तौलिहवा सडक खण्डमा आईतवार दिउसो २ बजेतिर मोटसाईलक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।यशोधरा गाउपालिका– ३ बसन्तपुर स्थित आफनो घरबाट लु ४ प ६७७१ नम्बारको मोटरसाईल बाट तौलिहवा जानेक्रममा दुर्घटनामा परी ३४ बर्षीय राकेश मिश्राको निधन भएको छ ।
जिल्ला ट्राफिक कार्यालय अनुसार मोटरसाईल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । मृतक मिश्राको शवलाई कपिलवसतु अस्पतालमा पोस्टमार्टम पछि परिवारलाई बुझाईएको छ । मृतक कपिलवस्तुका पत्रकार रमेश मिश्राका कान्छा भाई हुन् ।