
अर्घाखाँची : अर्घाखाँचीमा थप ७ जनामा कोरोना पुष्टि भएको छ । पुष्टि हुनेमा जिल्लाको मालारानी गाउँपालिकामा ४ जना र भुमिकास्थान नगरपालिकामा ३ जना गरि आज ७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विजय बरालले जानकारी दिनुभयो ।यो सँगै जिल्लामा कुल कोरोना संक्रमित संख्या ३ सय ९७ जना पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले बताएको छ ।
यस्तै बितेको २४ घण्टामा ७ जनाले कोरोना जितेर डिस्चार्ज भए सँगै जिल्लामा कोरोना जितेर डिस्चार्ज हुनेको संख्या ३सय ६३ पुगेको छ। कोरोना संक्रमण बाट हाल सम्म जिल्लामा ४ जनाको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभयो।
खनालका अनुसार भारत तथा छिमेकी जिल्लाबाट आएर स्थानीयतले निर्माण गरेको क्वारेन्टाइनमा बस्नेको संख्या १ सय ८२ पुगेको छ ।








