वैखरी अनलाइन
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाका मेयर मगंल प्रसाद थारुले अवको निति तथा कार्यक्रममा कोरोना नियन्त्रणमा केन्द्रीत रहेर बजेट आउने बताएका छन । वैखरी अनलाइन मिडिायसगं बिशेष कुराकानीमा बोल्दै मेयर थारुले पहिला नगरबासीलाई बचाउ, बाचौँ सडक त पछि पिच गरे के हुन्छ भन्दै प्रतिप्रश्न गरेका छन ।
महामारीको समयमा स्वास्थ्य क्षेत्रलाई ध्यान दिएर बढि बजेत बनाउने र पिपरा अस्पतालको थप बिकासका लागी सबै लाग्न आवश्यक रहेको थारुले बताए । आगामी आर्थिक बर्षको निति तथा कार्यक्रम बन्दै गरेको बताउदै थारुले अधुरा योजना पुरा गर्ने र बाकी बजेट कोरोना नियन्त्रण र रोकथाममा लगाउने योजना रहेको बताए ।
सडक पिच हुदै गर्छ, कोरोना नियन्त्रणलाई प्राथमिकता दिएर अवको बजेट ः मेयर थारु








