अर्घाखाँचीमा सोमबार पुष्टि भएका ५ जना कोरोना सक्रमित बिरामी बोकेर सन्धिखर्क आउँदै गरेको एम्बुलेन्स दुर्घटना भएको छ । दुर्घटना हुँदा ७ जना घाइते भएका छन्। चालक, सहचालकसहित ५ जना कोरोनाका बिरामी बोकेर सन्धिखर्क ल्याउँदै गरेको लु१च ३५३५ नम्बरको एम्बुलेन्स डिहिडाँडाको ओरालो सडकबाट करिब १५ मिटर तल खसेको जिल्ला सशस्त्र प्रहरी प्रमुख माधव रेग्मीले जानकारी दिएका छन्।
घटनास्थलमा जिल्ला प्रहरीको टोली, सशस्त्र प्रहरीको टोली र स्थानीय बासिन्दाद्धारा संयुक्तरुपमा उद्धार गरिएको बताइएको छ। सडक अत्यन्तै चिप्लो भएका कारण एम्बुलेन्स अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। कोरोना सक्रमितमध्ये एक महिलाको ढाडमा चोट लागेको बताइएको छ।