नरायण खनाल/ संस्मरण,
राष्ट्रिय परिस्थिती :
२०५९ माघको १९ को राजा ज्ञानेन्द्रको कु पछि नेपालको राष्ट्रिय राजनितिमा माओवादी पार्टीले अगाडी सारेको राजनैतिक गोलमेच सम्मेलन, अन्तरिम सरकारको गठन, संविधानसभाको चुनाव र संविधिान सभा बाट नै नयाँ संविधान मार्फत राजाको हातमा रहेको सम्पूर्ण अधिकार जनतामा अन्तिम हस्तात्रण र देशको राजनितिक, आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्त्रणको माओवादीले अगाडी सारेको नाराले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा व्यापक आकार प्रकार ग्रहण गरिरहेको थियो । त्यसका बाबजुद पनि देशका संसदवादी राजनितिक दलहरुले त्यस प्रकारको नारालाई संस्थागत रुपमा स्विकार गर्न सकिरहेका थिएनन् । राजा ज्ञानेन्द्रको सैनिक दब्दबा र उनको अधिकनकतावादी शासनले मुलुक थिलोथिलो भएको थियो । क्रान्तिका आधारइलाका र जनयुद्धका तुफानी केन्द्रहरुमा जनता सापेक्षीत रुपमा सुरक्षित थिए । किन की त्यहाँ जनमुक्ति सेना नेपालको स्पेशल टाक्सफोर्स, जनमिडिसिया, र स्थानीय जनसरकारको बाक्लो उपस्थिति थियो । तर क्रान्तिका स्वयत इलाकाहरुमा पुरानै सत्ताको वचश्र्व र उपस्थिति थियो ।
वि.सं. २०६० भाद्र महिनाको पहिलो हप्ताको कुरा हो, युद्धका दृष्टीकोणले शक्तिसन्तुलनको चरणमा थियो मुलुक । त्यो बेला देशमा युद्धविराम भएको थियो । त्यस प्रकारको युद्धविराम तथा वार्त प्रक्रिया एक प्रकारले अघोषित रुपमा भङ्ग भईसकेको थियो । राजनितिक समस्याको समाधानको प्राय सबै ढोकाहरु राज्यले बन्द गरेको थियो । तर पुरानो सत्ता र त्यसको मतियारहरुले वार्ता र संवादको नौटङ्की देखाउन भने छोडिसकेको अवस्था थिएन । पार्टी,जबस, मोर्चा, विभाग, सत्ता र सेनाको सम्पूर्ण शक्ति यतिबेला विशेष क्षेत्र वरपर जनपरिचालन र युद्धको आन्तरिक तयारीमा जुटेको थियो । रणनैतिक सक्ति सन्तुलनको चरण भएकाले त्यो बेलाको राजानितिक परिस्थिति अत्यन्तै अन्यौलपूर्ण थियो । प्रतिक्रियावादी राज्यसक्ता र विद्रोही जनताको नेतृत्व गरिरहेका हामी क्रान्तिकारी माओवादी बिच एकले अर्काेलाई पुरै परास्त गर्न सकेको स्थिति थिएन त्यो । त्यही कारणले गर्दा मुलुकमा कुन शक्ति बलियो छ भनेर अनुमान गर्न आम जनसमुदायलाई मात्र होइन, प्रतिकृयावादी राज्यशत्ता र त्यसको सुरक्षा संयन्त्र तथा हाम्रो टिमलाई समेत हम्म्ो हम्मे परेको अवस्था थियो त्यो । देशका संसदवादी राजनितिक शक्तिहरुको स्थिति पुरै निरिह, दयनीय र टिठलाग्दो प्रकारको रहेको थियो । संसदवादी राजनितिक दलहरु पुरै अलमल र अन्यौलग्रस्त स्थितिमा थिए त्यो बेला । जनताको एउटा विशाल पंक्तिले भने हाम्रो पार्टीको नेतृत्व, विचार, राजनिति, संगठन र योजनामा विस्वस्त रहेका थिए ।
यही राष्ट्रिय तथा अन्तराष्ट्रिय परिस्थिती र पार्टीको आत्मगत परिस्थितिको जगमा टेकेर पार्टीले तत्काल देशमा युद्धविराम गरी शान्तिवार्ता प्रक्रियालाई गम्भिरतापूर्वक लिदैँ जनताको शान्ति र अग्रगमनको चाहनालाई पुरा गर्न आफुलाई वार्ताको टेबुलमा खरो रुपमा प्रस्तुत गर्दै पुरै आत्मविस्वासका साथ जनताको पक्षमा दृढतापूर्वक उभिएको थियो । तर अब यतिबेला सम्म स्थिति ज्यादै पट्यारलाग्दो बन्दै गइरहेको थियो । मुलुकले त्यस प्रकारको युद्धविराम भङ्ग सँगै एउटा शक्तिसाली फौजी धक्काको महशुस गरिरहेको थियो । जसले त्यो बेलाको राजनितिक तथा फौजी सन्तुलनलाई तोडेर एउटा नयाँ राजनितिक परिस्थितीको निर्माण गर्न सकोस् । यही सेरोफेरोबाट हाम्रा राजनितिक तथा वैचारिक कार्यक्रमहरु, छलफल तथा संगठनका कार्यक्रमहरु, संघर्ष तथा प्रचारप्रसारका कार्यक्रमहरु, योजना निर्माण तथा कार्यान्वयनका कार्यक्रमहरु, हाम्रो पार्टी भित्र मात्र होइन दुश्मन शिविर भित्र पनि घनिभूत रुपले चलिरहेका थिए । दुवै शक्तिहरुको यस प्रकारको स्थितिबाट मुलुक अनभिज्ञ रहेको थिएन । ता पनि पुरानो शत्ता र हाम्रो बिचमा वार्ता र संवादको नौटङ्की एक प्रकारले चलिरहेको थियो ।
फौजी संघर्षको नयाँ योजना :
त्यो बेला मेरो जिम्मा कपिलवस्तु जिल्लाको हेडक्वाटरमा रहेको थियो । त्यो बेला यस जिल्लाका सिनियर नेताहरु नेत्रविक्रम चन्द्, चक्रपाणी खनाल, डोरप्रसाद उपाध्याय, मुमाराम खनाल, विष्णुहरी शर्मा, मेघराज ज्ञवाली, रामलौटन निवारी, पिताम्वर आचार्य, चन्द्रबहादुर चन्द, यमा बञ्जाडे, भेषराज भुषाल, दयाराम न्यौपाने, कमल चुँदाली, भानु श्रेष्ठ लगाएतका नेताहरु जिल्ला बाहिर खट्नुभएको थियो । यस जिल्लाको नेतृत्व जिल्ला इन्चार्ज साथि बाला थापा (कृती), जिल्ला सेक्रेटरी साथि विमलको प्रत्यक्ष कमाण्डमा हुन्थ्यो । विन्दु माइला, शसि, राजु, संघप्रसाद थारु, कपिल खनाल, जनि बञ्जाडे, रुद्र बञ्जाडे, प्रताप काका, हिमाल, राघन काका, सुकै चौधरी, जोखन थारु,सीमा खनाल, रमा घर्तीमगर र शुस्मा लगाएतका माओवादी पार्टीका नेताहरु त्यो बेला सक्रियतापूर्वक जिल्ला पार्टीको काममा भाग लिइरहनु भएको थियो । माथि पहिला नै भनियो कि यतिबेला सम्म देशको राजनितिक परिस्थिति ज्यादै पट्यार लाग्दो बनिरहेको थियो । देशका दुरदराज, पाखापखेर वस्तिहरुमा बस्ने सर्वसाधारण जनसमुदायले मात्र होइन, मध्येवर्ती सहरीया तप्का र अग्रगामी राजनितिक परिवर्तनका पक्षधर क्रान्तिकारी जनसमुदायहरुको एउटा ठूलै हिस्साले समेत वार्ताको औचित्यता, प्रसंग र आवश्यकता समाप्त भईसकेको जिकिर गरिरहेका थिए । यस्तो विचारले क्रमशः आकार ग्रहण गरिरहेको थियो ।
पार्टीको केन्द्रिय समितिले तय गरेको यो फौजी संघर्षको योजना सफल भएमा देशमा तात्कालिन राजनितिक फौजि शक्ति सन्तुलनलाई तोडेर पार्टी राजनितिक तथा फौजी दुवै दृष्टीकोणले राजनितिक प्र्र्र्र्रत्याक्रमणको चरणमा प्रवेश गर्ने कुरा सर्वाधिक महत्वको रहेको थियो । र त्यस प्रकारको फौजी संघर्षंको लागि कपिलवस्तु जिल्लाको भुमिका भौगोलिक कारणका कारणले सर्वाधिक महत्वको थियो ।
ठिक यही परिस्थितिमा पार्टीको केन्द्रिय फौजी संघर्षको योजनाअनुसार कपिलवस्तु जिल्ला पार्टीको पूर्ण बैठक बस्यो । त्यो बैठकले विगतको कामको समिक्षा गर्नुको साथै आगामी फौजी कामको दिशाबारे सांकेतिक रुपम मै भए पनि जिल्ला इन्चार्ज कृतिले पार्टी केन्द्रिय समितिले तत्काल गरेको निर्देशन अनुसार नेपाली क्रान्तिको आगमी फौजी संघर्षको एउटा स्पष्ट मार्ग चित्र प्रस्तुत गर्नुभयो । जुन तस्बिर भित्र नेपाली जनताको भाग्य र भविष्यको फैसला गर्ने ऐतिहासिक कार्यभार रहेको थियो । यसलाई कायान्वन गर्न र सफल बनाउनका निम्ति दृढ इच्छाशक्ति अनिवार्य सर्त थियो । पार्टीको केन्द्रिय समितिले तय गरेको यो फौजी संघर्षको योजना सफल भएमा देशमा तात्कालिन राजनितिक फौजि शक्ति सन्तुलनलाई तोडेर पार्टी राजनितिक तथा फौजी दुवै दृष्टीकोणले राजनितिक प्र्र्र्र्रत्याक्रमणको चरणमा प्रवेश गर्ने कुरा सर्वाधिक महत्वको रहेको थियो । र त्यस प्रकारको फौजी संघर्षंको लागि कपिलवस्तु जिल्लाको भुमिका भौगोलिक कारणका कारणले सर्वाधिक महत्वको थियो । यस फौजी संघर्षका लागि समग्र क्षेत्रको राजनितिक कमिशारेट पम्फा भुषालले गर्नुभएको थियो । त्यस बैठकमा पार्टीको यस क्षेत्रका आम जनसमुदाय देखि पार्टीका सामान्य सदस्यको समेत कामको विभाजन असाध्यै सुविचारित ढङ्गले गरिएको थियो । योजनाको संप्रेषण र कार्यान्वयनका लागि स्थान, पात्र तथा रुटको छनौट गर्ने र योजनाको गम्भिर जिम्मेवारीबोध सहित प्रत्येक सदस्यले सुरुदेखि अन्तिम सम्म उसले खेल्नुपर्ने भु्मिकाका बारेमा अत्यन्तै कलात्मक किसिमले उसले बुझ्ने गरी सम्प्रेषण गरिएको थियो ।
जिल्ला सेक्रेटरी बिमल अत्यन्तै कुशल राजनितिक कमिशार हुनुहुन्थ्यो । जिल्ला इन्चार्ज कृति एक कुशला फौजी कमाण्डर भएको अनुभुत हामी सबैलाई हुन्थ्यो । उहाँ दुबैको कार्यशैली र कार्यतरिकाको उचित तालमेल र तादम्यता यसरी मिलेको थियो की, प्रत्यक योजनामा प्रत्यक सदस्य अत्यन्तै विश्वस्त हुने गर्दथे । आगामी फौजी योजनाको स्थान, त्यसमा भाग लिने टिमको बारेमा सिधासिधा त्यस बैठकमा कसैलाई केही भनिएको थिएन, तर हामीलाई यो कुरा अनुमान लगाउन कुनै गाह्रो थिएन की त्यस प्रकारको फौजी संघर्षको योजना कुन स्थिानमा परिलक्षित गरिदैँ छ ? कहीले सम्म गरिने छ ? त्यसको परिणाम के आउने छ ? तै पनि त्यस प्रकारको फौजी संघर्षको योजनाबारे हामीले हाम्रो नेतृत्वसँग यस भन्दा बढी जानकारी लिने र दिने विषयमा आवश्यक ठानेनौ । किनभने हामी हाम्रो नेतृत्व र आगमी कामको योजनाबारे पुरै विश्वस्त भएका थियौँ । र यस योजनाको सुरक्षाका लागि हाम्रो सम्पूर्ण पार्टी बैठकको अन्त्य सम्म आइपुग्दा अत्यन्तै गम्भिर जिम्मेवारीबोध भएको थियो । जिम्मेवारी र योजनाको गम्भिर मूल्यवोध सम्पूृर्ण साथिहरुले अनुभुति हुन्थ्यो । मेरो जिम्मा तत्काल जिल्ला हेडक्वाटरमा भएकाले विशेष गरी जिल्ला सेक्रेटरी बिमलसँग रहने ठोस भएको थियो । पार्टी कार्यालय र विशेष गरी जिल्ला सेक्रेटरीसँग रहनुको अर्थ होः युद्धको अग्रभागमा रहनु । त्यो कुराको जिम्मेवारीबोध मलाई भएको थियो । त्यस प्रकारको कार्यविभाजन र यति ठूलो जिम्मेवारी मेरो आफ्नै राजनितिक जीवनको वितेको दुई दशक भन्दा कैयाँैगुणा महत्वको रहेको थियो ।
यस प्रकारको फौजी संघर्षको मोर्चामा र त्यो पनि एसल्ट ग्रुपमा म खरो रुपमा प्रस्तुत हुन सक्छु वा सक्दैन । मेरा अगाडी दुवै सम्भावनाहरु रहेका थिए । तर यहाँ युद्धको मोर्चाका लागि क्रान्तिकारी उत्साह मात्र प्रयाप्त थिएन । दृढ इच्छाशक्ति, पुरैै आत्मविश्वास र उच्च मनोवलका अलावा युद्ध सुझबुझ अनिवार्य सर्त थियो । तर त्यस प्रकारको समस्यालाई सहायक रुपमा लिँदैँ प्राथामिकताको सूचिमा दृढ इच्छाशक्ति र उच्च प्रकारको मनोवलले नै नयाँ कुरा सिक्न र समाधान सम्भव छ भन्ने निष्कर्श निकाल्दै आफुलाई फौजी संघर्षंको योजनामा केन्द्रित गरेँ । दुश्मन सेनाको जंगी अड्डा माथिको फौजी संघर्षमा मेरो सहभागिता आफ्नो जीवनको पहिलो महत्वपूर्ण अवसर थियो । यस अवसरमा बढीभन्दा बढी र छिटोभन्दा छिटो सिक्ने र स्वयम आफैलाई फौजी मोर्चामा दत्तचित्त बनाएर योजनामा केन्द्रित हुने विषयले गम्भिर जिम्मेवारीबोधको गहिरो अनुभूति हुदैँगईरहेको थियो । यस प्रकारको फौजी संघर्षका लागि हाम्रो पाटीको देशको मुख्य शक्ति अर्घाखाँची जिल्लाको सिद्धारा गाविसका विभिन्न भुभागमा छरिएर युद्धको तयारी गरिरहेको थियो । त्यसका लागि आवश्यक पर्ने आवास, खाद्यान्न, लजिष्टिक, मेडिसिन, एवम् युद्धप्रविधिको संकलन लगाएतका कामहरु दुई हप्तामै पुरा भएका थिए । कपिलवस्तु जिल्लाको जिम्मेवारी युद्धमा घाइते हुने साथिहरुको निम्ति पाँचसय बेडको अस्थायी अस्पताल, त्यसका लागि आवश्यक पर्ने डाक्टर तथा नर्सहरुको प्रबन्ध, खाद्यान्न, आवास तथा लत्ताकपडाको प्रबन्धका अलावा घाइतेहरुको सुरक्षाका निम्ति चौतर्फी प्रबन्ध सिकिस्त बिरामीहरुको निम्ति रिफरका लागि आवश्यक पर्ने जनशक्तिको बैकल्पिक व्यवस्था गर्नु रहेको थियो । जनमुक्ति सेनाको तर्फबाट राजनितिक कमिशार सुनिलले यस योजनाको जिम्म लिनुभएको थियो । त्यो बेला मेरो विचारमा ८ सय ५० को हाराहारीमा जनमुत्ति सेना केन्द्रिकरण भएको थियो । त्यो फौजी संघर्षको कमाण्डर जनमुक्ति सेनाका परिवर्तन हुनुहुन्थ्यो । त्यस प्रकारको फौजी संघर्षको सफलताको लागि पश्चिम दाङ, उत्तर प्यूठान, दक्षिण कपिलवस्तु , उत्तर गुल्मी र दक्षिण नवलपरासीबाट हजारौँ स्वयमसेवकहरु परिचालन गरिएको थियो । पाटी राप्ती–लुम्बिनी अन्तरगतका जिल्लाहरुले दुश्मन सेनलाई ब्लक गर्ने तथा अन्य व्यवस्थापकीय काम सम्हालेका थिए । माथि पहिला नै भनियो कपिलवस्तु जिल्ला पाटीको जिम्मामा युद्धमा घाइते हुने जनमुक्ती सेनाको हेरचाह गर्नुका अलावा आफ्नो जिल्लाका नाकाहरुमा दुश्मन सेनलाई ब्लकिङ गर्ने रहेको थियो । त्यसका लागि जनमुक्ति सेना नेपालको प्रथम बृगेडको एउटा बटालियन कपिलवस्तु जिल्लामा कार्यरत रहेको थियो । हाम्रो जिल्लाको पश्चिमी भु–भागमा रहेका साथिहरुको जिम्मा कपिलवस्तु जिल्लाको शिवपुर गाविसमा रहेर दुश्मनको बाटो ब्लक गर्ने रहेको थियो । हामी पनि आ आफ्नो जिम्मेवारी अनुसार निर्धारित समयमा नै आफुलाई फौजी संघर्षको योजनामा केन्द्रित गरेका थियौँ । त्यस प्रकारको फौजी संघर्षमाथि यति धेरै विस्तृत प्रकाश पारिएको थियो की, सबै साथीहरुको दिल दिमागमा पुरै विजय उत्साहको छनक देख्न सकिन्थ्यो । मध्येपश्चिमको दुश्मनको सामरिक तथा रणनैतिक महत्वको मुख्य केन्द्र ः शिवदल गण भालुवाङको सैनिक छाउनीमाथि फौजी संघर्ष तय भएको थियो । त्यस प्रकारको फौजी संघर्ष नेपालको इतिहासमा सम्मवत : जनताले गरेको यो नै प्रथम र ऐतिहासिक बहुआयामिक तथा दुरगामी महत्व राख्ने राजनितिक तथा फौजी संघर्षको परिघटना थियो ।
नेपालको इतिहासमा आश्विन २५ गते :
यस प्रकारको फौजी सघर्षमा जनमुक्ति सेना नेपाल विजयी भएमा प्रतिक्रियावादी सत्ताको राप्ती र पुरै सुदुरपश्चिमका जिल्लाहरुबाट बढारिने एकातिर सम्भावना थियो भने अर्काेतिर यस प्रकारको फौजी सघर्ष असफल भएमा नेपाली जनता फौजिक दृष्टीले रणनैतिक रक्षामा फर्कनुपर्ने बाध्यता रहेको थियो । त्यसैले योजनाको गोपनियता र गम्भिरतालाई जनमुक्ति सेना नेपालको कमाण्डर देखि सदस्य सम्म पाटीको नेतृत्व देखि पाटी सदस्य सम्म, फौजी संघर्षमा भाग लिने विद्रोही जनताको पुरै शक्तिको भुमिकालाई समेत ज्यादै प्रभावकारी ढङ्गले सुनिश्चित गरिएको थियो । साथि परिवर्तन र बलदेवको नेतृत्वमा रहेको गण्डक क्षेत्रमा खट्ने जनमुक्ती सेना नेपालको एउटा बाहिनी तत्काल केन्द्रिय फौजी संघर्षका लागि एसल्ट ग्रुपको नेतृत्व गरेको थियो । उक्त टोलीले आफ्नो पूर्व निर्धाैरित समय र स्थानअनुसार २०६० आश्विन २५ गते राति ठिक ११ बजे विधिवत नेपाली सामन्तवादको जंगी अड्डामाथि धावा बोल्यो । जनमुक्ति सेना नेपालको तर्फबाट पहिलो फायर खुलेपछि संघर्षमा भाग लिएका सबै साथिहरुको छाति गर्वले चौडा भयो । सामन्तवादको लुटको स्वर्गको रक्षार्थ खडा गरिएको सैनिक छाउनी शिवदल गण भालुवाङमाथिको दोहोरो आक्रमण रातभर चल्यो । हामीहरु रातभर बम,गोला र बारुदको आवजमै खुब रमायौँ । मनमा विजयका ध्वजाहरु फहराउँदै रहयौँ । गरिब तथा निमुखा श्रमजिवी मेहनतकस जनताको महान मुक्त आन्दोलनको हुङ्कारले दुश्मन शिविरमा रातभर रुवाबासी चल्न थाल्यो । जनमुक्ती सेना नेपालका बहादुर योद्धाहरुले रातभर दुश्मनको लुटको राज्यमाथि हमला गरिरहे । बिहानको मिर्मीरे सँगै गोला बारुद र बमका धमाकाहरु क्रमशः बन्द हुन थाले । यस फौजी संघर्षमा सहभागि भएका हजारौँ जनसमुदायहरुका अनुहारमा बिहानको मिर्मीरेसँगै नयाँ मुस्कानहरु छरिन सुरु भए । क्रान्तिकारी विजयका निम्ति सहभागि भएका आम जनसमुदाय समेतका लागि यो फौजी संघर्ष एउटा महान पर्व बनेको थियो भने प्रतिक्रियावादी राज्यशत्ता र त्यसका नोकरहरुका लागि एउटा महाविनाशकारी भुकम्प बनेर आएको थियो त्यो रात । त्यो बेला जनहत्यारो ज्ञानेन्द्रद्धारा श्रृङ्गारपटार गरेर अगाडी सारिएका तात्कालिन प्रधानमन्त्री सूर्यबहादुर थापाले नेकपा माओवादीलाई देशैभरिबाट बडारने गुरुयोजना अन्तरगत पश्चिम नेपालका जनयुद्धका तुफानी केन्द्रहरुमा छ जना शाही कर्नेलहरुको प्रत्यक्ष कमाण्डमा हत्यारो शाही जत्था परिचालित भईरहेको र तराई मधेश र शहरी क्षेत्रबाट माअोवादीलाई टिक्न र खुट्टा राख्ने ठाउ दिनुहुँदैन भनेर पालग प्रलाव गरिरहेको अवस्थामा केन्द्रिय सामान्तवादको मुटु मानिने मध्येपश्चिमको पहिला दाङको कुसुम र त्यसको लगत्तै सैनिक छाउनी शिवदल गण भालुवाङ माथि जनमुक्ति सेना नेपालको तर्फबाट फौजी हमला गरिएको थियो ।
निश्कर्ष :
फौजी योजनाका सकारात्मक अनुभूतिहरु :
१.दुश्मनको नयाँ रणनिति तथा सामरिक महत्वको भुगोलमा पुगेर जनमुक्ति सेना नेपालले इतिहासमा पहिलोपटक तात्कालिन प्रधानमन्त्री सुर्यबहादुर थापा र त्यसको मालिक जनहत्यारो ज्ञानेन्द्र, भारतीय प्रबुत्त शासकवर्ग, अमेरिकी साम्राज्यवादको कम्पाउण्डमा पुरै भुईचालो ल्याउनुका साथै उनीहरुको निधहराम गर्न सफल भएको छ ।
२. जनमुक्ति सेना नेपालको योजना बन्दा देशभित्र हत्यारो शाही सेनाको कुनैपनि बेसक्याम्प सुरक्षित नहुने यस फौजी संघर्षको परिघटनाले जोडदार रुपमा पुष्टि गरेको छ ।
३. दुश्मनद्धारा परिचालित शामी कर्नेलको नेतृत्वमा क्रान्तिका आधारक्षेत्रहरुमा रहेका दुश्मन सेनाका टुकडीहरुलाई स्तब्ध बनाएको छ ।
४.दुश्मनको सुदुर पश्चिम, मध्येपश्चिम तथा पूर्वाञ्चलको मध्येभागमा रहेको सैनिक छाउनी शिवदल गण भालुवाङ्माथिको हमलाले जनयुद्धका बिरुद्ध दुश्मनले आफु परिचालित हुन जति सुगमता अनुभूत गरेको थियो, सोही फौजी धक्काले उसको सबै पूर्व फौजी योजना तहसनहस र चकनाचुर बन्न पुगेका छन् ।
५. दुश्मन सेनाको सम्पूर्ण थलमार्ग एक प्रकारले पुरै अवरुद्ध हुन पुगेको छ ।
६. दुश्मन सेनाको उपरोक्त प्रकारको स्थितिमा हवाई मार्ग अपनाउनुको अलावा अरु कुनै चारा बाकीँ नरहेको स्थिति बनेको छ । सैनिक छाउनी कुसुम र भालुवाङ माथिको हमलाले समग्रमा दुश्मनको करङको हड्डी पुरै भाँच्न र त्यसलाई थला पार्न नसके पनि उसको नाक पुरै भाच्नुका साथै दुश्मनको पुरै बङ्गरा हल्लाइदिएको र पाटीलाइ रणनैतिक प्रत्याक्रमणको पुर्ण सफलताको लागि नयाँ ढोका खोलिदिएको अनुभूत भएको छ ।
नोट : प्रस्तुत लेख २०६० आश्विन २५ गतेको भालुवाङ माथिको फौजी संघर्षं पछि कपिलवस्तु जिल्ला पार्टीको बैठकमा गरिएको समिक्षामा आधारित रहेको छ ।
लेखक : हाल जसपा नेपालको केन्द्रिय सदस्य तथा स्कूलिङ विभागको सदस्य हुनुहुन्छ ।