राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
शुक्रबार संघीय संसद सचिवालयमा आयोजित समारोहमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित राष्ट्रियसभा सदस्य डा. देवकोटालाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।
बागमती प्रदेशतर्फको राष्ट्रियसभा उपनिर्वाचनमा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई पराजित गर्दै डा. देवकोटा विजयी भएका थिए ।








