२५ जेठदेखि ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई खोप लगाइने भएको छ ।
चीनले उपलब्ध गराएको १० लाख डोज भेरोसेल खोप लगाउन लागिएको खोप शाखा प्रमुख डा. झलक गौतमले जानकारी दिए । उनका अनुसार मंगलबारसम्म ९ लाख डोज खोप चीनबाट आएको छ । बाँकी एक लाख डोज बुधबार नेपाल आइपुग्ने छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सी चिनफिङबीच भएको टेलिफोन वार्तापछि चीनले १० लाख डोज खोप उपलत्तध गराउने घोषणा गरेको थियो ।
यसअघि चीनले ८ लाख डोज खोप उपलब्ध गराएको थियो । योसँगै चीनले हालसम्म १८ लाख डोज खोप नेपाललाई सहयोग गरेको छ ।







