गृहपृष्ठ Featured ११ हजारको परीक्षण गर्दा २२ सय संक्रमित थपिए, २० जनाको मृत्यु

११ हजारको परीक्षण गर्दा २२ सय संक्रमित थपिए, २० जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३१३ नमुनाको पीसीआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

आज ६ हजार ६५७ नमुनाको पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ४७९ जनामा संक्रमण देखिएको छ भने ४ हजार ६५६ को एन्टिजेन विधिबाट परीक्षण गर्दा ७६० जनाको रिपोर्ट पोजिटिभ आएको छ ।

योसँगै देशभर कुल संक्रमितको संख्या ६ लाख ५२ हजार ८५९ पुगेको छ ।

आज थप १ हजार ३१६ संक्रमित निको भएको मन्त्रालयले जनाएको छ । योसँगै संक्रमणमुक्त हुनेको संख्या ६ लाख १६ हजार ९२९ पुगेको छ । निको हुने दर ९४.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा थप २० संक्रमितको कोरोनाका कारण ज्यान गएको छ । योसँग कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ३४० पुगेको छ । संक्रमणबाट मृत्यु हुने दर १.४३ प्रतिशत रहेको छ ।

सक्रिय संक्रमित रहेका २३ हजार ९२० जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ६७० जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

गम्भीर अवस्थाका ५३९ जनाको आईसीयूमा र १६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । कुल संक्रमितको ४.०६ प्रतिशत मात्रै  सक्रिय अवस्थामा रहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित् समाचार