कपिलवस्तु : कपिलवस्तुमा कोरोना संक्रमणबाट थप २ जनाको ज्यान गएको छ । स्वास्थ्य कार्यालय कपिलवस्तुले दिएको जानकारी अनुसार कपिलवस्तु नगरपालिकाकी एक महिला र विजयनगर गाँउपालिकाका एक पुरुषको मृत्यु भएको हो ।
यो संगै जिल्लामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८१ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा १८ जनाले कोरोना जितेका छन् भने २६ संक्रमित थपिएसंगै सक्रिय संक्रमित संख्या ७५८ पुगेको छ ।







