गृहपृष्ठ खेलकुद प्रदेश स्तरिय क्रिकेट प्रतियोगितामा आज यी टिम भिड्दै

प्रदेश स्तरिय क्रिकेट प्रतियोगितामा आज यी टिम भिड्दै

प्रकाशित मिति:

कपिलवस्तुको वाणगंगा ८ बोर्डगाउँ स्थित मायादेवि रंगशालामा जारि सनराईज सामाजिक विकास मञ्चद्धारा आयोजित प्रदेश स्तरिय खुल्ला नकआउट क्रिकेट प्रतियोगितामा शनिवार ३ वटा खेल सम्पन्न भएका छन् । पहिलो खेलमा आयोजक टिम ए ले झण्डा क्रिकेट क्लवलाई पराजित गरेको छ । टस हारेर ब्याटिङ सम्हालेको झण्डा क्रिकेट क्लवले १७ भोभरमा १० विकेटको नोक्सानिमा ९५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । टस जितेर बलिङ रोजेको आयोजक टिम ए ले १२ ओभरमा ६ विकेट गुमाउँदै ९५ रन पुरा गरि विजयी भएको हो । पहिलो खेलबाट जिजेता आयोजक टिम ए का खेलाडि प्रकाश भुसाल म्यान अफ दम्याच घोषित भएका छन् । उनले झण्डा क्रिकेट क्लव विरुद्ध १८ रन १ विकेट लिएका थिए ।

त्यस्तै दोस्रो खेलमा शान्ति युथ क्लव लुम्बिनी विजयी भएको छ । टस जितेर ब्याटिङ रोजेको एभरेष्ट युथ क्लव बुटवलले शान्ति युथ क्लव लुम्बिनीका सामु १६ ओभरमा १० विकेट गुमाउँदै ११५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । लक्ष्य पछ्याउँदै शान्ति युथ क्लवले ११ ओभरमा जम्मा २ विकेटको क्षतिमा उक्त लक्ष्य पुरा गरि जिजयी भएको हो । दोस्रो खेलबाट जावेद ५ छक्का ५ चौका प्रहार गर्दै ५८ रनमा म्यान अफ दम्याच घोषित भएका छन् ।

त्यस्तै तेस्रो खेलमा आयोजक टिम बि र ज्ञानोदयय गोल्ड बुटवल बिच प्रतिस्पर्धा भएको थियो । जसमा ज्ञानोदयय गोल्ड बुटवल ८ विकेटले विजयी भएको छ । समय अभावका कारण आजको अन्तिम खेल १२ ओभरमा छोट्याईएको थियो । जसमा टस जितेर पहिले ब्याटिङ राजेको आयोजक बि ले ज्ञानोदयलाई सबै ओभर पुरा गरि २ विकेटको क्षतिमा १३४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । उक्त लक्ष्य पछ्याउँने क्रममा ज्ञानोदयले ११ दशमलव ४ ओभरमा २ विकेट ब्यहोरि जित हासिले गरेको हो । तेस्रो खेलबाट अजय कौशिल्या २ छक्का ९ चौका प्रहार गर्दै ६५ रनमा म्यान अफ दम्याच घोषित भएका छन् ।

खेलमा प्रथम हुनेले रु १ लाख १ हजार शिल्ड तथा प्रमाणपत्र, द्धितीय हुनेले रु ५१ हजार शिल्ड तथा प्रमाणपत्र, तृतीय हुनेले रु १५ हजार शिल्ड तथा प्रमाणपत्र र सान्त्वना हुनेले रु ५ हजार शिल्ड तथा प्रमाण पत्र पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिताको प्रथम पुरस्कार सौजन्य सिद्धार्थ गौतमबुद्ध ओभरसिजका संचालक तथा समाजसेवी कृष्ण कुँवरले गरेका छन् ।

यस्तै आज पनि दुईओटा खेल हुनेछन् । पहिलो खेल विहान ८ः३० बजे सुर्योदय युवा क्लव बुङची र बैजलपुर क्रिकेट क्लवबिच हुनेछ त्यस्तै दोस्रो खेल गोलपार्क क्रिकेट क्लव र जय वुद्ध क्रिकेट तौलिहवा क्लवविच हुने खेल संयोजक माधव पौडेलले जानकारि दिए ।

सम्बन्धित् समाचार