गृहपृष्ठ खबर कपिलवस्तुमा कोरोनाका सक्रिय संक्रमितको संख्या ७५८ : थप २ संक्रमितको मृत्यु

कपिलवस्तुमा कोरोनाका सक्रिय संक्रमितको संख्या ७५८ : थप २ संक्रमितको मृत्यु

कपिलवस्तु : कपिलवस्तुमा कोरोना संक्रमणबाट थप २ जनाको ज्यान गएको छ । स्वास्थ्य कार्यालय कपिलवस्तुले दिएको जानकारी अनुसार कपिलवस्तु नगरपालिकाकी एक महिला र विजयनगर गाँउपालिकाका एक पुरुषको मृत्यु भएको हो ।

यो संगै जिल्लामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८१ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा १८ जनाले कोरोना जितेका छन् भने २६ संक्रमित थपिएसंगै सक्रिय संक्रमित संख्या ७५८ पुगेको छ ।

सम्बन्धित् समाचार