राष्ट्रपति र प्रधानमन्त्रीको फोटो दुरुपयोग गरी टिकटक बनाउने एक जना पक्राउ परेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको फोटो सम्पादन गरी ट्रोल भिडियो बनाएर टिकटकमा पोष्ट गरेर चरित्र हत्या गर्ने झापा मेची नगरपालिका–६ का सोमप्रसाद घिमिरेलाई प्रहरीले पक्राउ गरेको हो ।
घिमिरेलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पूर्जी लिएर झापाबाट पक्राउ गरिएको साइबर ब्युरोका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक नविन्द्र अर्यालले जानकारी दिए ।
अदालतबाट सात दिन म्याद थप गरेर घिमिरेमाथि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।








