गृहपृष्ठ खबर कपिलवस्तुकी कोरोना संक्रमित गर्भवतीले बुटवलमा दिईन् बच्चालाई जन्म

कपिलवस्तुकी कोरोना संक्रमित गर्भवतीले बुटवलमा दिईन् बच्चालाई जन्म

बुटवल : लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा अर्की एकजना संक्रमित गर्भवतीको शल्यक्रिया गरेर बच्चा निकालिएको छ। बच्चा र आमाको स्वास्थ्य अवस्था राम्रो छ।

कपिलवस्तु नगरपालिका २ की ३० वर्षीया गर्भवतीको अस्पतालका शल्यचिकित्सक डा विष्णु गौतमको नेतृत्वमा नर्सिङ इन्चार्ज ज्योति पौडेल, श्रृष्टि कोइराला, माधुरी ज्ञवाली लगायतका नर्सिङ स्टाफसहितको टोलीले शल्यक्रिया सफल पारेको हो।

आमा र बच्चाको पिसीआर नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गर्ने उनले जानकारी दिए।

यसअघि अर्घाखाँची मालारानीकी २२ वर्षिया महिला सिद्धार्थनगरकी २२ वर्षिया महिलाको शल्यक्रिया गरी बच्चा जन्माइएको थियो। उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ। योसँगै लुम्बिनी प्रादेशिक अस्पतालमा ३ जना संक्रमित गर्भवती महिलाको सफल शल्यक्रिया गरिएको छ।

 

सम्बन्धित् समाचार