गृहपृष्ठ खबर सेनाका हवल्दार गुरुङकाे हत्या अभियाेगमा सेनाकै सिपाही पक्राउ

सेनाका हवल्दार गुरुङकाे हत्या अभियाेगमा सेनाकै सिपाही पक्राउ

चितवनको भरतपुर महानगरपालिका– १७ मा हत्या गरिएको अवस्थामा भेटिएका भरत गुरुङको हत्यामा संलग्न एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा  नेपाली सेनाकै सिपाही रहेको चितवन प्रहरीले जनाएको छ ।

बिहीबार चितवन शारदानगरनजिक सिमलडाँडा खेत नहरमा धादिङका गुरुङको गोली हानी हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।

उनी महेन्द्र दल गण राष्ट्रिय निकुञ्ज शिवपुरीमा कार्यरत सेनाका हवल्दार हुन् । उनलाई सेनाकै जवानले हत्या गरेको चितवन प्रहरी स्रोतको भनाइ छ ।

प्रहरीले पक्राउ परेका व्यक्तिबाट पेस्तोलसमेत बरामद गरेको छ । उनलाई २ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी प्रहरीको छ । उनलाई पूर्वी चितवनको टाँडीबाट पक्राउ गरिएको हो ।

सम्बन्धित् समाचार