गृहपृष्ठ खबर बुटवलमा कोरोना संक्रमित गर्भवतीले शल्यक्रिया गरि बच्चा जन्माइन्, स्वास्थ्य सामान्य

बुटवलमा कोरोना संक्रमित गर्भवतीले शल्यक्रिया गरि बच्चा जन्माइन्, स्वास्थ्य सामान्य

Pregnant belly isolated against white background

बुटवल : लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा एक जना कोरोना संक्रमित गर्भवतीको शल्यक्रिया गरी बच्चा जन्माइएको छ। लुम्बिनी प्रादेशिक अस्पतालका सर्जन डा विष्णु गौतमको नेतृत्वमा रुपन्देही सिद्धार्थनगरकी २२ वर्षीया महिलाको शल्यक्रिया गरी बच्चा जन्माइएको हो।

भीम अस्पताल भैरहवाले रेफर गरेर बुटवल आएकी महिला र बच्चाको स्वास्थ्य अवस्था सामान्य छ। बच्चा र आमालाई लुम्बिनी प्रादेशिक अस्पतालमै उपचारका लागि राखिने र आमाको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिने अस्पतालका सूचना अधिकारी डा गौतमले जानकारी दिए। बच्चाको पनि पीसीआर परीक्षण गरिने उनले बताए।

यसअघि प्रादेशिक अस्पतालमा एकजना गर्भवतीको शल्यक्रिया हुन नसकेको भन्दै आलोचना भएको थियो। तर अब भने अस्पतालले संक्रमित गर्भवतीको शल्यक्रिया गर्न सक्ने उनले बताए।

सम्बन्धित् समाचार