वैखरी अनलाइन
कपिलवस्तुको बाणगंगामा अक्सीजन सिलिण्डरको अभाव टर्दै गएको छ । कपिलवस्तु उद्योग बाणिज्य सघंको पहलमा हालसम्म ११ वटा अक्सीजन सिलिण्डर बाणगंगा नगरपालिकालाई हस्तान्त्रण गरेको छ । कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष तथा बाणगंगा बिपद ब्यवस्थापन सहयोग समितिका संयोजक समेत रहेका डोलकराम घिमिरेको नेतृत्वमा बाणगंगा नगरपालिकालाई अक्सीजन सिलिण्डर प्रदान गर्नुका साथै बिभिन्न क्षेत्रमा काम गर्दै कोरोना नियन्त्रणमा लागेको छ ।
साथै बाणगंगा बिपद ब्यवस्थापन सहयोग समितिका सह संयोजक तेज प्रसाद आर्चायले नगरपालिका भित्र कोरोना नियन्त्रणमा निरन्तर लागेको र नगरपालिकालाई एकद्धारा प्रणालीबाट सहयोग गर्न आग्रह समेत गरेका छन ।
नगरपालिका भित्र रहेको आइशोलेसनका बिरामीका लागी अक्सीजन अभाव नभएको र सहज आपुर्ति भइ रहेको बाणगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले बताए ।








