गृहपृष्ठ खबर अर्घाखाँचीमा वडा अध्यक्षले श्रीमतिलाई जागिर खुवाउन सूचना पारे गायब

अर्घाखाँचीमा वडा अध्यक्षले श्रीमतिलाई जागिर खुवाउन सूचना पारे गायब

अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका १३ का वडा अध्यक्षले सुचना लुकाएर आफनै श्रीमतिलाई जागिर खुवाएको खुलासा भएको छ । वडा नः १३ का वडा अध्यक्ष दुर्गा बिसिले आफनै श्रीमतिलाई बिद्यालयमा जागिर खुवाउन बिद्यालय सगं मिलेर सूचना लुकाएका हुन् ।

वडा नः १३ मा रहेको श्री बुद्ध आधारभुत बिद्यालयमा नेपाली बिषयका लागी राहात कोटामा आवेदन गरिएको सुचना गुपचुप गरी आफ्नै श्रीमतिलाई जागिर खुवाएपछि अहिले चौतर्फि बिरोध भईरहेको छ । लकडाउनको समयमा वडा अध्यक्षको आग्रहमा बिज्ञापन निकाल्दै त्यसलाई लुकाएर एकलौटी रुपमा नतिजा समेत प्रकाशन गरी सकेका छन ।

अच्चमको बिषय त के छ भने उक्त सूचना लुकाइएका कारण वडा अध्यक्ष बिसिकी श्रीमति मात्र परिक्षामा सहभागि भएकी थिइन । शिक्षा नियमानुसार एक जना मात्रै सहभागि भएको खण्डमा पुनः सूचना निकाल्नु पर्ने प्रावधान रहेको छ ।

यस बिषयमा बिद्यालयका प्रअ संग बुझ्न खोज्दा आवाज बुझीएन, साझ बिहान कुरा गर्ने भन्दै टारेको छन । यसरि सूचना लुकाउनमा स्वयम प्रअ आफै पनि मिलेको बुझिएको छ । उता वडा अध्यक्ष दुर्गा बिसिले सबै ठाउमा सूचना राखीएको र शिक्षा नियमावली अनुसारनै परिक्षा भएको बताएका छन । जहा ४ जनाले परिक्षा दिएको समेत उनी बताउछन , तर साउन २० गते १५ दिने निकालिएको सूचना वडा कार्यलय र बिद्यालयमा नटासिएको स्थानियहरु बताउछन ।

लकडाउनका कारण छ महिना देखि बन्द रहेको बिद्यालयमा वडा अध्यक्षको श्रिमतिलाई जागिर खुवाउने बाहनामा सूचना निकाल्नुनै गलत रहेको सरोकारवालाहरु बताउछन् ।

सम्बन्धित् समाचार