गृहपृष्ठ खबर अर्घाखाँचीको शीतगंगामा गयो भीषण पहिरो, १२ घर बगायो, २५ घर अझै जोखिममा

अर्घाखाँचीको शीतगंगामा गयो भीषण पहिरो, १२ घर बगायो, २५ घर अझै जोखिममा

अर्घाखाँची : अर्घाखाँचीको शीतगंगामा भीषण पहिरो गएको छ। शीतगंगा नगरपालिका वडा नं १२ को मैदान, जोखलीगैरा र पहरेपानीका करीब १२ घर बगाइसकेको वडाध्यक्ष बाबुराम गैरेले जानकारी दिए। उनका अनुसार सोही क्षेत्रका अरु २५ वटा जति घर जोखिममा छन्। अहिले पनि पहिरोले घरहरु बगाइरहेको उनले बताए।

‘पहाडको पखेरामा रहेका घरहरु माथिदेखि बगाउँदै तल झरेका छन्,उनले टेलिफोनमा भने-ती घरमा रहेका सबैजनालाई सुरक्षित हिसाबले नजिकको स्कुलमा राखेका छौं, अरु पनि घरहरु बगाइरहेकाले थप सुरक्षाका लागि लागिरहेका छौं।’

उनले घर बगाएर बिस्थापित भएकाहरुलाई स्थानीय गौरा माध्यमिक विद्यालयमा सुरक्षित हिसाबले सारिएको बताए।

शीतगंगाका प्रमुख सूर्यप्रसाद अधिकारीले पहिरो गएको स्थानमा सुरक्षित बनाउन नेपाल प्रहरी, नेपाली सेनासहितको टोली परिचालन भएको बताए। ‘पहिरो धेरै ठूलो गएको छ,त्यहाँ उद्धारको काम जारी छुउनले भने।

 

सम्बन्धित् समाचार