लागि आइतबार नै स्वाब संकलन गरिएको भए पनि अहिलेसम्म रिपोर्ट आइनपुगेको आचार्यले जानकारी दिए।

उक्त घटनापछि विद्यालयमा केही व्यक्ति गई तोडफोडसमेत गरेका थिए। साथै, बैठकले सम्पूर्ण हाटबजार अर्को निर्णय नहुँदासम्मको लागि बन्द गर्ने निर्णय गरेको छ। त्यस्तै मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका धार्मिक स्थानमा मानिसको जमघट हुनेगरी कुनै पनि कार्यक्रम नगर्न आग्रह गरेको छ।

कोरोनाविरूद्धको अभियानमा जुट्न एमालेको निर्देशन

काठमाडौं : नेकपा एमालेले मातहतका कमिटीलाई कोरोनाविरूद्ध अभियानमा जुट्न निर्देशन दिएको छ। आज बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटी बैठकले एक ढिक्का भएर मातहत कमिटी कोरोनाविरूद्ध परिचालित हुन निर्देशन दिएको हो।

एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जिल्ला र स्थानीय तहहरूसँग समन्वय गरी कोरोनाविरूद्ध परिचालित हुन भनिएको बताए।

हेल्प डेस्क, क्वारेन्टिनहरू व्यवस्थापनलगायत काममा मातहत कमिटीलाई परिचालन गर्ने एमालेले निर्णय गरेको हो।

कोरोनाबाट संविधानसभा सदस्य सिद्दिकीको निधन

कोरोना भाइरसको संक्रमणबाट संविधानसभा सदस्य मोहम्मद सिद्दिकीको निधन भएको छ । बाँकेको नेपालगञ्ज- ३ निवासी संविधानसभा सदस्य सिद्दिकीको शनिबार उपचारका क्रममा निधन भएको हो ।

कोरोना संक्रमण भएपछि केही दिनदेखि उनको भेरी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनको उपचारका क्रममा शनिबार निधन भएको नेपाली कांग्रेस बाँकेले जनाएको छ ।

उनी २०३६ सालदेखि प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रहँदै आएकी थिइन् । मुश्लिम महिलाहरूको हकअधिकारका लागि संघर्ष गरेकी उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमै चर्चा कमाएकी थिइन् । भारतबाट अङ्ग्रेजी साहित्यमा स्नातक गरेकी सिद्दिकी दुई छोरा र एक छोरीकी आमा छन् ।

कोरोनाबाट बच्न स्वास्थ्य मापदण्ड पालना गर्न उद्योग वाणिज्य संघको अनुरोध

हरि घिमिरे  बैशाख ११
विश्वव्यापि महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) बाट बच्नका लागि अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पालना गर्न कपिलवस्तु उद्योग वाणिज्य संघले अनुरोध गरेको छ । यस संक्रमणको अवस्थामा धेरै मानिसहरु जम्मा हुने स्थानहरु व्यवसायी एवम् सर्वसाधारणहरुले अपनाउनु पर्ने कुराहरु जस्तै धेरै मानिस जम्मा हुने स्थानहरु, भिडभाडमा नजान,सामाजिक दुरी कायम गर्न, नियमित रुपमा साबुन पानीले हात धुन मेला, महोत्सव, जात्रा, पर्व, विवाह, धार्मिक अनुष्ठान, मलामी लगायतका अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरु संचालन गर्दा २५ जना भन्दा बढी सहभागी नहुन र हुनु परेमा ३ मिटरको दुरी अनिवार्य कायम गर्न संघले सबैलाई अनुरोध गरेको छ ।                              कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरे र महा सचिव मनोज पौडेलद्धारा संयुक्त रुपमा जारी बिज्ञप्तिमा सार्वजनिक निकाय, पसल, व्यवसाय तथा अन्य सार्वजनिक स्थलहरुमा सेनिटाइजर र माक्स लगाएर मात्र प्रवेश गर्ने, होटल तथा रेष्टुरेन्टहरुले जनस्वास्थ्यका मापदण्ड पालन गर्ने गरी सेवा प्रवाह गर्न र गराउन अनुरोध गरिएको छ । विज्ञप्तिमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहरको संक्रमणको उच्च जोखिममा नेपाल समेत रहेकोले सरकारले यसको जोखिमबाट बच्न विशेष अनुरोध गर्दै आएकोले छ। स्वास्थ्यप्रतिको सचेतनामा बाणगंगा नगर क्षेत्र भित्रका जो कोहि पनि  छिमेकी राष्ट्रको सिमा क्षेत्रका बजारहरुमा किनमेल गर्न जाँदा कोभिड–१९ को जोखिम अझै बढ्ने हुँदा किनमेलका लागि सीमा क्षेत्रमा नजान सर्वसाधारणलाई सचेत गराईएको छ । संक्रमणबाट बच्न सरसफाइमा विशेष ध्यान दिन तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी हुने सूचनाहरु पूर्ण रुपमा पालना गर्न आफू सुरक्षित रहे मात्र अरुलाई सुरक्षित राख्न सकिन्छ भन्ने आशयका साथ सुरक्षा विधि अपनाउनु हुन सम्पूर्णमा विज्ञप्ति मार्फत अपिल गरिएको हो ।

रुपन्देहीमा छात्रावासमा बस्दै आएकी छात्राको मृत्यु, विद्यालय घेराउ गर्दै नाराबाजी

बुटवल : रुपन्देहीको एक निजी विद्यालयको छात्रावासमा बस्दै आएकी एक छात्राको उपचारका क्रममा मृत्यु भएको छ । तिलोत्तमाको नयाँमिलस्थित प्यारामाउन्ट बोर्डिङ स्कुलमा कक्षा १० मा अध्ययनरत १५ वर्षीया प्रतिमा सापकोटाको मृत्यु भएको हो ।

ज्वरो र पेट दुख्ने समस्या देखिएकी उनलाई शनिबार परिवारका सदस्यले मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारका लागि लगेका थिए । तर अस्पताल पुर्‍याएलगत्तै उनको मृत्यु भयो ।

मृतकका दाजु प्रकाश सापकोटाले बहिनीलाई दुई दिनदेखि ज्वरो आएपनि समयमै उपचार नगराउँदा मृत्यु भएको दाबी गरे । ‘हामीलाई कोभिड–१९ संक्रमणकै कारण मृत्यु भएको शंका छ,’ प्रकाशले भने ।

छात्राको मृत्युपछि विद्यालयले होस्टेलमा रहेका विद्यार्थीहरुको पीसीआर परीक्षणका लागि स्वाब संकलन गराएको छ । तर रिपोर्ट आइनसकेको विद्यालयका सहायक प्रिन्सिपल एलडी किराँतले बताए । उनका अनुसार छात्रावासमा प्रतिमासँगै ५० जनाभन्दा बढी विद्यार्थी थिए ।

प्रतिमाको मृत्युपछि केही विद्यार्थी र अभिभावकले विद्यालय घेराउ गर्दै नाराबाजीसमेत गरेका थिए ।

नेपाल सुपर लिग : काठमाडौंको विजयी सुरुवात

काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) मा काठमाडौं रेजर्सले विजयी सुरुवात गरेको छ। शनिबार भएको उद्घाटन खेलमा काठमाडौंले ललितपुर सिटी एफसीलाई १-० गोलले हराउँदै विजयी सुरुवात गरेको हो।

दशरथ रंगशालामा भएको खेलमा काठमाडौंको जितमा मेसौके ओलुमोउले निर्णायक गोल गरे।

उनले खेलको ६६ मिनेटमा गोल गरेका थिए। एनएसएलमा विराटनगर सिटी एफसी, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसीले प्रतिस्पर्धा गर्दैछन्।

वैशाख ११ देखि २५ गतेसम्म हुने प्रतियोगिताका सबै खेल दशरथ रंगशालामा हुनेछन्। प्रतियोगिता सिंगल राउन्ड रोबिनको आधारमा संचालन हुनेछ।

प्रतियोगिताको विजेतालाई ३५ लाख रुपैयाँ प्रदान गरिनेछ भने उपविजेताले १५ लाख प्राप्त गर्नेछ। चार पोजिसनका उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई १-१ लाख रुपैयाँ प्रदान गरिनेछ। एक जना इमर्जिङ खेलाडीलाई पनि पुरस्कार दिने आयोजकको भनाइ छ।

कुशल भुर्तेल त्रिकोणात्मक सिरिजका सर्वोत्कृष्ट खेलाडी घोषित

काठमाडौं : नेपालका ओपनर कुशल भुर्तेल त्रिकोणात्मक टी-२० सिरिजको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। पाँच खेलमा चार अर्धशतक प्रहार गरेका कुशलले पल्सर एनएस २०० प्राप्त गरे। प्रतियोगितामार्फत टी-२० मा डेब्यू गरेका उनले पाँच खेलमा चार अर्धशतक प्रहार गरे।

उनले फाइनलमा ७७ रन बनाए। त्यसअघि समूह चरणमा उनले लगातार तीन अर्धशतक प्रहार गरेका थिए।

उनी प्रतियोगिताको सर्वाधिक रन प्रहार गर्ने खेलाडीको सूचीमा पहिलो स्थानमा रहे। उनले पाँच खेलमा कुल २७८ रन हाने।

उनी डेब्यूमा लगातार तीन अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी हुन्। त्रिकोणात्मक सिरिजमा नेपालले शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेदरल्यान्ड्सलाई हराउँदै उपाधि जितेको थियो। सिरिजमा नेपाल र नेदरल्यान्ड्ससँगै मलेसियाले पनि भाग लिएको थियो।

बाख्रा फर्ममा आगो लाग्दा ३२ वटा बाख्रा जले

हेटौँडा : मकवानपुरगढी गाँउपालिका वडा नम्बर १ स्थित पिङडाँडाको एक बाख्रा फर्ममा आगो लाग्दा ३२ वटा बाख्रा जलेका भएका छन्। मकवानपुरगढी गाँउपालिकामा रहेको अमृत बहुउद्देश्य पशु तथा कृषि फर्ममा शुक्रवार राति आगलागी हुँदा खोरमा रहेका ३२ वटा बाख्रा मरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

गए राति करिब साढे ९ बजे एक्कासी बाख्रा फर्ममा आगलागी हुँदा फर्मसँगैको घरमा रहेको नगद ३ लाख ३७ हजार रुपैयाँ बराबरको दुई तोला सुन, ५ तोला चाँदीसहित घरायसी मालसमान जलेर नष्ट भएको फर्मकी सञ्चालक लक्ष्मी घिमिरेको भनाइ छ।

उद्यमीका जायज सुझाब बजेटमार्फत कार्यान्वयन हुन्छ- अर्थमन्त्री पौडेल

काठमाडौं : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले युवा उद्यमीका जायज सुझाबहरूलाई बजेटमार्फत कार्यान्वयनमा लैजाने बताएका छन् ।आगामी बजेटको सन्दर्भमा युवा उद्यमीहरूसँग सुझाब लिन काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले युवा उद्यमीहरूका सम्भव र जायज सुझाबहरूलाई कार्यान्वयनमा लैजाने बताएका हुन् ।

तर, के सम्भव र के जायज हुन् भन्ने कुरा बजेटको पूर्वसन्ध्यामा रहेको अर्थमन्त्रीले बोल्न नमिल्ने पनि बताए । छलफलमा युवा उद्यमीहरूले राखेको सुझाबमा धेरै महत्वपूर्ण अन्तरतत्व अन्तर्निहित रहेको छ भन्ने ठानेको बताए । अहिलेको परिस्थितिमा औसत गतिमा हिँडेर नहुनेमा आफू स्पष्ट रहेको बताए ।

कोभिडको सामना मुलुकले गरिरहेको र यसबाट केही शिक्षा पाएकाले नयाँ ढंगले बजेट निर्माण हुने जानकारी दिए । अर्थतन्त्रको पुनरूत्थानको कुरा र उन्नति–प्रगति मात्रै गरेर नपुग्ने भएकाले अब नीतिगत हस्तक्षेप आवश्यक रहेको पनि प्रस्ट पारे ।

कार्यक्रममा युवा उद्यमीहरूले भन्सारमा न्यून बिजकीकरण, एग्रो प्रशिक्षण जोन, उद्योगको लाइफ, लगानी, बैंक फाइनान्स, बिजुलीको डिमान्ड शुल्क, निर्यातमा भएका समस्या, स्टिल उद्योगका समस्याहरूको विषय, स्टार्टअप पोलिसीलगायतका विषयमा सुझाब दिएका छन् ।

त्यसबाहेक चलचित्र क्षेत्रका समस्या, सेयर बजारको आवश्यकता, युवा उद्यमीलाई प्रोत्साहित हुने गरी कर निर्धारण गर्नुपर्ने, जलविद्युत परियोजनाहरूको क्षमता बढाउनेलगायतका विषयमा समेत उद्यमीहरूले सुझाब दिए ।

लुम्बिनी प्रदेश : मन्त्री पाण्डेलाई आफ्नै पार्टीका नेता–कार्यकर्ताले देखाए कालो झण्डा

बुटवल : लुम्बिनी प्रदेश सरकारको भौतिक पुर्वाधार विकासमन्त्री सन्तोष पाण्डेलाई आफ्नै पार्टीका नेता–कार्यकर्ताले कालो झण्डा देखाएका छन् । सरकारविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको दुई घण्टामै पार्टीलाई झुक्याएर मन्त्री बनेको भन्दै मन्त्री पाण्डेलाई शुक्रबार आफ्नै पार्टीका नेता कार्यकर्ताले कालो झण्डा देखाएका हुन् ।

रुपन्देहीको मर्चवारमा आयोजित कार्यक्रममा जाने क्रममा मन्त्री पाण्डेलाई मर्यादपुर, मझगावा र गोनहिया लगायतका स्थानमा जनता समाजवादी पार्टीका नेता कार्यकर्ता कालो झण्डा देखाएका थिए । त्यस्तै सडकमा उनीविरुद्ध टायर बालेर तथा कालो झण्डा देखाएर विरोधसमेत जनाइएको हो ।

जसपा रुपन्देहीका अध्यक्ष रामअवतार यादव, पुर्व सांसद ओमप्रकाश यादव, केन्द्रीय परिषद् सदस्य रुपा मल्ल, केन्द्रीय सदस्य उमाशंकर यादव, रेनु सिंह, चन्द्रभूषण यादव, अमरजित यादव, सुनिल जैसवाल लगायतका नेता कार्यकर्ताले मन्त्री पाण्डेलाई पदलोलुप, व्यक्तिवादी, अनैतिक र धोकेबाज भन्दै चर्का नाराबाजी गरेका थिए । उनीहरुले मन्त्रीको बाटो छेक्ने प्रयास गरेपनि प्रहरीले बल प्रयोग गरेर मन्त्रीलाई गन्तव्य तर्फ पुर्‍याएको थियो ।

पार्टी निर्णय, संसदीय दलको निर्णय तथा ह्वीप उल्लंघन गर्दै पार्टीलाई झुक्काएर पाण्डे मन्त्री बनेकाले उनको विरोध गरिएको र उनका सार्वजनिक कार्यक्रम बहिस्कार गरिने जसपा रुपन्देही अध्यक्ष रामअवतार यादवले बताए ।

सरकारविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको दुई घण्टामै पार्टीलाई झुक्याएर अराजनीतिक र अनैतिक हिसाबले मन्त्री बनेको उनको आरोप छ ।

एकैदिन कोरोना संक्रमणबाट १४ को मृत्यु, थपिए २ हजार ६ सय १८ संक्रमित

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप दुई हजार ६ सय १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। शनिबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ७ हजार ५ सय २५ नमूनाको पिसिआर परीक्षण र ११४३ जनाको एन्टिजेन परीक्षण भएको थियो।

त्यसमध्ये पिसिआर विधिबाट २ हजार ४ सय ८६ जना र एन्टिजेन विधिबाट ११३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।

काठमाडौं उपत्यकामा भक्तपुरमा ८७, ललितपुरमा १४१ र काठमाडौंमा ६४४ जना संक्रमित थपिएका छन्।

यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ९७ हजार ८७ पुगेको छ। गत २४ घण्टामा ३६८ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७७ हजार १२३ पुगेको मन्त्रालयले जनाएको छ।

कोरोनाबाट निको हुनेको दर ९३.३ प्रतिशत छ। पछिल्लो २४ घण्टामा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३१३६ पुगेको छ।

शानदार जितसँगै त्रिकोणात्मक टी-२० सिरिजको उपाधि नेपाललाई

काठमाडौं : नेरदल्याण्ड्समाथि १४३ रनको शानदार जितसँगै नेपालले त्रिकोणात्मक टी-२० सिरिजको उपाधि जितेको छ ।नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याएको डच टोलीले सबै विकेट गुमाएर ९६ रन मात्र बनाउन सक्यो । त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले दुई कुशल (कुशल भुर्तेल र कुशल मल्ल) र उपकप्तान दिपेन्द्र सिंह ऐरीको शानदार ब्याटिङ मद्दतमा २० ओभरमा ३ विकेट गुमाएर २३८ रन बनाएको थियो ।

यो टी–२० अन्तर्राष्ट्रियमा नेपालको उच्च स्कोर हो । यसअघि नेपालले यही सिरिजमा दुई पटक २०० रन कटाएको थियो भने १३औं सागमा भुटानविरुद्ध २३६ रन बनाएको थियो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ७७ रन बनाए । ५५ बलको सामना गरेका उनले आठ चौका र तीन छक्का प्रहार गरे । कुशल मल्लले अविजित ५० रन बनाउँदा उपकप्तान दीपेन्द्र सिंह ऐरी ४८ रनमा नटआउट रहे ।

कुशल र दीपेन्द्रले चौथो विकेटका लागि अविजित ७७ रनको साझेदारी गरे । २० बलमा ५० बल बनाएका कुलशको टी–२० अन्तर्राष्ट्रियमा यो पहिलो अर्धशक हो । १८ बलमा ४८ रन बनाएका दीपेन्द्र भने अर्धशतक बनाउन दुई रनले चुके ।

कप्तान ज्ञानेन्द्र मल्लले १९ बलमा ३३ र आसिफ शेखले ८ बलमा १६ रन जोडे ।

कपिलवस्तुमा ‘तपाईंको मास्क खोई ?’ अभियान सुरु

कपिलवस्तु : तीब्र गतिमा वढ्दै गईरहेको कोरोना संक्रमण रोकथामको लागि कपिलवस्तु प्रहरीले ‘तपाईंको मास्क खोई ?’ अभियान सुरु गरेको छ । ‘तपाईको मास्क खै भन्दै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी सडकमा उत्रिएका छन् ।

कपिलवस्तु प्रहरीले जिल्लाको विभिन्न ठाउँहरूमा प्लेकार्ड सहितको ¥याली आयोजना गरी सन्देशमुलक सूचना प्रवाह गरिरहेकोे जिल्ला प्रहरी कार्याल्य कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताउनुभयो ।

जिल्लाको निर्देशन अनुसार मास्क नलगाइ हिड्ने व्यक्तिलाई ‘तपाईंकोे मास्क खोई ?’ भन्दै मास्क समेत वितरण गरिएको छ । भौतिक दुरी कायम राख्नुका साथै घर बाहिर निस्किदा मास्कको प्रयोग गरी आफु र आफ्नो परिवारलाई सुरक्षित गराउन कपिलवस्तु प्रहरीले अनुरोध गरेका छन् ।

बाँकेमा एकैदिन ७ कोरोना सङ्क्रमितको मृत्यु

बाँके : बाँकेमा कोरोना सङ्क्रमणका कारण बितेको २४ घण्टामा सात बिरामीको उपचारको क्रममा मृत्यु भएको छ । आज बिहानै नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी ६१ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

कोरोना सङ्क्रमण पुष्टि भएपछि वैशाख ८ गते भेरी अस्पतालको कोभिड आइसोलेसनमा भर्ना भएका उनको स्वास्थ्यमा सुधार नआएपछि शनिबारअर्थात् आज बिहान १ः२१ बजे मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र स्रोत व्यक्ति तेज वलीले जानकारी दिए । उनका अनुसार, बितेको २४ घण्टामा बाँकेमा उपचाररत सात जना सङ्क्रमितको मृत्यु भएको छ । जानकी गाउँपालिका–१ बाँके निवासी ७१ वर्षीय महिला, बैजनाथ गाउँपालिका–६ बाँके निवासी २८ वर्षीय पुरुष र वनगाड कुपिण्डे नगरपालिका–३ सल्यान निवासी ५६ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भएको हो भने राजापुर नगरपालिका–९ बर्दिया निवासी ४२ वर्षीय पुरुष र बैजनाथ गाउँपालिका–२ निवासी ६५ वर्षीय पुरुषको दिउँसो मृत्यु भएको हो ।

यसैगरी भेरी अस्पताल नेपालगञ्जमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–८ त्रिभुवनचोक निवासी ३५ वर्षीय पुरुषको शुक्रबार राति मृत्यु भएको स्रोत व्यक्ति वलीले बताए । योसँगै कोरोना सङ्क्रमणका कारण बाँकेमा हालसम्म ज्यान गुमाउनेको सङ्ख्या ७६ पुगेको छ । भेरी अस्पतालमा गरिएको पिसिआर परीक्षणमा आज थप २५० मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २६९ जनाको नमूना स्वाब परीक्षण गर्दा २५० जनामा भाइरस पुष्टि भएको छ ।

तुलसीपुरः दाङमा थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । कोरोना विशेष अस्पताल घोराहीमा उपचाररत घोराही उपमहानगरपालिका–१५ निवासी ६२ वर्षीय पुरुषको मृत्यु भएको हो । उनको शुक्रबार राति ११ बजेतिर मृत्यु भएको कोरोना विशेष अस्पताल बेलझुण्डीका व्यवस्थापक दोर्ण वलीले जानकारी दिए ।

उनलाई वैशाख १ गतेदेखि आइसियु कक्षमा राखेर उपचार गरिएको थियो । उनमा निमोनियासमेत थियो । योसँगै कोरोना अस्पताल बेल्झुण्डीमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ ।

कुशल भुर्तेलले बनाए चौथो अर्धशतक

काठमाडौं : नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा चौथो अर्धशतक प्रहार गरेका छन् । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत अहिले भइरहेको नेदरल्याण्ड्सविरुद्धको फाइनलमा भुर्तेलले अर्धशतक बनाएपछि उनको अर्धशतक संख्या चार पुगेको हो ।

१३औं ओभरको चौथो बलमा छक्का प्रहार गर्दै उनले अर्धशतक पूरा गरे । नेपालका लागि उनी सर्वाधिक अर्धशतक प्रहार पारस खड्कासँगै शीर्ष स्थानमा छन् । पारसले १ शतक र ४ अर्धशतक प्रहार गरेका छन् ।

यही सिरिजमार्फत टी–२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका उनले एउटै सिरिजमा चार अर्धशतक प्रहार गरेका हुन् ।

यसअघि उद्घाटन खेलमै नेदरल्याण्ड्सविरुद्ध ६२ रन प्रहार गरेका उनले दोस्रो खेलमा मलेसियाविरुद्ध अविजित ६१ रन बनाएका थिए । त्यसपछि नेदरल्याण्ड्सविरुद्धको खेलमा उनले ६२ रन नै बनाए भने लिगको अन्तिम खेलमा मलेसियाविरुद्ध १६ रन बनाएर आउट भएका थिए ।

कांग्रेस केन्द्रीय कार्यसमिती बैठक वैशाख १३ गते

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही वैशाख १३ गते दिउँसो २ बजे बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा मुलुकको समसामयिक राजनीति र पार्टीको १४ औँ महाधिवेशनलगायत विषयमा छलफल हुने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेसले पार्टीको १४औँ महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने तालिका निर्धारण गरेको छ । महाधिवेशनका लागि पार्टीको गाउँरनगर वडा अधिवेशन आगामी असार २० गते, गाउँ÷नगरपालिका अधिवेशन असार २२ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असार २५ गते निर्धारण गरिएको छ ।

त्यस्तै प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनरएकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असार २७ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असार ३० गते र प्रदेश अधिवेशन आगामी आगामी साउन ६ गते तोकिएको कांग्रेसले जनाएको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती नर्भिक अस्पताल भर्ना

काठमाडौं : भारतको हरिद्वारबाट केही दिनअघि फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती अस्पताल भर्ना हुनुभएको छ । शाह दम्पती दुबैमा कोभिड–संक्रमण पुष्टि भए पछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएकागरिएको हो ।

पूर्वराजाका संवाद सचिव फणि पाठकका अनुसार पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल शनिबार दिउँसो नर्भिकमा भर्ना गरिएको छ ।

भारतको हरिद्वार भ्रमणबाट फर्किएपछि कोरोना परीक्षण गर्दा बैशाख ७ गते पूर्वराजा दम्पतीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

लोकतन्त्रलाई कमजोर पार्न खोज्ने शक्तिहरु कमजोर हुदै- प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई कमजोर पार्न खोज्ने शक्तिहरु कमजोर हुदै गएको बताएका छन् । शनिबार पुनर्निर्मित ऐतिहासिक धरहराको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रलाई कमजोर बनाउन प्रयास गर्ने सबै शक्तिहरु कमजोर हुदै गएको बताएका हुन् ।

नयाँ शासकीय व्यवस्थासँगै लोकतन्त्र सुदृढ हुदै गएको र लोकतन्त्रलाई कमजोर पार्न खोज्नेहरु दक्षिणपन्थी प्रतिक्रियावादी शक्तिहहरु कमजोर हुदै गएको बताए । उनले भने ‘लोकतन्त्र सुदृढ हुँदै गएको छ । लोकतन्त्रलाई कमजोर पार्न खोज्नेहरु दक्षिणपन्थी प्रतिक्रियावादी शक्तिहहरु कमजोर हुँदै गएका छन् । विभिन्न प्रकारले देश, जनता , विकास, सम्मृद्धि र जनताको सुखसँग मतलब नभएका स्वार्थमा तल्लिन तत्वहरु छटपटाइरहेका छन् ।’

धरहरा निर्माण हुनु सबै नेपालीका लागि खुसीको क्षण भएको भन्दै उनले आ आफ्ना घरमा साँझ दिपावली गर्न सबैलाई आव्हान गरे । पुर्ननिर्माणका काममा कोभिडले केही असर गरेपनि आवश्यक सर्तकता अपनाउदै सरकारले विकास निर्माणका कामलाई निरन्तरता दिइएको र निरन्तर प्रयासले नै धरहराको पुनर्निमाण सम्पन्न भएको उनको तर्क थियो ।
उनले भुकम्पको समयमा धरहरा भत्किएर जीवन गुमाएका सदस्यको परिवारलाई धरहराको संरचना भित्र कामगर्न पाउने गरि प्रतिपरिवार एक जनाका दरले रोजगारी उपलब्ध गराउन पनि आग्रह गरे ।

वर्तमान सरकारले सम्मृद्ध नेपाल सुखी नेपाली बनाउने राष्ट्रिय अभियान अन्र्तगत कोहि पनि भोकै नरहने गरि नेपाललाई विकसित राष्ट्र बनाउने प्रतिवद्धता जनाए । उनले धरहरा निर्माणले नेपालीले चाहे सबै गर्न सक्छन् भन्ने सन्देश पनि दिएको उल्लेख गर्दै अब राष्ट्रलाई सम्पन्न र दाता राष्ट्रको रुपमा उभ्याउनुपर्ने आवश्यकता औंल्याए ।

उनले भने ‘देश हामीले बनाउने हो र हामी बनाउन सक्छौ । नेपाली जाती भिख माग्ने होइन दाता जाती हो र यसलाई दाताको हैसियतमा उठाउनुपर्छ । हामीले हाम्रो राष्ट्रलाई सम्पन्न र दाता राष्ट्रको रुपमा उभ्याउनुपर्छ ।’ आफुलाई आवश्यक पर्ने वस्तुहरुको उत्पादन आफैले गर्नुपर्ने र आयातमुखी नभई उत्पादनमुखी बन्नुपर्र्नै उल्लेख गर्दै उनले त्यही बाटोमा सरकार अघि बढेको बताए ।

सरकारले २०७८ सालभित्र काठमाडौंको सडकबाट मगन्ते, भिखारी र सडकबालबालिका मुक्तको अवस्थामा पुर्याउने दोहोर्याए । उनले तीन सय ९६ वटा अस्पताल निर्माण सुरु गरिएको, मेलम्चीको पानी काठमाडौं आएको, तराईमा सिंचाईका काम लगायत विकास निर्माणका कामहरु भईरहेको बताए ।

धरहरामा ज्यान गुमाउने परिवारका एक सदस्यलाई रोजगारी- प्रधानमन्त्री ओली

काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरासँग सम्बन्धित दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई रोजगारी दिने बताउनु भएको छ ।

धरहराको उद्घाटनपछि भएको कार्यक्रममा उहाँले धरहरा ढल्दा केही व्यक्तिले ज्यान गुमाएको भन्दै उनीहरुको परिवारका एक सदस्यलाई प्राथमिकताका आधारमा धरहरामा नै रोजगारी दिने बताउनु भएको हो । धरहरामा बन्दै गरेको बगैँचा, पार्किङ लगायतमा कामदार आवश्यक पर्ने र त्यसमा पीडित परिवारलाई प्राथमिकतामा राखेर रोजगारी दिइने उहाँको भनाइ छ ।

यस्तै, उहाँले कोही पनि भोकै नपर्ने गरी सरकारले काम गरिरहेको पनि दाबी गर्नु भएको छ । यस्तै, प्रधानमन्त्री ओलीले यो वर्षभित्रै सडकलाई सडक बालबालिकामुक्त र भिकारीमुक्त बनाउने पनि बताउनु भएको छ ।