गृहपृष्ठ खबर दाङको देउखुरीमा सर्पको डसाइबाट १२ वर्षीया बालिकाको मृत्यु

दाङको देउखुरीमा सर्पको डसाइबाट १२ वर्षीया बालिकाको मृत्यु

दाङ : देउखुरीमा सर्पको डसाइबाट आज एक बालिकाको मृत्यु भएको छ । गढवा गाउँपालिका–७ विजयपुर निवासी १२ वर्षीय रेश्मा बोहोराको मृत्यु भएको लमही अस्पतालले जनाएको छ ।

सर्पको डसाइबाट अचेत बनेकी रेश्माको गढवा सर्पदंश उपचार केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारका लागि लमही अस्पताल ल्याइए पनि उनलाई अस्पतालमा ल्याएको केही क्षणमै चिकित्सकले मृत घोषणा गरेका थिए ।

बिहान साढे ७ः०० बजे गोठमा पराल लिन गएको समयमा गोमन सर्पले डसेको उनकी आमा सरिता बोहराले बताए ।

सम्बन्धित् समाचार