कपिलवस्तु उद्योग बाणिज्य सघंले कोरोना ( कोभिड १९) सचेतना मुलक कार्यक्रम सहित माक्स बितरण गरेको छ । बाणगंगाका मुख्य बजार क्षेत्रमा कोरोनाबाट बच्नका लागी अपनाउनु पर्ने कुराहरु बारे जानकारी गराउदै सघंले माक्स बितरण गरेको हो ।
कार्यक्रममा उद्योग बाणिज्य सघंका अध्यक्ष उमानाथ पौडेल, बरिष्ठ उपाध्यक्ष रुक बहादुर भुसाल, उपाध्यक्ष हुमनाथ पौडेल, महासचिव लक्ष्मण बेल्बासे सहित १५ जना बढिको सहभागिता रहेको थियो ।
कोरोना नियन्त्रणका लागी कपिलवस्तु उद्योग बाणिज्य सघंले चैत्र ११ गतेबाटनै प्रभावकारी काम गर्दै आएको र त्यसैलाई निरन्तरता दिने स्वरुपले आज यस किसिमको कार्यक्रमको आयोजना गरिएको सघंका अध्यक्ष उमानाथ पौडेलले वैखरी अनलाइनलाई बताए ।