चितवनको भरतपुर महानगरपालिका– १७ मा हत्या गरिएको अवस्थामा भेटिएका भरत गुरुङको हत्यामा संलग्न एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपाली सेनाकै सिपाही रहेको चितवन प्रहरीले जनाएको छ ।
बिहीबार चितवन शारदानगरनजिक सिमलडाँडा खेत नहरमा धादिङका गुरुङको गोली हानी हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।
उनी महेन्द्र दल गण राष्ट्रिय निकुञ्ज शिवपुरीमा कार्यरत सेनाका हवल्दार हुन् । उनलाई सेनाकै जवानले हत्या गरेको चितवन प्रहरी स्रोतको भनाइ छ ।
प्रहरीले पक्राउ परेका व्यक्तिबाट पेस्तोलसमेत बरामद गरेको छ । उनलाई २ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी प्रहरीको छ । उनलाई पूर्वी चितवनको टाँडीबाट पक्राउ गरिएको हो ।








