सुशील गैरे , कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा १ मा दुसरा नगर स्तरिय माघी (खिचडी) महोत्सव आज शुक्रबार बाट सुरु हुने भएको छ ।
पुस २५ र २६ गते हुने भनिएको महोत्सव विविध कारण तथा प्रतीकुल मौसमका कारण माघ १० र ११ गते शुक्रबार र सनिवारका लागि सारिएको थियो । थारुको प्रमुख चाड माघीको अवसरमा बुद्धभुमी नगरपालिकाको आयोजनामा हुने दोस्रो माघी खिचडी महोत्सवमा उपस्थिति हुन महोत्सव संयोजक कमला चौधरिले सबै नगर बासिमा आग्रह गर्नु भएको छ।
बुद्धभुमी नगरपालिका वडा नं १ बसन्तपुरमा हुने उक्त महोत्सवमा विभिन्न थारु परिकार राखिनुका , थारु समुदायका रिति थिती र परम्परालाई जोगाउने खालका सामाग्री प्रदर्शन तथा स्थानीय तथा राष्ट्रिय कलाकारको पनि प्रस्तुती रहेने आयोजकले जनाएको छ। महोत्सव २ दिन सम्म चल्ने छ ।