गृहपृष्ठ खबर कपिलवस्तुको शुद्धोधनका उपाध्यक्षको मनपरि खर्च, अध्यक्ष र उपाध्यक्षबिच बोलचाल बन्द

कपिलवस्तुको शुद्धोधनका उपाध्यक्षको मनपरि खर्च, अध्यक्ष र उपाध्यक्षबिच बोलचाल बन्द

वैखरी अनलाइन, लवनी ।
कपिलवस्तु जिल्लाको शुद्धोधन गाउपालिकामा गाउपालिका अध्यक्ष भन्दा उपाध्यक्षको खर्च बढि देखिएको छ । गाउपालिका अध्यक्ष कमलेश शरण चौधरी भन्दा उपाध्यक्ष होम प्रकाश कुर्मी (चौधरी) को खर्च बढि भएको देखिएको हो ।

 

गाउपालिका अध्यक्ष भन्दा उपाध्यक्षको सवारी मर्मत खर्च र खाजा नास्ता खर्च देखिएपछि जिल्लाका सरोकारवाला अच्चममा परेका छन । यसरी पालिका अध्यक्ष भन्दा उपाध्यक्षको खर्च बढि आएको पालिका कपिलवस्तुको शुद्धोधन जिल्लामा पहिलो पालिका रहेको छ ।

गाउपालिकाको चालु खर्च अन्र्तगत गाउपालिका अध्यक्षको भन्दा उपाध्यक्षको खर्च बढि देखिनु र त्यसैमाथि अन्तीम समयमा आएर उपाध्यक्षले सवारी साधन फिर्ता गर्नु अच्चमको बिषयमा बनेको छ ।

आर्थिक बर्ष २०७९÷८० मा गाउपालिका अध्यक्ष कमलेश शरण चौधरीले खाजा नास्ता खर्चबापत एक लाख ४७ हजार २०५ हजार रुपैया पालिकाको खर्च गरेका छन भने उपाध्यक्ष होम प्रकाश चौधरीले २ लाख २१ ४४७ रुपैया खर्च गरेका छन ।

यता उपाध्यक्षले पेश गरेको खाजा खर्चको बिल भरपाइमा अधिकांश बुटवल, चार नम्बर जितपुर क्षेत्रका रिर्सोट तथा होटेलक बिल रहेको पाइएको छ । यसैबिच पालिका प्रमुखले अथिति सत्कारबापत पाउने मासिक १५ हजार समेत खर्च नभएको पाइएको छ ।

आर्थिक बर्ष २०८०÷८१ सुरु भएपछि उनले अथिति सस्तकारसहित आफनो खाजानास्ता खर्च आफै तिर्दै आएका छन ।

पालिकामा आउने अथितिहरु अधिकाशं गाउपालिकासगं भेटने तर गाउपालिका उपाध्यक्षको खर्च बढि आएको सुन्दा आफु अच्चममा परेको शुद्धोधन २ का राम प्रसाद यादवले बताए ।
त्यस्तै सवारी साधन मर्मत खर्चतर्फ गाउपालिका अध्यक्षले प्रयोग गर्ने सवारी साधनको ५ लाख ३५ हजार ७२३ रुपैया खर्च आएको छ भने त्यही शिर्षकमा उपाध्यक्षको ७ लाख ६ हजार १८१ रुपैया खर्च आएको छ ।
त्यस्तै इन्धन तर्फ भने गाउपालिका उपाध्यक्ष भन्दा अध्यक्षको बढि आएको छ । जसलाई सरोकारवालाले सकारात्मक रुपमा लिएका छन । जसमा अध्यक्षले इन्धनबापत ५,४९३ लिटर तेल लिएका छन भने उपाध्यक्षले ४७४० लिटर इन्धन लिइएको पाइएको छ ।

यसरी तथ्यलाई हेर्ने हो भनेपनि गाउपालिका उपाध्यक्षलाई पालिकाले सेवा सुविधा दिन आनाकानी गरेको देखिदैन । तर पालिकाका उपाध्यक्षलनै पालिकाको बदनाम हुने गरी गरेका कृयाकलाप स्वभाविक नभएको शुद्धोधन ५ का सन्तोष यादवले बताए ।

अध्यक्ष र उपाध्यक्षबिच बोलचाल बन्द

गाउपालिकाका उपाध्यक्ष कार्यपालिकामा एक्लीएसगैँ अध्यक्ष कमलेश शरण चौधरी र होम प्रकाश कुर्मीबिच बोलचाल बन्द भएको छ । गाडी फिर्ता गरेपछि र उपाध्यक्षको अनुगमनको अधिकार खोसीएपछि अध्यक्ष र उपाध्यक्षबिच बोलचाल बन्द भएको कर्मचारी स्रोत बताएको छ । बोलचाल बन्द हुदा पालिकाका उपाध्यक्ष एक्लै कार्यलय आउने जाने तथा नास्ता खान जादा पनि एक्लै हुने गरेका छन ।

गत असार २८ गते दशलाखसम्मका योजना वडा अनुगमन समिति आफैले गरी पालिकासामु प्रतिवेदन पेश गरेपछि भुक्तानी गर्ने प्रस्ताव कार्यपालिका बैठकमा आएपछि सो प्रस्ताव कार्यपालिका बैठकले स्वीकृत गर्दा पालिका उपाध्यक्ष अधिकारबिहिन भएका छन । यद्यपि गाउपालिका उपाध्यक्षले अनुगमन संयोजकका नाममा धेरै दुख दिएपछि यस्तो निर्णय गर्न बाध्य भएको शुद्धोधनका एक वडाध्यक्षले बताए ।

यसैबिच शुद्धोधन गाउपालिकाको साउन १४ गतेको निर्णयले बिगत ६ बर्षदेखि पालिकाबाट करार कर्मचारीलाई दिदैँ आएको मोटरसाइकल, इन्धन र मर्मत खर्च नदिने निर्णय गरेको छ । जसका कारण करार कर्मचारी समस्यामा परेका छन ।

आर्थिक बर्ष २०८०÷८१ का लागी वडाध्यक्ष र पालिका उपाध्यक्षलाई बजेट सिलिङ बराबर दिने निर्णयले पनि उपाध्यक्ष चौधरीलाई निराशा छाएको छ ।

कार्यपालिकाको बैठकले वडाध्यक्ष र गाउपालिका उपाध्यक्षलाई बिकासका लागी एक÷एक करोडको बजेट सिलिङ दिने निर्णय गरेपछि गाउपालिका अध्यक्षसरह आफुले पनि एक करोड पचास लाख बजेट सिलिङ पाउनु पर्ने माग गरेतापनि कार्यपालिकाले उनको प्रस्ताव पारित गरेन ।

 

 

सम्बन्धित् समाचार