गृहपृष्ठ खबर लाईसेन्स बनाईदिने भनी रकम माग गर्ने पक्राउ

लाईसेन्स बनाईदिने भनी रकम माग गर्ने पक्राउ

लाईसेन्स बनाईदिन्छु भनी विभिन्न व्यक्तिहरुसँग रकम माग गर्ने भक्तपुर मध्यपुर ठिमि नगरपालिका मगरगाउँ बस्ने मुगु खत्याड गाउँपालिका-८ घर भएका २५ वर्षीय प्रेम राज पाण्डेलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
चन्द्रगिरी नगरपालिका-३ थानकोट खरिबोटमा लाईसेन्स बनाईदिन्छु भनी विभिन्न व्यक्तिहरुसँग रकम मागिरहेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले पाण्डेलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित् समाचार