गृहपृष्ठ खबर जसपा लुम्बिनीका चार सांसदबारे सर्वोच्चमा असार २१ मा पूर्ण सुनुवाइ हुने

जसपा लुम्बिनीका चार सांसदबारे सर्वोच्चमा असार २१ मा पूर्ण सुनुवाइ हुने

काठमाडौं : सर्वोच्च अदालतको अन्तरिम आदेशबाट पुनर्वहाली भएका जनता समाजवादी पार्टी ९जसपा० नेपालका लुम्बिनी प्रदेशसभाका चार सांसदको मुद्दामा असार २१ गते पूर्ण सुनुवाइ हुने भएको छ।

सोमवार न्यायाधीशद्वय दीपककुमार कार्की र हरिप्रसाद फुँयालको संयुक्त इजलासले ुप्रदेश निर्वाचन आयोग लुम्बिनीको लिखित जवाफ म्याद भित्र पेश नभएको र अन्यका तर्फबाट लिखित जवाफ पेश भइसकेको देखिँदा प्रस्तुत रिट निवेदनको संवेदनशीलतालाई विचार गरेरु असार २१ गते पूर्ण सुनुवाइबाट टुंगो लगाउने आदेश दिएको हो।

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलको पक्षमा उभिँदा सांसदहरु सन्तोषकुमार पाण्डेय, विजय यादव, कल्पना पाण्डेय र सुमन शर्मा रायमाझीलाई जसपाको उपेन्द्र यादव पक्षले कारवाही गरेर पदमुक्त गरेको थियो। प्रक्रिया नमिलेको भन्दै सर्वोच्चले पुनर्वहाली गरेको थियो। पुनर्वहालीपछि चारै जना मन्त्री बनेका छन्।

सम्बन्धित् समाचार