वैखरी अनलाइन
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नः ४ बस्ने युवा समाजसेवि कृष्ण पराजुलीले मृगौला पिडित हरि न्यौपानेलाई सहयोग गरेका छन । युवा समाजसेवि पराजुली र धर्मपत्नी पार्वता गौतम पराजुलीको बैवाहिक जिवनको १० औँ बर्षगाठको अवसरमा बुधबार न्यौपाने परिवारलाई रु ५ हजार एक सय सहयोग गरेका हुन ।
पराजुली युवा ब्यवसायीका रुपमा समेत परिचित रहेका छन भने उनी नेपाल तरण दल जिल्ला कार्य समितिका सदस्य समेत रहेका छन । न्योपानेको घरमै पुगेर उनले उतm रकम हस्तान्त्रण गरेका थिए । साथै सबैले सक्दो सहयोग आफनो ठाउबाट पनि गर्न आग्रह गरेका छन ।
बाणगंगा ४ का हरि न्यौपाने अहिले आफनो दुवै मृगौला फेल भएर सहयोगका लागी सबैलाई अनुरोध गरेका छन ।