गृहपृष्ठ खबर बिजयनगरको दिपेन्द्रनगर पूर्ण सरसफाई टोल घोषणा

बिजयनगरको दिपेन्द्रनगर पूर्ण सरसफाई टोल घोषणा

कपिलवस्तु : कपिलवस्तुको बिजयनगर गाउँपालिका वडा ३ मा रहेको दिपेन्द्रनगर (चौवा) टोललाई पूर्ण सरसफाई टोल घोषणा गरिएको छ । आज आईतबार आयोजित एक कार्यक्रममा गाउँपालिकाका अध्यक्ष गोपाल थापाले पूर्ण सरसफाई टोल घोषणा गर्नुभएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष थापाले मानिसको जिवनमा सरसफाई अतिआवश्यक रहेको बताउनुभयो । घरमा शौचालय, शुद्ध खानेपानी, शारिरिक सरसफाई लगाएतमा ध्यान दिन सकेमा विभिन्न रोगवाट बच्न सक्ने बताउनुभयो ।

गाउँमा रहेका सबै टोलहरुलाई पूर्ण सरसफाईयुक्त टोल घोषणा गर्ने अभियान सुरु भइसकेकोले अब निरन्तर हुने बताउनुभयो । सरसफाईलाई गाउँपालिकाले विशेष प्राथमिकता दिएर बजेट बिनियोजन गरेको बताउनुभयो । थापाले दिपेन्द्रनगर (चौवा) टोलका नागरिकहरुको लागि सडक कालोपत्रे बनाउन योजना पठाएको भएपनि यस वर्ष छनोटमा नपरेको र आगामी वर्षमा सडक कालोपत्रे बनाउने उद्धघोष गर्नुभयो ।

कार्यक्रममा उपाध्यक्ष लक्ष्मी चौधरीले गाउँलाई नमूनाको रुपमा विकास गर्न टोलवासीलाई अनुरोध गर्नुभयो । अब यस गाउँको सरसफाई व्यावस्थापन हेर्न वाहिरि जिल्ला बाट आउने गरी काम गर्न सुझाव दिदै त्यसको लागि पालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।

सम्बन्धित् समाचार