गृहपृष्ठ खेलकुद प्रदेश स्तरिय क्रिकेट प्रतियोगितामा शनिवारबाट क्वाटरफाईनलका खेल सुरु हुने

प्रदेश स्तरिय क्रिकेट प्रतियोगितामा शनिवारबाट क्वाटरफाईनलका खेल सुरु हुने

प्रकाशित मिति:

वाणगंगा ८ बोर्डगाउँ स्थित मायादेवि रंगशालामा जारि सनराईज सामाजिक विकास मञ्चद्धारा आयोजित प्रदेश स्तरिय खुल्ला नकआउट क्रिकेट प्रतियोगितामा शनिवारको तेस्रो खेलबाट क्वाटरफाईनल खेल सुरु हुने आयोजकले जनाएको छ ।
शुक्रवार भएको पहिलो खेल आयोजक टिम सनराईज सामाजिक विकास मञ्च र द वुद्ध ल्याण्ड मधौली विच भएको थियो जसमा आयोजक ए विजेता भएको छ । टस जितेर बलिङ रोजेको आयोजकलाई द् वुद्ध ल्याण्डले ७ विकेट गुमाउदै ९६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । लक्ष्य पछ्याउँने क्रममा आयोजक ए ८ विकेट गुमाउदै विजयी भएको हो । पहिलो खेलबाट महेन्द्र सुवेदि म्यान अफ द म्याच भएका छन् उनले ६४ रन लिएका थिए ।

द राईजिङ क्लव र नव प्रगति क्रिकेट क्लव सुद्योेदन विच भएको दोस्रो खेलमा द् राईजिङ क्लव १३६ रनले विजयी भएको छ । टस जितेर व्याटिङ रोजेको द् राईजिङ क्लबले नव प्रगतिलाई १७५ रन लक्ष्य दिएको थियो । सो लक्ष्य पछ्याउँने क्रममा नव प्रगति क्रिकेट क्लवले अलआउट हुदै ३९ रन मा ल्याई हार ब्यहोरेको हो । दोस्रो खेलमा हेमन्त थापा क्षेत्री म्यान अफ द म्याच बन्न सफल भए । उनले ५ विकेट ल्याएका थिए ।

त्यस्तै तेस्रो खेलमा स्ट्याडर्ड टेलर क्रिकेट क्लव ९२ रनले विजयी भएको छ । टस जितेर बलिङ रोजेको स्टार स्पोर्ट क्लव लमटैयालाई स्ट्याडर्डले सबै ओभर पुरा गरि १३७ रनको लक्ष्य दिएको थियो । जवाफि ब्याटिङमा उत्रिएको स्टार स्पोर्ट १० दशमलव २ ओभरै सबै विकेट गुमाई ४४ रनमै सिमित भई हार ब्यरेको हो । तेस्रो खेलबाट नानु पौडेल म्यान अफ द म्याच बन्न सफल भए । उनले १९ रन ३ विकेट लिएको प्रतियोगिताका मिडिया संयोजक हरि घिमिरले जानकारि दिए ।

यस्तै शनिवार पनि तिनओटा खेल हुनेछन् । पहिलो खेल बुद्धभुमी युथ क्लव र ज्ञानोदय गोल्ड आयोजक टि ए र द बुद्ध क्रिकेट क्लव बिच हुनेछ, दोस्रो खेल जय नेपाल क्रिकेट क्लव कृष्णननगर र खाँन ईलावेन क्रिकेट क्लव भैरहवा बिच हुनेछ भने तेस्रो खेलबाट क्वाटरफाईनल सुरु हुने छ । क्वाटरफाईनल खेल परिवर्तनशिल युवा क्लव मधुवन र कपिलवस्तु क्रिकेट एकेडेमि बिच हुने प्रतियोगिताका खेल संयोजक माधव पौडेलले जानकारि दिए ।

सम्बन्धित् समाचार