गृहपृष्ठ Featured बाणगंगामा सशस्त्र प्रहरीको गाडि दुर्घटना अपडेट : मृतकको परिचय खुल्यो

बाणगंगामा सशस्त्र प्रहरीको गाडि दुर्घटना अपडेट : मृतकको परिचय खुल्यो

प्रकाशित मिति:

कपिलवस्तुको बाणगंगामा सशस्त्र प्रहरी सवार गाडि दुर्घटना हुदाँ मृत्यु हुने दुई जनाको परिचय खुलेको छ । शुक्रबार साँझ बाणगंगा-३ सिउटीमा भएको उक्त दुर्घटनामा सवारी चालक सशस्त्र प्रहरी रमेश चौधरी र स्थानीय अमर तङनामीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

बाणगंगाको चारनम्बरबाट तौलिहवातर्फ जादै गरेको सशस्त्र प्रहरीको गाडि अनियन्त्रित हुँदै साइकलमा सवार यात्रीलाई ठक्कर दिएको बताईएको छ ।

दुर्घटनामा आधा दर्जन बढी घाइते भएका छन् । तीन जनाको अवस्था गम्भीर भएकाले थप उपचारका लागि बुटवल रिफर गरिएको छ । थप ४ जनाको सामुदायिक अस्पताल चारनम्बरमा उपचार भइरहेको छ ।

कपिलवस्तु सामुदायिक अस्पतलाको अवस्था अहिले तनाव ग्रस्त रहेको छ ।

सम्बन्धित् समाचार