गृहपृष्ठ Featured नेपालगन्जबाट स्रोत नखुलेको १४ लाख बढी रकमसहित एक जना पक्राउ

नेपालगन्जबाट स्रोत नखुलेको १४ लाख बढी रकमसहित एक जना पक्राउ

प्रकाशित मिति:

बाँके ।

बाँकेको नेपालगन्ज उपमहानगरपालिका- १६ चौलिका चोकबाट स्रोत नखुलेका १४ लाख ६ हजार ५ सय नेपाली रुपैयाँसहित एक जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

नम्बर ३० गण बाँकेले सोही जिल्लाको डुडुवा गाउँपालिका ४ साहपुरुवा बस्ने ३५ वर्षीय उमाकन्त गुप्तालाई उल्लेखित रुपैयाँसहित नियन्त्रणमा लिएको हो ।

भे ६ प ३७४६ नम्बरको मोटरसाइकलमा सवार उनलाई सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त रुपैयाँ फेला परेको र उनले रुपैयाँको श्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिइएका गुप्तालाई बरामद रुपैयाँसहित आवश्यक कारबाहीको लागि भन्सार कार्यालय जमुनाह बाँकेमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार