वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तु नगरपालिकाका कर्मचारीहरुले उपप्रमुख सुनिता गुप्ताका श्रीमान संजय गुप्तालाई कारबाहीको माग गरेका छन् । उपप्रमुखका श्रीमान गुप्ताले नगरपालिकाका कर्मचारीमाथि दुरव्यवहार गरेको भन्दै उनीहरुले कारबाहीको माग गरेका हुन् ।
गुप्ताले कर्मचारीलाई गालीगलौच, दुरव्यवहार र काममा अवरोध गरेकाले उनीमाथि अनुसन्धान गरि कानुनी कारबाही गर्नुपर्ने उनीहरुको माग छ ।

के हो घटनाक्रम ?
आज विहान १० बजेका लागी बजेट तर्जुमा समितिको वैठक बोलाईएको थियो । बैठकमा उपप्रमुख संयोेजक हुने प्रावधान छ । बैठकमा उपप्रमुखले आफ्ना श्रीमानलाई पनि बैठकमा बोलाउनु पर्ने प्रस्ताव राखेपछि बजेट तर्जुमा समितिका सदस्यहरुले त्यसलाई ठाडै अस्वीकार गरे अर्थात मनोनयन हुदैन् भने ।
त्यति भन्नासाथ उपप्रमुख बैठक छाडेर घर गईन् । त्यसपछि उनका श्रीमान गुप्ता नगरपालिकाको कार्यालय आएर कर्मचारीलाई गालीगलौज गर्दै दुरव्यवहार गरे ।
यो पनि :
कपिलवस्तु नगरपालिका : उपप्रमुखका श्रीमानको दादागिरी, कर्मचारीमाथि दुर्व्यवहार








