सागर वि.क. (वैखरी अनलाईन) : कपिलवस्तुको बाणगंगा नगरपालिकामा भोलि (मंगलबार) कोरोना खोप लगाइने भएको छ । नगरपालिकाले आज एक सुचना जारी गरी ६२ देखि ६४ वर्षसम्मकालाई कोरोना विरुद्धको भेरोसेल खोप लगाइने जनाएको हो ।
मोतिपुर स्वास्थ्य चौकी र पिपरा अस्पतालमा गएर खोप लगाउन सकिने नगरपालिकाले जनाएको छ । वडा नम्बर ५,६,७,८ र ९ का मानिसहरुले मोतिपुर स्वास्थ्य चौकीबाट र वडा नम्बर १,२,३,४, १० र ११ का मानिसहरुले पिपरा अस्पतालबाट खोप लगाउन पाउने नगरका स्वास्थ्य प्रमुख ठगराज पौडेलले जानकारी दिनुभयो ।
खोप लगाउन आउँदा नागरिता वा परिचय पत्र ल्याउन आग्रह गरिएको छ ।
भोलिदेखि लगाइने खोप चीन सरकारबाट अनुदानमा आएको हो। चीनले नेपाललाई थप १० लाख डोज खोप अनुदानमा दिएको थियो ।








